सेनाद्वारा निर्वाचन लक्षित गस्ती सुरु
यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले गस्ती सुरु गरेको छ ।
निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प
स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका लागि चहलपहल भएको गाउँघर तथा शहरबस्तीको वातावरण चकमन्न बनेको छ । दलका नेता, कार्यकर्ता घर बाहिर देखिएका छैनन् ।
मतदान गर्न उपत्यका बाहिरिनेको भीड (फोटो फिचर)
मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आ–आफ्नो क्षेत्रका उम्मेदवार चयनका लागि मतदान गर्न जानेको भीड लाग्न थालेको छ । शुक्रवार बिहानै देखि उपत्यकाका विभिन्न नाकाहरूबाट मतदाताहरू बाहिरिनेको भीड लागेको हो ।
निर्वाचन खर्च बढेको बढ्यै
तीन दशकमै उम्मेदवारको खर्च सीमा ३० गुणाभन्दा बढीले वृद्धि भएको छ । २०५१ सालको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा एक लाख रुपियाँ थियो । निर्वाचन आयोगले असोज दोस्रो साता उम्मेदवारको निर्वाचन खर्चको सीमा तोक्न गरेको छलफलमा दलका प्रतिनिधिले निर्वाचन महँगो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे तर अर्कोतिर खर्च सीमा बढाउन सुझावसमेत दिए । राजनीतिक दलको सुझाव आउनुभन्दा अघि नै निर्वाचन आयोगले खर्च सीमा पुनरवलोकनको अभ्यास पूरा गरिसकेको थियो ।
तस्बिरमा चुनावी प्रचारप्रसारको अन्तिम दिन
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ।
राप्रपाबाट १७५ जना एमालेमा प्रवेश
मतदान हुने पूर्वसन्ध्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष एवं टोखा नगरपालिकाका राप्रपाबाट मेयरका उम्मेदवार सुरज पाण्डेसहित १७५ जना कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।
अर्को चुनावमा उम्मेदवार हुँदैन : नेता कोइराला
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले यस पटकको निर्वाचन जितेपछि अर्को पटक उम्मेदवार नबन्ने बताउनुभएको छ । बिहीबार देवचुलीमा भएको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौं–६ मा पुराना भीमसेनलाई नयाँ अनुहारको चुनौती
काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ६ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले) का सर्वेन्द्र खनाल मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।
जो जीवनमै अन्तिम चुनाव लड्दैछन्
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उमेरले पाका केही उम्मेदवारहरूले यसपटकको चुनावी लडाई आफ्ना लागि राजनीतिक जीवनकै अन्तिम रहेको बताउनुभएको छ ।
मतदान केन्द्रमा हवाई गस्तीदेखि तीन घेराको सुरक्षा
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अतिसंवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाइ गस्तीको समेत प्रबन्ध गरिएको बताउनुभएको छ ।
गृह जिल्लामा प्रधानमन्त्री देउवाको ११ चुनावी आमसभा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर ११ वटा चुनावी आमसभालाई सम्बोधन गर्नुभएको छ ।
निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, एक घाइते
डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते हुनुभएको छ । जिल्लाको बडीकेदार गाउँपालिका –५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको जिप आज दुर्घटना भएको हो ।
जुम्लामा जिप दुर्घटना, तीन घाइते
जुम्लामा मतदान केन्द्रतिर जाँदैगरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका –४ स्थित रावतवाडामा ताम्ति मतदान केन्द्रतिर गैरहेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो ।
पार्टीका चुनावी गीतका कारण मतदाता उत्साहित
मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नजिकिँदै जाँदा चुनावी माहौलमा विभिन्न पार्टीका चुनावी गीतले मतदाताहरूको उत्साह बढाएको छ ।
गठबन्धन जिताउन लाग्नुस्ः विकास कोइराला
झण्डै दश वर्षअघि कारबाहीमा परी पार्टी सदस्यता गुमेपछि स्वतन्त्र रहँदै आउनुभएका नेपाली काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ । आफू स्वतन्त्र भएकाले गोप्य मतदान गर्ने अधिकार आफूमा रहे पनि काँग्रेसका हरेक तह र तप्कामा रहेकाहरुले गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने धारणा राख्नुभयो ।
स्थिर समयको उल्लङ्घन भए २५ हजार जरिवाना
निर्वाचन आयोगले स्थिर समयको उल्लङ्घन भए २५ हजार जरिवाना गराउने भएको छ ।
सीमा क्षेत्रमा डग स्निफिङसहितको सुरक्षा चेकजाँच सुरु
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा चेकजाँचलाई कडा गरिएको छ ।
वाम गठबन्धनलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल
सत्ता गठबन्धन दलले वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेको छ ।
कैलाली क्षेत्र २ (ख) मा त्रिपक्षीय प्रतिस्पर्धा
कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा मुख्य दलबाट युवा नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रदेश सहसचिव ३६ वर्षका नन्दबहादुर साउँद उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन आयोगको पत्रकार सम्मेलन
निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय सुरु हुनुअघि आयोगले पत्रकार सम्मेलन गरेको हो।
छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै
व्यासमा चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुबै गाउँको निर्वाचन जिल्ला सदरमुकाम खलङ्गामै गर्ने गरी तयारी गरिएको हो ।
उत्साहका साथ मत हाल्न अध्यक्ष ओलीकाे आग्रह
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकार निर्माणका लागि आफूहरुले जनतासँग मत मागेको बताउनुभएको छ । उहाँले मतदाताहरुलाई उत्साहका साथ मत हाल्न आग्रह गर्दै यस्तो बताउनुभएको हो ।
निर्वाचनका क्रममा कुनै घटना भए तत्काल सेनाको हेलिकोप्टर प्रयोग गर्न सकिने : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ ।
मत माग्दै यान्त्रिक रोबोट
तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न रोबोटको प्रयोग गरिएको छ । नौलो तरिका अपनाएर मतदातालाई आर्कषित गर्न सदरमुकाम दमौलीमा ‘एरिका’ नाम दिइएको रोबोटले भोट मागिरहेको छ ।