• ११ मंसिर २०८१, मङ्गलबार

व्यास नगरको छाब्दीलाई नमुना पर्यटकीय क्षेत्र बनाइन्छ : वरिष्ठ नेता पौडेल

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल । फाइल तस्बिर

तनहुँ, कात्तिक २९ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाएर काम गरिने बताउनुभएको छ। व्यास नगरपालिका-१४ छाब्दीमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो, “निर्वाचनमा मलाई जिताएर पठाउनुहोस्”, उहाँले भन्नुभयो। शहीदका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ थियो। 

पाँच दलीय गठबन्धन अपरिहार्य भएको उल्लेख गर्दै  नेता पौडेलले देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कहीँ कतै विचलित नभई गठबन्धन शक्तिलाई बहुमतले विजयी गराउन आवश्यक रहेको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, “अधूरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्छु।” सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि  गठबन्धन गरेको बताउनुभयो।   

विकास गरी नमुना जिल्लाको रूपमा विकास गर्न गठबन्धन अपरिहार्य भएको अर्का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले बताउनुभयो।  रासस