विनय कर्ण
कल्याणपुर (सप्तरी) मङ्सिर १७ गते । सप्तरीको राजविराजमा एआईको प्रयोगसम्बन्धी एक दिने तालिमको सुरुवात भएको छ ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासङ्घ सप्तरीको समन्वयमा बुधबार तालिमको सुरुवात भएको हो ।
सप्तरीका ५० जनाभन्दा बढी पत्रकारको सहभागितामा सुरु भएको तालिमको उद्घाटन सत्रमा वक्ताहरूले एआईको सदुपयोगभन्दा पनि दुरुपयोग बढेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँहरूले एआईको दुरुपयोग रोक्नुपर्ने धारणा राख्नुहुँदै यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा आमसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका वैद्यनाथ झा, मुरलीप्रसाद यादव, व्यासशङ्कर उपाध्याय, उपाध्यक्ष रामनारायण विश्वाससहितकाले एआईको प्रयोगबाट हुने फाइदा र बढेको जोखिमबारे आफ्नो धारणा राख्नुभयो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशिक्षक जीवन भण्डारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुहुने बताइएको छ ।