• १२ साउन २०८१, शनिबार

झापामा निर्वाचनको सबै तयारी पूरा

blog

झापाको दमक ६ स्थित सडक विभाग परिसरमा रहेको मतदान केन्द्रको तयारी । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मंसिर ३ गते । झापामा निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको काम पूरा भएको बताइएको छ । सबै मतदानस्थलमा मतदान अधिकृतसहितको टोली पुगेर आफ्नो काम सुरु गरेका छन् ।

२८५ स्थायी मतदानस्थलका ७६८ वटा मतदान केन्द्रमा आवश्यक संरचना निर्माणसहितका सबै कामहरू पूरा भएको झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताउनु भयो । झापामा निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको उहाँले बताउनुभयो । 

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा ६ लाख ६३ हजार ३११ मतदाता रहनु भएको छ । जिल्लाको ७६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा कर्मचारी, आवश्यक सामग्री र सुरक्षाकर्मीको व्यवस्थापन भइसकेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद नेपालका अनुसार निर्धक्कका साथ मतदानस्थलमा पुगेर मतदाताले मत हाल्ने अवस्था बनेको छ । अहिलेसम्म कहीँ कतै समस्या नरहेको समेत नेपालले बताउनुभयो ।