दुई नेत्रीबीच स्याङ्जामा रोचक चुनावी दौड
महिला नेतृत्व जन्माउने जिल्लाका रूपमा परिचित स्याङ्जामा दुई महिला नेतृको प्रदेशसभाको भिडन्त रोचक बनेको छ ।
राप्रपा विवादले स्याङ्जामा ठूलो समूह निर्वाचनमा सहभागी नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जामा पार्टीको आन्तरिक विवादका कारण ठूलो समूहबाट निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
गण्डकीको निर्वाचन : हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो
स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार राष्ट्रिय विषय पनि यतिखेर दलहरूका घोषणापत्र तथा उम्मेदवारका प्रतिबद्धतामा समेटिएका छन् ।
अपाङ्गता रोकथाम तथा पुनर्स्थापनामा नेदरल्याण्डस् र बङ्गलादेशी टोली
सुनसरीको सीमावर्ती कोसी गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी र नमुना भएको भन्दै नेदरल्याण्डस् र बङ्गलादेशी टोलीले प्रशंसा गरेको छ ।
समस्या समाधानका लागि तत्काल पहल हुने नेता चाैधरीकाे भनाइ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । नवलपरासी–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहनुभएका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिनुभएको हो ।
निर्वाचनमा विद्यालय चार दिन बिदा दिने सरकारको निर्णय
नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ ।
निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन (भिडियो)
निर्वाचन आयोगले निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन भनी स्पष्ट पारेको छ । निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो मार्फत स्थिर समयलाई स्पष्ट बनाउनु भएको छ ।
मतदान शिक्षाबारे अनभिज्ञ रौतहटका पिछडावर्ग
निर्वाचन आउन अव एक साता मात्र बाँकी भए पनि रौतहटको ग्रामीण क्षेत्रका गरिब, पिछडा वर्ग तथा दलित समुदायका मतदाता भने मतदान प्रक्रिया बारे अन्योलमा छन् ।
हाम्रो अधिकार खै सरकार ?
निर्वाचन आउन अव एक साता मात्र बाँकी छ । मत आफ्नो पक्षमा पार्न प्रतिस्पर्धामा उत्रिएका दलका नेता कार्यकर्ताहरू लामबद्ध भएका छन् ।
टीकापुर श्रृखलावद्ध तोडफोड प्रशासन मौन
टीकापुरमा श्रृखलावद्ध तोडफोडका घटना बढ्दै गएको छ । आइतबार राति टेकबहादुर साउद स्मृति पाकको पर्खाल भत्काएको छ भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयका गेटमा ढुङ्गा प्रहार भएको छ ।
अधिकांश पुराना प्रतिस्पर्धीबीच नयाँ प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनअन्तर्गत प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कतिपय निर्वाचन क्षेत्रमा पहिले एउटै पार्टीमा रहेका पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुनेछ भने कतिपयमा २०७० साल र २०७४ सालकै पुराना उम्मेदवारबीच फेरि रोचक प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचनविरोधी समूहमाथि प्रहरीको कडा निगरानी
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
म्यादी प्रहरीको सहयोगमा उपत्यकाको सडक व्यवस्थापन
काठमाडौं उपत्यकामा जम्मा एक हजार सात सय ट्राफिक प्रहरी रहेकामा अहिले चार सय मात्रै बाँकी छन् । एक हजार तीन सय ट्राफिक प्रहरी उपत्यका बाहिर गएपछि म्यादीको सहयोगमा उपत्यकाको सडक व्यवस्थापन हुँदै आएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
निर्वाचनमा लिमी खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने
मङ्सिर ४ गतेको निर्वाचनका लागि नाम्खा गाउँपालिका –६ को हिमालपारि गाउँ लिमीमा खटिने कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने भएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेको हो ।
प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण
प्रधान सेनापति प्रभुराम शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्ने उद्देश्यका साथ विभिन्न जिल्लाहरूमा निरीक्षण भ्रमण गर्नुभएको छ ।
माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश
काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका शेखर श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो ।
निर्वाचनका सन्देशमूलक ब्यानर पट्याउँदै कर्मचारी
मतदान केन्द्रहरुमा मतदान अधिकृतलाई पठाउनका लागि छाप लगाउने तरिकालगायतका सन्देशमूलक ब्यानर पट्टाउँदै कर्मचारी ।
देश विकासका लागि स्थिर सरकार आवश्यक : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थिर सरकार आवश्यक भएको बताउनुभएको छ । चुनावी सभालाई सोमबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
समानुपातिकतर्फ कुनै गठबन्धन छैन : कांग्रेस प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशव्यापीरुपमा चुनाव प्रचारप्रसार अभियानमा अझसक्रिय बन्न आह्वान गर्नुभएको छ ।
निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवासँगै प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
सप्तरीका चार निर्वाचन क्षेत्र : ७० जना उम्मेदवारबीच प्रतिस्पर्धा
निर्वाचन आयोगका अनुसार सप्तरी निर्वाचन क्षेत्र नं. १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ जना गरी ७० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन सुरक्षा भरपर्दो बनाउँदै जिल्ला प्रशासन
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे चासो र चर्चा बढ्न थालेको छ । केही समूहले निर्वाचन बिथोल्न औपचारिक रुपमै आह्वान गरेको र गतिविधि बढाएकाले सुरक्षा व्यवस्था थप कडा पारेको प्रशासनले जनाएको छ ।
दुर्गम गाउँका मतदाताको पीडा : भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँदैनन्
चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दशैं तिहारकै जस्तो रमाइलो वातावरण छ ।
गोरखाका दुई निर्वाचन क्षेत्रमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा गोरखा जिल्लाको दुई वटा क्षेत्रमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।