रुपन्देहीमा तयार भए दुई सय ८ मतदानस्थल (फोटो फिचर)
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रूपन्देहीमा मतदानको तयारी पूरा भएको छ ।
यस्तो छ निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको सेवासुविधा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ।
प्रमुख निर्वाचन आयुक्त, आयुक्त र सचिवले मतदान गर्ने समय मतदानस्थल
आइतबार हुने संघीय निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीमा मतदान गर्नुहुने छ।
काठमाडौंमा मतदानस्थल निर्माण (फोटो फिचर)
आइतबार हुने मतदानको लागि वसन्तपुरको मतदानस्थल निर्माण कार्य सकिएको छ। काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यमिक विद्यालयमा मतदानका लागि बनाइएको मतदानस्थलको कार्य सम्पन्न भएको हो।
पहिलो पटकको मतदाता उत्साहित
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्ने युवा उत्साहित देखिएका छन् । घोडाघोडी नगरपालिका –४ माघीका १८ वर्षीय सञ्जय चौधरीले आइतबार पहिलो पटक मतदान गर्दै हुनुहुन्छ ।
विजय स्मारक विद्यालयमा मतदानको तयारी (फोटो फिचर)
काठमाडौं, मङ्सिर ३ गते। आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि देशभर मतदान केन्द्र बनाउने क्रम जारी छ। काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा मतदानको तयारी।तस्बिर : कविन अधिकारी
ललितपुरमा तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन
निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो ।
मर्यादा विपरीत कार्य गर्ने मतदान अधिकृत पदमुक्त
कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो।
भोट हाल्न जाँदा मतदाताको परिचय-पत्र अनिवार्य : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय–पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ।
खोटाङमा एक मतदान स्थलका सबै कर्मचारी महिला
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि खोटाङको एक मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी सबै महिला नै रहेका हुन् ।
नेपाली मजदुर मतदानका लागि स्वदेश प्रवेश
निर्वाचनमा अवाञ्छित गतिविधि रोक्नका लागि शुक्रबारदेखि सीमा बन्द गरिए पनि भारतमा कामको सिलसिलामा गएका तथा मजदुरी गरेर मत हाल्न आएकाहरुलाई स्थानीय प्रशासनको सक्रियतामा नेपाल भित्रनका लागि आवश्यक सहयोग र सहजीकरण भइरहेको पाइएको छ ।
दार्चुलामा निर्वाचनको तयारी पूरा
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि दार्चुलाका सबै मतदानस्थल तथा केन्द्रमा बुथ निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो ।
गणतन्त्र संस्थागत गर्न निर्वाचनको ऐतिहासिक महत्त्व : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले जननिर्वाचित संविधानद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ ।
अनर्गल प्रचारप्रति प्रेस सेन्टर, नेपालको आपत्ति
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवस्थामा नेकपा (एमाले)को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले स्थापित अनलाइन र पत्रिकाहरूको समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको भन्दै प्रेस सेन्टर, नेपालको ध्यानाकर्षण भएको जनाइएको छ ।
काठमाडौं उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा
कारागार कार्यालय काठमाडौंमा एक सय १० र जगन्नाथदेवलमा २० तथा कारागार कार्यालय ललितपुर ५२ कैदीबन्दीले मतदान गर्नेछन् ।
निर्धक्क भएर मतदान गर्नुस् : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
झापामा निर्वाचनको सबै तयारी पूरा
झापामा निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको काम पूरा भएको बताइएको छ । सबै मतदानस्थलमा मतदान अधिकृतसहितको टोली पुगेर आफ्नो काम सुरु गरेका छन् ।
मत हाल्न फर्किनेको सीमा नाकामा घुइँचो
आइतबार हुन गइरहेको आम निर्वाचनका लागि बिहीबार रातिदेखि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकालाई बन्द गरिए पनि मतदानका लागि भारतबाट नेपाल फर्कनेहरूको सीमा नाकामा अझै भीड छ ।
निर्वाचन आयोगको पत्रकार सम्मेलन
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ ।
डोटीका १० मतदान केन्द्र अतिसंवेदनशील, दुई हजार २७३ सुरक्षाकर्मी परिचालन
डोटीका १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रुपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र १३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा छुट्याएको हो ।
निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
झापा सदरमुकाममा बमजस्तो वस्तु, सेनाद्वारा डिस्पोज
झापा सदरमुकाम चन्द्रगढीको वीरेन्द्र नमुना माध्यमिक विद्यालयको मतदानस्थल नजिकै अज्ञात समूहले बमजस्तो देखिने वस्तु राखेर आतङ्कित पारेको छ । खतरा लेखेर राखिएको उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाले शनिबार बिहान ७ बजे नष्ट गरेको थियो ।
दाङमा धमाधम मतदानका लागि बुथ निर्माण हुँदै
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १५३ मतदानस्थलमा रहेका ४६५ वटा मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले बुथ निर्माण गरिरहेका छन् ।