गठबन्धन उम्मेदवारलाई जिताउन आग्रह
नेपाली कांग्रेसका नेता एवम् कैलालीको क्षेत्र नं. ५ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश देउवाले मङ्सिर ४ गतेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
लाेसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज
निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख)का लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।
रेल सेवा चार दिन बन्द हुने
नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा भोलि बिहीबार मङसिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।
कर्मचारीलाई मतदान केन्द्रमा पुग्ने चटारो
दिवाकर पोख्रेलदेउखुरी, कार्तिक ३० गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारी खटनपटनको चटारोमा छन्। निर्वाचन अधिकृतको कार्यालयबाट मतदानस्थल टाढा रहेका क्षेत्रमा मङ्गलबारबाटै निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रतर्फ लागेका छन्।दाङको विकट क्षेत्रमा रहेका मतदानस्थलमा पनि कर्मचारी खटनपटनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।विशेष गरेर दाङको पहाडी क्षेत्र बंगालाचुली क्षेत्र, बबई गाउँपालिका विकट क्षेत्र मानिन्छ।उक्त क्षेत्रमा रहेका मतदानस्थलमा जाने कर्मचारी नियुक्तिपत्र बुझ्नका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा भीडभाड भएको हो।यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खट्ने कर्मचारी पनि निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएका छन्।दाङ जिल्लाभर एक सय ५३ मतदानस्थलमा दुई वटा अस्थायी मतदान केन्द्रसहित जम्मा चार सय ६५ मतदान केन्द्र छन्।जिल्लाभर तीन हजार सात सय ३० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभयो।दाङको क्षेत्र नम्बर १ मा सुरक्षाकर्मी र स्वयंसेवक कर्मचारीबाहेक एक हजार दुई सय सोह्र कर्मचारी निर्वाचनका लागि खट्नेछन्।दाङको क्षेत्र नम्बर १ मा ५१ मतदानस्थलका एक सय ५२ मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई निर्वाचन सामग्री दिएर काममा पठाइएको हो।
लामिछानेको नागरिकता विषयकाे उजुरीमा आयोगकाे अनुसन्धान शुरु
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेको नागरिकता सम्बन्धमा परेको उजुरीमा निर्वाचन आयोगले अनुसन्धान सुरु गरेको छ ।
गोपनीयता भङ्ग गरे मतगणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ।
गठबन्धन उम्मेदवार रावललाई टक्कर दिँदै चौधरी र न्यौपाने
कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।
गठबन्धनलाई कायम राखेर देश विकास गर्छौं : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताउनु भएको छ। गृह जिल्ला डडेलधुराको भागेश्वरा गाउँपालिका-४ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताउनुभएको हो।
नेता श्रेष्ठ सवार गाडीमा ढुङ्गा प्रहार
प्रतिनिधिसभा चितवन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । बुधबार विहान भरतपुर महानगरपालिका –१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागी हुँदैगर्दा तीन वटा मोटरसाइकलमा आएका युवाले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा ढुङ्गा प्रहार भएपछि अगाडिको शिशामा सामान्य क्षति भएको छ ।
कैलाली –३ (ख) मा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती
कैलाली क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवार समाजवादीका अमरबहादुर साउदलाई यस पटक स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । साउदलाई सहज जित निकाल्न गाह्रो हुने आङ्कलन गरिएको छ ।
सीमा नाका आजबाट र प्रचारप्रसार भोलि मध्यरातिदेखि बन्द
कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
सुनसरीमा सुरक्षा अधिकारीद्वारा अनुगमन
सुनसरीका सुरक्षा अधिकारीद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी मतदान स्थलहरुको अनुगमन गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका स्थानीय तहमा रहेका मतदान केन्द्र तथा स्थलहरुकोे निरीक्षण तथा अनुगमन गरिएको हो ।
निर्धक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह
गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
सङ्घीयसँगै प्रदेशससभाको निर्वाचनमा पनि उत्तिकै चासो
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दिनमात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने दुई दिनमात्र बाँकी छ ।
घरदैलोपछि उम्मेदवार उत्साहित, बुथ कब्जाको चिन्ता
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा घरदैलोपछि नेकपा (एमाले) का उम्मेदवारहरू उत्साहित भएका छन् । मतदाताले दिएको सकारात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दामा सुझाव सल्लाह र सङ्गठन विस्तारले उम्मेदवारहरूलाई प्रोत्साहन मिलेको हो ।
निर्वाचनका कर्मचारी हेलिकोप्टरबाट लिमीमा
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूलाई हेलिकोप्टरबाट दुई दिन लगाएर ओसार्ने कार्य पुरा भएको छ ।
जनताले प्रधानमन्त्री बन्नुस् भनेका छन् : नेता सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताउनुभएको छ ।
धादिङ २ मा अधिकारी र लोहनीबीच प्रतिस्पर्धा
आसन्न संसदीय निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी र नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहोनीबीच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अधिकारी नेपाली कांग्रेस धादिङका सभापति हुनुहुन्छ । लोहनी नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।
सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गर्नुभएको छ ।
मतदान केन्द्रतर्फ हिँड्न थाले कर्मचारी र सुरक्षाकर्मी
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ हिँडन थालेका छन् । सदरमुकाम देखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधवार देखि निर्वाचन सामग्री बुझेर हिँड्न थालेका हुन ।
उदयपुर–१ मा डा.खड्कालाई चौधरीको पुनः चुनौती
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुरमा चुनावी माहोल उत्कर्षमा पुगेको छ । राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले दिन रात मतदाता भेट्न घरदैलो अभियानमा ब्यस्त छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभालाई सम्बोधन गर्न उहाँ आज गृहजिल्ला आउनुहुने भएको छ ।
मतदान स्थलमा क्यामेरा, लाइटर, सलाई, मोबाइल लान नपाइने
मतदान स्थलमा क्यामेरा, लाइटर, सलाई, मोबाइल लान नपाइने भएको छ । निर्वाचन आयोगले यी वस्तुहरू मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।