नेपाल भारत सीमा क्षेत्रमा संयुक्त गस्ती (फोटो फिचर)
मङ्सिर ४ गते भोलि हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षाका लागि बाँकेस्थित नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् ।
चुनावको तयारी अन्तिम चरणमा
खोटाङमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभएको छ। मतदान स्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री लिएर बिहीबार पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचारप्रसार र शान्ति भङ्ग गर्न निषेध सम्बन्धी सूचना टाँसेका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलको ‘ख’ मतदान केन्द्रका सहायक मतदान अधिकृत इरन राईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर आचारसंहिता निर्माण गर्ने कार्य भएको छ। यस्तै मतदान स्थलमा प्रवेशद्वार निर्माण र कर्मचारी परिचयपत्र बनाउने काम भएको उहाँले बताउनुभयो।
उम्मेदवारको पोस्ट सेयर गर्दा मतदान अधिकृत जिम्मेवारीमुक्त
म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारीमुक्त गरेको छ। जिल्लाको धौलागिरि गाउँपालिका–५, मलमपारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान अधिृकत कार्कीले प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार श्रेष्ठलाई जिताउन अपिल गरिएको डिजिटल पोस्टर आफ्नो फेसबुकमा सेयर गर्नुभएको भन्दै नेकपा (माओवादी केन्द्र)का ज्ञानेन्द्र सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो। उजुरीको
ल्याप्चे लगाएरै मतदान, प्रश्नको घेरामा मतदाता शिक्षा
सहमाया विक हरेक निर्वाचनमा मत खसाल्नुहुन्छ। पञ्चायतकालदेखि मत खसालेको उहाँलाई सम्झना छ। उहाँको मत भने अहिलेसम्म निर्णायक हुन सकेको छैन। उहाँले खसाएको मतले कसैले जित्न पाएको पनि छैन। रामनगर गाउँकी ६७ वर्षीया विक महोत्तरीको निर्वाचन क्षेत्र नं. १ की मतदाता हुनुहुन्छ। उहाँले स्वास्तिक छाप लगाउनुपर्नेमा ल्याप्चे लगाएर मत खसाल्ने गर्नुभएको छ।
मतदान अधिकृत मृत भेटिए
सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।
मजदुरलाई कामकै पिरलो, छोएन चुनावले
“गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आउनुभएको छ ।
कर्णालीमा निर्वाचनका लागि सबै तयारी पूरा
आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कर्णालीमा सबै तयारी पूरा भएको जनाएको छ । प्रदेशभरको सुरक्षा कडा पारिएको छ भने निर्वाचनका अन्य तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
‘मतगणनामा नयाँ रणनीति हुनेछ’
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल तथा उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ । आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वासमा रहनुभएका उहाँसँग राष्ट्रिय समाचार समितिले गरेको कुराकानीको सम्पादित अंश :
मतदान स्थल नजिक हुँदा मतदाता उत्साहित
बागलुङको ढोरपाटन नगरपालिका–६, अधिकारीचौरका मतदातालाई मत राख्न चार घण्टा पैदल यात्रा गर्नुपथ्र्याे । मतदान गर्न जाँदा लामो समय पैदल यात्रा गर्नुपर्ने हुँदा अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन थियो । विगतका निर्वाचनमा चाहेर पनि मत राख्न जान नसकेका मतदाता यस पटक उत्साहित भएका छन् ।
३० वटा मतदान केन्द्रको नेतृत्व महिलालाई
मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान कार्य सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले लमजुङका ३० वटा मतदान केन्द्रमा महिलालाई मतदान अधिकृत बनाएको छ ।
मतगणनास्थलमा तारजाली र सिसिटिभी क्यामेरा
चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
‘तटस्थ रूपमा पर्यवेक्षण गरिदिनुहोस्’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थालाई तोकिएको क्षेत्रमा तटस्थ र व्यावसायिक रूपमा पर्यवेक्षण गरिदिन आग्रह गर्नुभएको छ । निर्वाचनको निष्ठा र विश्वसनीयता कायम गर्न पर्यवेक्षणको पाटो महत्त्वपूर्ण रहने हुनाले उहाँले यस्तो आग्रह गर्नुभएको हो । काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शक रूपमा ग्रहण गर्ने बताउनुभयो ।
उच्चस्तरीय पर्यवेक्षण हुने
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकन गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का चार सदस्य राष्ट्रका प्रमुख निर्वाचन आयुक्तसहितको टोली नेपाल आएका छन् । श्रीलङ्का र दक्षिण कोरियाका एक/एक जना आयुक्त नेतृत्वको टोलीसमेत नेपाल आउन लागेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बङ्गलादेश, भुटान, भारत र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले काठमाडौँ उपत्यका र नजिकका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदानको अवलोकन गर्नेछन् । आयोगका प्रवक्ता पौडेलले शनिबार नै निर्वाचन आयोगले प्रमुख आयुक्तहरूलाई निर्वाचनको प्राविधिक, व्यवस्थापकीय पक्षहरूबारे जानकारी दिने कार्यक्रम राखिएको बताउनुभयो ।
आफैँलाई भोट दिन नपाउने उम्मेदवारमा शीर्ष नेता पनि
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवार आफैँले आफैँलाई मत दिने अवस्थामा हुनुहुन्न । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरू आफूलाई मतदान गर्नबाट वञ्चित हुनुहुने भएको हो । त्यसमा कतिपय शीर्ष नेता पनि हुनुहुन्छ । यसरी मतदान गर्न नपाउनेमा शीर्ष नेतादेखि अन्य नेतासमेत गरेर ८२ जना जति रहेको निर्वाचन कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
मतदातालाई प्रभावमा पार्न त्रिपाल वितरण
गठबन्धन दलले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै त्रिपाल वितरण गरेको छ । मौन अवधि सुरु हुनु केही समय अघि गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रवहादुर शाहीको तर्फबाट पलाँता गाउँपालिकामा सो त्रिपाल वितरण गरिएको हो ।
कैलाली २ र ३ मा मतदानको अन्तिम तयारी
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ र ३ मा मतदानका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
हुम्लामा चुस्त सुरक्षा व्यवस्था
जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित जिल्लाभरी अवाञ्छित घटना हुन नदिन सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता हेरी सुरक्षा व्यवस्था चुस्त बनाइएको हो ।
निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र माल्दिभ्सको टोली काठमाडौंमा
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि दक्षिण कोरिया र माल्दिभ्सको टोली काठमाडौं आइपुगेका छन् ।
आयोग कडा होइन, नेता कार्यकर्ता अनुशासित : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कडा नभई दलका नेता तथा कार्यकर्ता अनुशासित भएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोक) द्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल
देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
देशकै प्रमुख व्यापारिक नाका बन्द
वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ ।
गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी
प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ ।
नौ घण्टाको पैदल यात्रापछि गुर्जा र बगर पुगे कर्मचारी र सुरक्षाकर्मी
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि टाढा रहेका मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी पुगेका छन् ।
निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियार र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।