• १५ चैत २०८०, बिहिबार

काठमाडौंमा मतदानस्थल निर्माण (फोटो फिचर)

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर ३ गते। आइतबार हुने मतदानको लागि वसन्तपुरको मतदानस्थल निर्माण कार्य सकिएको छ। काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यमिक विद्यालयमा मतदानका लागि बनाइएको मतदानस्थलको कार्य सम्पन्न भएको हो। काठमाडौं महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदानस्थल रहेको वसन्तपुर नव आदर्श माध्यमिक विद्यालयमा ५ वटा मतदान केन्द्र निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर सिवाकोटीले जानकारी दिनुभयो। 

काठमाडौंको वसन्तपुर, धोबिचौरमा रहेको पब्लिक यूथ क्याम्पस, पुरानो ढल्कोमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रक्तकाली भक्त विद्या आश्रममा मतदानस्थलमा पुगेर गोरखापत्र अनलाइनका लागि  खिँचेका तस्बिर :


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।