चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण
चीनले बुधबार ‘लङ मार्च-२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार दिउँसो १२:०१ बजे उडान भरिएको थियो ।
तम्घासका अटो रिक्साको व्यवस्थापनमा नियामक निकाय मौन
गुल्मीको सदरमुकाम तम्घासमा चल्ने अटो रिक्साको भाडामा एकरूपता छैन ।
अदालतमा आगजनी गरेको आरोपमा तीन पक्राउ
जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । अदालतले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई धनगढीबाट पक्राउ गरेको हो ।
शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका कारण अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि पनि मङ्गलबार बङ्गलादेशको राजधानी ढाका तथा प्रमुख सहरहरू सामान्यरूपमै सञ्चालनमा रहेका छन् ।
चलचित्र ‘लोकन्ती’काे पोस्टर सार्वजनिक
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यहि मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
त्रिवेणी गाउँपालिका आफ्नै भवनबाट सेवा प्रवाह
सल्यानको त्रिवेणी गाउँपालिकाले लामो प्रतिक्षापछि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवन निर्माण कार्य सम्पन्न भएपछि नियमित सेवा सञ्चालन गरिएको हो ।
‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवत जावतमा समस्या भएको छ ।
सप्तरीमा थपिए ११ हजार ६७७ जना नयाँ मतदाता
सप्तरी जिल्लामा ११ हजार ६ सय ७७ जना नयाँ मतदाता थपिएका छन्र । नयाँ मतदाता मध्ये अधिकांश युवा रहेका छन् ।
कारको ठक्करबाट एकको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
लिमीको ताक्चीमा हिम पाइपबाट पुल बन्ने
नाम्खा गाउँपालिका– ६ को लिमीको ताक्चीमा लिमी कर्णाली नदीमाथि हिम पाइपबाट पुल बन्ने भएको छ ।
बालाचतुर्दशी देवघाट र व्यास-पराशर धाममा भक्तजनको घुइँचो
हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा मनाइने बालाचतुर्दशी-शतबीज रोपण पर्वको अवसरमा आज बुधबार बिहानैदेखि देवघाट धाम, दमौलीस्थित सेती–मादी सङ्थम, व्यास–पराशर क्षेत्र तथा शिवालय मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।
बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा
बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ ।
पृथ्वी राजमार्गको विजयपुर सडकमा यातायात अवरुद्ध नहुने
विजयपुर खोलास्थित निर्माणाधीन पुलमा बुधबार गर्न तय गरिएको गिर्डर लन्चिङ कार्य स्थगित भएपछि पृथ्वी राजमार्गको विजयपुर सडक खण्डमा यातायात अवरुद्ध नपर्ने भएको छ ।
सुनचाँदीको मूल्य फेरि बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।
गलकोट कप भलिबल : पिरो स्पोर्टस् क्लब र जैमिनी विजेता
भलिबलको उर्वर भूमि मानिने गलकोटमा आयोजित गलकोट कप भलिबलको उपाधी पिरो स्पोर्टस् क्लव जापान, गलकोट नगरपालिका–५ ले जितेको छ ।
बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण हुँदै
व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ ।
ताप्लेजुङको तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति भएको हो ।
जाजरकोटमा अवैध सालको काठसहित एकजना पक्राउ
जिल्लामा अवैध सालका कडी बोकेको बस र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटको कालीमाटी हुँदै रुकुम पश्चिमको आठबिसकोटतर्फ जाँदै गरेको भे १ ख २७८३ नम्बरको बसबाट अवैध काठसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
बारपाकमा ४० लाखको किबी बिक्री
गोरखाको पहाडी भूभाग बारपाक सुलीकोट गाउँपालिका – १ बारपाकमा आजकल किबीको मिठासले सजिएको छ । दरौदी नदीको हावाले चुम्बन गरेको पहाड मनासलुको छायाँमा रमाएको खेतबारी र किसानका ओढार भित्र बस्ने सपना सबै आज किबीको बोटसँगै हरियाली भएर उम्रिएका छन् ।
छत्रकोटमा आठौं राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको छत्रकोट गाउँपालिकाले आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि मङ्सिर २० देखि २२ गतेसम्म छत्रकोट गाउँपालिका–६, सेङ्दि खेलमैदान खज्र्याङ्गमा प्रतियोगिता सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिनुभयो ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पौवादुङ्माका ५२५ परिवारले पाए जस्तापाताको छानो
नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ ।
आँधीखोलाले दूधमा चार रुपियाँ अनुदान दिने
आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसीङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दूग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।