स्वतन्त्र उम्मेदवारका एजेण्डा : भ्रष्टाचार नियन्त्रण, विकास र परिवर्तन
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् ।
नायिका मानन्धर र अधिकारी पोखरेलको चुनावी प्रचारमा
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी मतदाताको घरदैलोमा सहभागी हुनुभएको छ ।
४० वर्षदेखिको आश्वासन पूरा गर्न मतदाताको माग
पूर्वी नवलपरासीको कावासोती – १५ का रामेश्वर माझी माछा मार्न नयाँ जाल बुन्न व्यस्त हुनुहुन्छ । माछा मारेर दिनचर्या बिताउने उहाँलाई चुनाव नजिकिए पनि खासै चासो लागेको छैन । अहिलेसम्म चार वटा निर्वाचनमा मतदान गरिसक्नु भएका उहाँकाअनुसार नेता र उम्मेदवारले दिएको आश्वासन पुरा भएको छैन ।
काठमाडौं–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा
नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै, सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला हुनुहुन्छ । उहाँहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
मन्त्री भुसालद्वारा अधिकांश मतदातासँग प्रत्यक्ष साक्षात्कार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले माओवादी जनयुद्धको बलमा गठन भएको संविधानसभाद्वारा अधिकारसम्पन्न स्थानीय सरकार गठन गरिएको बताउनुभएको छ ।
सुकुम्बासी समस्या समाधान गर्छु: नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएकाे छ । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयाे।
सिँचाइलाई मुख्य योजना बनाउँदै कपिलवस्तुका उम्मेदवार
कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरूले सिँचाइको समस्या समाधान गर्ने मुख्य सङ्कल्प रहेको बताएका छन् । मत माग्न घरदैलो गर्ने क्रममा आफ्नो पहिलो प्राथमिकता सिँचाइको समस्या समाधान गर्ने रहेको बताउने गरेका छन् ।
नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।
बाँके– ३ मा राठौर र कक्षपतिबीच कडा प्रतिस्पर्धा
बाँके क्षेत्र नम्बर ३ मा बाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठौर र एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपतिविच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सङ्घीयताको अनुभूति नै गर्न पाएनौँ: दोलखाबासी
मुलुकमा सङ्घीयता लागू भएको पाँच वर्ष बितिसक्दा पनि सङ्घीयताको अनुभूति नै गर्न नपाएको दोलखालीको गुनासो रहेको छ ।
अपाङ्गता भएका मतदाता भन्छन्ः ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’
तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ ।
सीमा क्षेत्रका मतदाता भन्छन् सुरक्षा र विकास दिनेलाई भोट
नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले सुरक्षा र विकासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन्। चुनावी प्रचारप्रसारका लागि सीमा क्षेत्रका बस्ती पुगेका उम्मेदवारसँग सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले सीमा शान्तिसुरक्षा नभएको गुनासो पोख्दै नागरिक सुरक्षा र विकासमा विशेष योजना ल्याउने उम्मेदवारलाई भोट दिने बताउँछन्।
स्याङ्जामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा
मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई सङ्घीय र चार प्रदेश क्षेत्र रहेको यहाँ प्रतिनिधिसभामा नेपाली काँग्रेस र एमाले तथा तीन प्रदेशमा काँग्रेस र एमालेको भिडन्त हुँदा एक प्रदेशमा माओवादी केन्द्र र एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
दाङमा प्रतिस्पर्धा रोचक बन्दै
निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा चुनावी माहोल तात्तिँदै गएको छ । उम्मेदवारहरू घरदैलो तथा सभा/सम्मेलनमा व्यस्त छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीनवटा क्षेत्र रहेको दाङमा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनावी मैदानमा बहालवाला मन्त्री मेटमणि चौधरीदेखि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेल प्रतिस्पर्धामा रहनुभएको छ ।
दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।
स्वतन्त्र उम्मेदवारले गठबन्धनलाई डर, एमालेलाई भर
मङ्सिर–४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि कालिकोटमा सात जना उम्मेदवार चुनावी मैदानमा छन् । सात जनामा मुख्य प्रतिस्पर्धा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)बिच नै हुने देखिएको छ । सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने एमालेका तर्फबाट केन्द्रीय सदस्य नगीन्द्र शाही उम्मेदवार बन्नुभएको छ ।
पूर्ववनमन्त्रीबीच प्रतिस्पर्धा
तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि १० जना उम्मेदवारबीच प्रतिस्पर्धा छ । तर, निर्वाचनको परिणाम हात पार्ने सम्भावित दुई जना उम्मेदवारबीच भने रोचक प्रसङ्ग छ । उहाँहरू हुनुहुन्छ, वाम तथा लोकतान्त्रिक गठबन्धनको समर्थनमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवारी दिनुभएका किरण गुरुङ । उहाँहरू दुवै जना सङ्घीय सरकारका पूर्ववनमन्त्री हुनुहुन्छ ।
लालसलाम र जय नेपाल चिया पसल
चुनाव नजिकिँदै जाँदा बिहान–बेलुका चिया पसललाई दलहरूले भेटघाट र चुनाव प्रचारप्रसारको केन्द्र बनाउन थालेका छन् । लहान–१ मुख्य चोकमा रहेको दुईवटा चिया पसल यति बेला नेताहरू भेला हुने स्थल नै बनेको छ । लालसलाम चिया पसलको नामले चिनिने रामऔतार साहको पसल र उहाँको पसलसँगै टाँसिएर रहेको जय नेपाल चौधरी चिया पसलमा बिहान–बेलुका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका अगुवा नेता–कार्यकर्ताहरूको भेटघाट गर्ने स्थल बनेको छ ।
निर्वाचन सुरक्षार्थ सेना परिचालन
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो ।
महेन्द्र र राजेन्द्रबीच कडा प्रतिस्पर्धा
“दशक बित्यो तर सर्लाहीमा हुलाकी राजमार्गको ४२ किलोमिटर खण्ड निर्माण भएन, हुलाकी सडक निर्माणमा किन उदासीनता ?” सर्लाही कौडेना–७ का विजयकुमार यादवले प्रश्न गर्नुभयो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो कार्यकालको उपलब्धिमा ‘प्रत्येक दिन पाँच किलोमिटर कालोपत्रे सडक’ प्रचार सामग्री साझा गर्नुभएको छ । उक्त प्रसङ्ग कोट्याउँदै यादवले थप्नुभयो, “महिनामा एक किलोमिटर कालोपत्रे गरेको भए तीन वर्षमा बनिसक्थ्यो तर अहिले पनि हामी धुलो र हिलोमा नै छौँ ।”
गठबन्धन दलको चुनावी सभा, अन्य दलको घरदैलो
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित रुकुम पश्चिमका विभिन्न दल तथा उम्मेदवारहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । जिल्लामा रहेको वाम लोकतान्त्रिक गठबन्धनले मात्र जिल्लाका विभिन्न स्थानमा चुनावी सभा गरिरहेको छ भने अन्य दल तथा उम्मेदवारहरू घरदैलो अभियानमै व्यस्त रहेका छन् ।
स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशीलको सूचीमा
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । यहाँ एक स्थायी सहिन दुई सय मतदानस्थल मध्ये ६१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।
नगरप्रमुख जैसवारलाई २५ हजार जरिवाना
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घन गर्ने छ जनालाई पाँचदेखि २५ हजार रुपियाँसम्म जरिवाना गरेको छ ।
मतदानको दिन अत्यावश्यक सवारी साधनले पास लिनु नपर्ने
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ ।