• ५ असोज २०८२, आइतबार

तुइनखोलाको पहिरो हटाउन सुरु, पानी परेकाले काम गर्न कठिन

blog

मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलमा आएको पहिरो हटाउँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, असोज ५ गते ।
शुक्रबारदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ ।

अहिले पनि सिमसिम पानी परेकाले तुइनखोलामा आएको पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । दुवैतर्फबाट पहिरो पन्छाउने काम भए पनि पानी परेकाले काम गर्न कठिन भइराखेको उहाँले जानकारी दिनुभयो ।

‘‘३६ घण्टादेखि अवरुद्ध सडक सञ्चालनका लागि हामीले प्रयास गरेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘वातावरण सहज भएमा केही घण्टापछि यातायाता सञ्चालन गर्न सकिन्छ ।’’ सिमसिम पानी पर्ने र अहिले पनि पहिरो जाने क्रम हुँदा काम गर्न कठिन भएको हो ।