झापा ३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताउनुभएको छ।
देश बनाउने भिजन एमालेसँग मात्र छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले देश बनाउने भिजन एमालेसँग मात्र भएकाले एमालेलेलाई बहुमत सरकार बनाउन मिल्नेगरी मतदान गर्न आह्वान गर्नुभएको छ ।
चुनाव अग्रगमन र प्रतिगमनको जनमत सङ्ग्रह जस्तै हो : अध्यक्ष दाहाल
नेपाल (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने निर्वाचनलाई अग्रगमनतर्फको यात्रा जारी राख्ने वा प्रतिगमनतर्फ फर्कने विषयको जनमत सङ्ग्रह जस्तै भएको बताउनुभएको छ ।
मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्देशन
आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।
शान्ति र समृद्धिका लागि गठबन्धन जित्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने उहाँले बताउनुभयो ।
धनुषा क्षेत्र नं ३ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
गुमेको नेपाली भूमि फिर्ता ल्याउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसँगको परामर्शविना कालापानीमा भारतीय सरकारले फौज राखेर नेपाली भूमि नियन्त्रणमा लिएकाले त्यसलाई फिर्ता ल्याइने बताउनुभएको छ ।
बाजुरामा पाण्डे र थापाको प्रतिस्पर्धा
बाजुरामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
क्षेत्र ५ मा विकासले फड्को मारेको छ : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार तथा सामाजिक विकास नै आफ्नो निर्वाचन जित्ने आधार भएको बताउनुभएको छ ।
पाँचथरका चार स्थानीय तहमा नमुना मतदान
पाँचथरका विभिन्न चारवटा स्थानीय तहमा नमुना मतदान गरिएको छ । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बदर मत घटाउनका साथै मतदान प्रकृयाबारे आम नागरिकलाई जानकारी गराउन नमूना मतदान गरिएको हो ।
हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउनुभएको छ ।
म्याग्दीमा निर्वाचनमा खटिएका मतदान अधिकृतलाई तालिम सुरु
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई शनिबारदेखि तालिम दिन सुरु भएको छ ।
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ ।
किसानले मागे उम्मेदवारसँग मल
मत माग्न घरदैलो आएका प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारसँग सिन्धुपाल्चोकका किसानले रासायनिक मल मागेका छन् ।
तत्काल मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन
निर्वाचन आयोगले सिरहाका सुखिपुर नगरपालिका र सखुवानान्कारकट्टी गाउँपालिकालाई यथाशीघ्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी २४ घण्टाभित्र जानकारी गराउन निर्देशन दिएको छ ।
महिला उम्मेदवारका कारण मतदाता उत्साहित
काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभा सदस्यको लागि नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बन्नुभएका अन्जना विशन्खेको घरदैलो कार्यक्रममा महिला मतदाताहरू उत्साहित देखिनुभएको छ ।
मकवानपुर १ : रोचक बन्दै चुनावी प्रतिस्पर्धा
संसदीय आम निर्वाचन नजिकिँदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् ।
नयाँ उम्मेदवारलाई मौका दिनुपर्छ: मतदाता
पाल्पा क्षेत्र नं . २ मा एमालेबाट यस पटक प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई उम्मेदवार पाउँदा पाल्पाली मतदाताहरू उत्साही भएका छन् ।
एकतीस वर्ष प्रतिस्पर्धा, अहिले सहयात्रा
अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता गोपालजीजङ्ग शाह अहिले चुनावी अभियानमा सँगसँगै हुनुहुन्छ। यद्यपि २०४८ सालदेखि उहाँहरू चुनावी प्रतिस्पर्धीका रूपमा हुनुहुन्थ्यो। अहिले गठबन्धन सहकर्मीका रूपमा सँगसँगै हुनुहुन्छ।
राजनीतिक दिग्गजबीच प्रतिस्पर्धा
बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक दिग्गजबीच प्रतिस्पर्धा भइरहेको छ। स्थानीय जनताले उच्चस्तरमा ठानेका नेकपा (एमाले)को चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।
जिज्ञासाको समाधान कल सेन्टरबाट
निर्वाचनसँग सम्बन्धित सूचना सर्वसाधारणसम्म पु-याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ। आयोगले सञ्चालनमा ल्याएको टोल फ्री नं. ११०२ मा सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सकिने आयोगले जनाएको छ।
मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चितताको माग
आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
चुनावी सरगर्मीसँगै सद्भाव फर्काउन पहल
नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेदवार रामजनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा मत माग्न पुग्नुभयो। थारु बाहुल्य क्षेत्रमा चुनावी प्रचारमा जाँदा उम्मेदवार चौधरीलाई मतदाताले राखेको एउटै माग थियो, “टीकापुर घटनाको विषयलाई जसरी पनि सुरक्षित अवतरण (सेफल्यान्डिङ) गराउनुपर्यो।”
कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।