प्रदेश १ मा मतदाताको उत्साहजनक उपस्थिति
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश १ का मतदान केन्द्रहरुमा आइतबार बिहान ७ बजेबाट मतदान प्रारम्भ भएको छ । सबै मतदान केन्द्रमा साँझ ५ बजेसम्म मतदान जारी रहने छ ।
मन्थली मतदान केन्द्रमा मतदान ढिला
रामेछाप सदरमुकामको मन्थली मतदान केन्द्रमा बिहान ८ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने भने पनि जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिमा रहेको मतदान स्थलमा ८ बजेसम्म पनि मतदान सुरु नभएको हो ।
अर्थमन्त्री शर्माद्वारा मतदान
राजु लामिछाने रुकुमपश्चिम, मङसिर ४ गते । प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अर्थमन्त्री जनार्दन शर्माले मुसीकोट नगरपालिका ५ सेरीगाउँस्थित यमुनानन्द नमुना माविमा रहेको 'क' मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो । मतदानपछि शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिवसमेत रहनुभएका अर्थमन्त्री शर्मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन आयुक्त तुलाधरद्वारा मतदान
निर्वाचन आयोगका निर्वाचन आयुक्त जानकी तुलाधरले लमजुङस्थित सुन्दर बजार नगरपालिका २ महेन्द्र मन्दिर मावि परेवाडाँडा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
कडा सुरक्षाबीच मतदान हुँदै
आइतबार (आज) प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन एकैसाथ भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनको सुरक्षा व्यवस्था कडा रहेको नेपाल प्रहरीले जनाएको छ ।
ऊर्जामन्त्री भुसालले गर्नुभयो मतदान
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुनुहुन्छ । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गर्नुभयो ।
मन्त्री चौधरीले गर्नुभयो मतदान
सहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मेटमणी चौधरीले गढवा गाउँपालिका स्थित जनता माध्यमिक विद्यालयमा रहेको बुथ नम्बर (ग) बाट मताधिकार प्रयोग गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्री अथकद्वारा मतदान
सिराज खान नेपालगञ्ज, मङ्सिर ४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गर्नुभएको छ । उहाँले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गर्नुभएको हो ।मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गर्नुभएको छ । मन्त्री अथक बाँके क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार पनि हुनुहुन्छ ।
नेता खतिवडाले गर्नुभयो मतदान
पुर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ – ६ थाक्ले मतदान केन्द्र बाट मताधिकार प्रयोग गर्नुभएको छ ।
सभामुखबाट मतदान
सभामुख अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकको कुबिण्डे सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट पहिलो मतदान गर्नु भएको छ ।
एमाले उपाध्यक्ष पाण्डेद्वारा मतदान
शालिग्राम नेपाल । चितवन, मङ्सिर ४ गते । नेकपा एमालेका उपाध्यक्ष तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मतदान गर्नुभएको छ । उहाँले राप्ती नगरपालिकाको भण्डारा अस्पताल केन्द्रमा मतदान गर्नुभएको हो । २०७० र २०७४ सालमा भएको निर्वाचनमा विजयी उपाध्यक्ष पाण्डे अहिले यसै क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । १६२ मतदान स्थल रहेको चितवनमा ४६० केन्द्र तोकिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३९ हजार ८४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार २१४ र ३ मा एक लाख ४४ हजार २८३ जना रहेका छन् । मतदान स्थलमा बिहानदेखि नै मतदाताको ठुलो उपस्थिति रहेको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान
राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ ।
प्रधानमन्त्रीकै लागि विवाद गर्दैनौँ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।
पूर्वमन्त्री राईद्वारा मतदान
पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय नेता मोहम्मद इश्तियाक राईले नेपालगन्ज १५ मा मतदान गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेद्वारा मतदान
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेद्वारा मतदान
निर्वाचन आयुक्त पौडेलले गर्नुभयो मतदान
आइतबार हुने सङ्घीय निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीमा मतदान गर्नुहुने छ। प्रमुख आयुक्त थपलियाले बिहान ७ बजे मतदान गर्नुहुनेछ।
प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान
प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान
प्रचण्डले गर्नुभयो मतदान
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गर्नुभएको छ । उहाँले चितवन निर्वाचन क्षेत्र नंं. ३ को शिवनगरस्थित मतदान केन्द्रबाट ७ बजेनै मतदान गर्नुभएको छ ।
मतदान सुरु : नायक छान्दै मतदाता
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एकै चरणमा अहिले ७ बजेबाट देशभर मतदान कार्य सुरु भएको छ ।
११३ वर्षीया गोपीमाया मतदान गर्नुहुँदै
जिल्लाको भानु नगरपालिका–५ स्थित ११३ वर्षीया गोपीमाया पोख्रेलले आज मतदान गर्नुहुने भएको छ । मतदान ठुलो दान हुने भएकोले मतदान गर्न जाने पोख्रेलले बताउनुभयो ।
मतदान गर्न बिहान ५ः३० देखिनै लाम
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने भरतपुर महानगरपालिका वडा नं. ११ का मतदाता उत्साहित भएर बिहान ५ः३० बजे देखिनै लाइनमा बसेका छन् ।
निर्धक्क भएर मताधिकार प्रयोग गर्न आह्वान
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा भाग लिई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । उहाँले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्न आह्वान गर्नुभएको हो । निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन निर्वाचन आयोग दृढ सङ्कल्पित रहेकाले सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुने विश्वास व्यक्त गर्दछ ।”
यस्तो छ शीर्ष नेतृत्वको मतदान कार्यक्रम
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुहुने भएको छ । गन्यापधुरा–१, रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट उहाँले मतदान गर्नुहुने छ । उहाँले आइतबार बिहान ९ बजे मतदान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुने छ ।
आमनिर्वाचन आज
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मङ्सिर ४ गते आइतबार हुँदै छ । संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन होे । यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो । मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन हुन लागेको हो ।