सिन्धुपाल्चोकमा तामाङ र बस्नेतको रोचक प्रतिस्पर्धा
सिन्धुपाल्चोक –२ मा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेसका तर्फबाट गठबन्धनबाट उम्मेदवार हुनु भएका पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र पूर्व कानु नमन्त्री एवं एमालेका शेर बहादुर तामाङ बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
धनुषा–४ मा कांग्रेस र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा
धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धन र एमालेसहित २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एमाले–जसपाको गठबन्धन छैन । एमाले र जसपाले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का रघुवीर महासेठ, जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवलगायत आठ जना विभिन्न पार्टीबाट र २१ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
दुई वर्षमा बन्नुपर्ने सात करोड लगानीको पुल पाँचमा पनि बनेन
शारदा नदिको शंखमुलमा निर्माणाधीन पुल अलपत्र परेको छ । छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्ने गरी शारदा नदीमा पक्की पुल निर्माण गर्न थालेको ५ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । आधा पुलको काम भएको धेरै समय बिते पनि थप काम हुन सकेको छै ।
चुनावको मुख्य एजेन्डा : सुकुम्बासी र भूमिसम्बन्धी समस्या
दुईवटा सङ्घीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले भूमिसम्बन्धी समस्याको समाधानलाई चुनावको मुख्य एजेन्डा बनाउँदै भोट माग्ने गरेका छन् । यहाँका सबै उम्मेदवारले प्रतिबद्धतापत्र, घोषणपत्र, घरदैलो कार्यक्रम, कोणसभा, आमसभा र मतदाता भेटघाटमा भूमिहीन तथा सुकुम्बासी समस्याको स्थायी समाधान गर्नेमा जोड दिएका छन् ।
बाजुरामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा
मङ्सिर ४ गते हुने निर्वाचनमा बाजुरामा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट स्थायी कमिटी सदस्य ५४ वर्षीय कर्णबहादुर थापा र पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका सह महामन्त्री ४८ वर्षीय बद्रीप्रसाद पाण्डे उम्मेदवार रहनु भएको छ ।
सिक्टा र भेरी–बबई डाइभर्सन पूरा गर्ने सङ्कल्प
नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं. ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुग्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुन्नुभयो र गठबन्धनका लागि जनतासँग भोट माग्नुभयो । जनगुनासो सुनिसकेपछि उहाँले भन्नुभयो, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै तटबन्धको छ, यहाँबाट निर्वाचित भएपछि म यिनै कामबाट आफ्नो कार्यकाल सुरु गर्छु ।”
निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक कार्य तीव्र गतिमा अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेको बताइएको छ । यस जिल्लामा कात्तिक १८ गतेदेखि जारी मतदाता शिक्षा कार्यक्रम आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । कम्तीमा १५ जना व्यक्तिलाई मतदाता शिक्षा दिनुका साथै एउटा मतदाता शिक्षा सामग्री उपलब्ध गराइएको छ ।
निर्वाचन सुरक्षा तयारीबारे छलफल
मङ्सिर ४ गते हुने निर्वाचनका लागि भइरहेको सुरक्षा तयारी र भावी रणनीतिबारे निर्वाचन आयोग र सुरक्षा निकायका उच्च अधिकारीबीच छलफल भएको छ । सङ्घीय तथा प्रदेश तह निर्वाचनको मितिभन्दा छ दिनअघि मङ्गलबार आयोगले सुरक्षा तयारीबारे जानकारी लिएको हो । छलफलका क्रममा निर्वाचन सुरक्षाको तयारी सँगै सम्भावित सुरक्षा चुनौतीको सामना गर्ने गरी भइरहेको तयारी र भावी सुरक्षा रणनीतिबारे आयोगले चासो व्यक्त गरेको थियो ।
निर्वाचनमा निष्ठा कायम गर्न अनुरोध
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संयमित र संवेदनशील भई मताधिकार प्रयोग गरेर निर्वाचनमा निष्ठा कायम गर्न सबै मतदातालाई अनुरोध गर्नुभएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु सार्वभौम अधिकार भएको उल्लेख गर्नुभयो । कसैले पनि यसविपरीत काम गरे दण्डनीय हुने उहाँले उल्लेख गर्नुभयो ।
चर्चामा सप्तरी-२ : उपेन्द्र, जयप्रकाश र सिके छैनन् ढुक्क
राष्ट्रिय राजनीति चर्चा कमाएका व्यक्तिहरु अहिले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार रहेकाले सप्तरीको निर्वाचन क्षेत्र नं. २ यतिबेला चर्चामा छ ।
अल्पसङ्ख्यकको अधिकारका लागि तेस्रोलिङ्गी उम्मेदवार
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका उम्मेदवार चुनाव प्रचारप्रसारमा व्यस्त छन्। निर्वाचनलाई समावेशी बनाउनुपर्ने कानुनी बाध्यतापछि राजनीतिक दल सबै समूहलाई समेट्न बाध्य छन्। सङ्घीय निर्वाचनमा यो पटक तीन जना यौनिक तथा तेस्रोलिङ्गी अल्पसङ्ख्यक समुदायका उम्मेदवार हुनुहुन्छ। जसमा प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ दुई जनाको नाम समेटिएको हो।
मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताउनुभएको छ ।
व्यास नगरको छाब्दीलाई नमुना पर्यटकीय क्षेत्र बनाइन्छ : वरिष्ठ नेता पौडेल
तनहुँ, कात्तिक २९ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाएर काम गरिने बताउनुभएको छ। व्यास नगरपालिका-१४ छाब्दीमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो, “निर्वाचनमा मलाई जिताएर पठाउनुहोस्”, उहाँले भन्नुभयो। शहीदका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ थियो। पाँच दलीय गठबन्धन अपरिहार्य भएको उल्लेख गर्दै नेता पौडेलले देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कहीँ कतै विचलित नभई गठबन्धन शक्तिलाई बहुमतले विजयी गराउन आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अधूरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्छु।” सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि गठबन्धन गरेको बताउनुभयो। विकास गरी नमुना जिल्लाको रूपमा विकास गर्न गठबन्धन अपरिहार्य भएको अर्का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले बताउनुभयो। रासस
रवि लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै उजुरी
काठमाडौं, कात्तिक २९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उम्मेदवार लामिछानेविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो। मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताउनुभयो। उहाँले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने बताउनुभयो। त्यस्तै उहाँले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताउनुभयो। निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा दुई वटा फस्र्यौट भइसकेको आयोगले जनाएको छ। ललितपुर ३ की उम्मेदवार तोषिमा कार्की, प्रतिनिधिसभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण सिवाकोटी, प्रदेशसभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहता, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ रेवतराज पुरीविरुद्ध उजुरी परेको आयोगले बताएको छ। उपन्यायाधीवक्ता वाग्लेले आचारसंहिता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको बताउनुभयो। त्यस्तै, सरकारी कर्मचारी राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहिता विपरीतका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको बताउनुभयो। आचारसंहिता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका १२१ वटा उजुरी परेका छन्। जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन्।
देशलाई समृद्धिको बाटोमा लैजाने छौं : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि गठबन्धन गर्नु परेको बताउनुभएको छ।
थापा प्रधानमन्त्रीको रूपमा अघि नसरे म अघि सर्छु : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने तर, उहाँले दाबी नगरे आफू अघि सर्ने बताउनुभएको छ।
मतदान केन्द्रमा मोबाइल लगे तत्काल कारबाही
निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ ।
जुम्लामा सत्ता गठबन्धनलाई एमाले, नेमकिपा र राप्रपाको चुनौती
जुम्लाको प्रतिनिधिसभाको निर्वाचनमा पाँचजनाकाे उम्मेदवारी परे पनि नेकपा (माओवादी केन्द्र) बाट बागी उम्मेदवार बनेका डा.कलबहादुर रोकायाको उम्मेदवारी निष्क्रिय गरेपछि चार जनाबीच प्रतिस्पर्धा हुनुभएको छ ।
निर्वाचनमा उच्च सुरक्षा सतर्कता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो।
संविधान बचाउन गठबन्धन बन्यो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बचाउनका लागि अहिलेको पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ।
कैलाली–५ मा त्रिपक्षीय प्रतिस्पर्धा
कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री नारदमुनि रानालाई जितको शृङ्खला दोहोर्याउनु चुनौती देखिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
पर्साका चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको सङ्ख्या शून्य रहेको छ ।
निर्वाचन : चर्चामा रुपन्देही–२
राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ ।
ललितपुर-२ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी
प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभा सदस्यका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिराख्नुभएको छ ।