• १३ साउन २०८१, आइतबार

देशलाई समृद्धिको बाटोमा लैजाने छौं : प्रधानमन्त्री देउवा

blog

दैलेखको दुल्लुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : विशाल सुनार

कमल शर्मा 

दैलेख, कात्तिक २९ गते। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर पछि गठबन्धनको सरकार बन्छ त्यसले देशलाई समृद्धिको बाटोमा लैजाने बताउनु भएको

सत्ता गठबन्धन दलले दैलेख दुल्लुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्दा मुलुकको शान्ति समृद्धिका लागि धेरै काम गरेको बताउनुभयो। उहाँले दुई तिहाई बहुमत पाउँदासमेत केपी ओलीले राम्रो काम गर्नुको साटो दुई पटक प्रतिनिधिसभा विघटन  गरेर संविधानमाथि प्रतिगमन गरेको बताउनुभयो। उहाँले थप्नुभयो, ‘‘आगामी मङ्सिर पछि गठबन्धनको सरकार बन्छ, त्यसपछि देशलाई समृद्धिको बाटोमा लैजाने छौं।’’

संविधानको रक्षा लोकतन्त्रको सुदृढीकरणका लागि गठबन्धन गर्नु परेको बताउनुभएको छ । लामो संर्घष बलिदानी पश्चात् जारी भएको संविधानको रक्षा, संघीयताको संस्थागत गर्नका गठबन्धन गरेको  बताउनुभयो।

दुल्लु सिंजा राज्यको हिउँदे राजधानी भएका कारण दुल्लु क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो। उहाँले दैलेखका दुई प्रतिनिधिसभा चार प्रदेशसभामा गठबन्धन दलका उम्मेदवार विजयी भए मन्त्री बनाउने आश्वासनसमेत दिनुभएको छ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको निर्वाचन संविधान रक्षा गर्ने शक्ति संविधान मिच्ने शक्ति बीचको लडाइँ भएको बताउनुभयो। उहाँले मङ्सिर पछि बन्ने गठबन्धन सरकारले कर्णाली प्रदेशको विकास समृद्धिका लागि विशेष बजेटसमेत विनियोजन गर्ने बताउनुभयो।