कैलाली–२ मा विरासत जोगाउन र तोड्न प्रतिस्पर्धा
कैलाली–२ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवार विरासत जोगाउन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई गठबन्धन र एमालेका उम्मेदवारको विरासत भत्काउने गरी प्रतिस्पर्धा छन् ।
बुथमा सियो लगायत ६१ प्रकारका सामग्री
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रयोग हुने सामग्री मुख्य निर्वाचन कार्यालयका आइपुगेको छ । मतदान केन्द्रमा आवश्यक पर्ने ६१ प्रकारका सामग्रीहरू आइपुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
‘लालपुर्जा’ सधैँ चुनावी कार्यसूची
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–४, मित्रनगर टोलमा वर्षौंदेखि लालपुर्जा वितरण चुनावी कार्यसूची बन्दै आएको छ । उक्त टोलमा करिब ६५ घरधुरी छन् । प्रदेश आयुर्वेद औषधालयसँगै उत्तरपट्टि जोडिएको उक्त टोल कुनै विकट गाउँभन्दा फरक छैन ।
माधवको पुनरागमनले चुनावी रौनक
राजदेवी नगरपालिका वडा नं. ९ का ५९ वर्षीय वीरेन्द्र सिंह पछिल्लो ३० वर्षदेखि दैनिक रूपमा डुङ्गामा मोटरसाइकल राखेर वडा नं. ६ स्थित श्री माध्यमिक विद्यालय सेढवा ओहोरदोहोर गर्नुहुन्छ । सिंह पेसाले शिक्षक हुनुहुन्छ । राजदेवी नपाको वडा नं. ९ ब्रम्हपुरी र वडा नं. ६ सेढवालाई बागमती नदीले छुट्याएको छ । नदी पूर्वका पाँच हजार व्यक्ति रौतहटबाट अलग्गिएको महसुस गर्दै आएका छन् ।
चितवन–२ मा परिवार नै विभाजन
चितवन जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको उम्मेदवारीले परिवारमै विभाजन ल्याएको छ । सङ्घीयता लागू भएपछि मतदान गर्न थालेका केही युवा तीन दशकदेखि सत्तामा रहेका ठूला राजनीतिक दलहरूप्रति निराश भएर आफ्नो प्रतिनिधिका रूपमा नयाँ उम्मेदवार चाहेका देखिन्छन् तर पुराना पुस्ताले नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता राजनीतिक दलहरूप्रति आफ्नो बफादारी देखाएका छन् । विभाजनको मुख्य कारण पनि यही बनेको छ ।
विकट गाउँ बगरामा मतदान स्थल भएपछि स्थानीयहरू उत्साहित
म्याग्दीको दुर्गम बस्ती धवलागिरि गाउँपालिका ४ मुदीको बगरा गाउँमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान स्थल तोकिएपछि बगरा र सिमकोसका स्थानीयवासी खुसी भएका छन् । मतदान स्थल कायम भएसँगै मतदान गर्न एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । मतदान गर्न घण्टौँ हिँडेर टाढा जानुपर्ने भएकाले यसअघिका निर्वाचनहरूमा यहाँका मतदाता मतदान गर्नबाट वञ्चित हुँदै आएका थिए ।
बदर मत घट्ने विश्वास
“मतदानमा नयाँ व्यवस्था गरिएका कारण यस पटक बदर मत सङ्ख्या घट्नेछ,” विराटनगर–१०, तीनटोलियाका सुफल रायले ढुक्कसाथ भन्नुभयो । एउटा मतपत्रमा एक व्यक्ति वा दललाई मात्र मतदान गर्नुपर्ने व्यवस्थाले विगतको जस्तो बदर मतको समस्या अब नहुने उहाँको बुझाइ छ ।
उद्योगग्राम स्थापना गरेर रोजगारी उपलब्ध गराउँछौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताउनुभएको छ।
संविधानलाई गतिशील दस्ताबेज स्वीकार्ने प्रतिबद्धता
बी.पी. कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पृष्ठको घोषणापत्र जारी गर्दै संविधानलाई गतिशील दस्ताबेजको रूपमा स्वीकार्ने प्रतिबद्धता जनाएको हो ।
पश्चिम सेती बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण कार्यको सम्झौता भइसकेकाले परियोजना छिट्टै बन्ने बताउनुभएको छ।
निर्वाचनमा दुई लाख ५० हजार कर्मचारी परिचालन हुने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन गर्ने भएको छ।
नेपाल–भारतका सुरक्षा अधिकारीको बैठक
आगामी मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थाका विषयमा नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठक सुरुभएको छ । भारतीय सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न अधिकारीहरुबीच छलफल सुरुभएको अधिकारीहरूको भनाइ छ ।
सबल प्रदेश बनाउने एमालेको प्रतिबद्धता
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिमलाई सबल प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कांग्रेसद्वारा बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई कारबाही
नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ ।
कसैलाई अवसरबाट वञ्चित गरिँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि अधिकार र अवसरबाट वञ्चित नगर्ने व्यवस्था ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ : अध्यक्ष दाहाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमन हराउन गठबन्धन बनाएको बताउनुभएको छ।
सुर्खेतका दुई हजार बढी कर्मचारी निर्वाचनमा खटिने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार ३४४ कर्मचारी खटिने भएका छन् ।
वृद्धभत्ता पाँच हजार रुपियाँ बनाउँछौं : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले मङ्सिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले वृद्धभत्ता पाँच हजार रुपियाँ बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
मोरङ ३ मा नयाँ निर्वाचन कार्यक्रम तय
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आचारसंहिताको पालना होस् : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ ।
उम्मेदवार थापाको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त
नेपाली कांग्रेसले मोरङ ३ (क) का प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधनप्रति शोक व्यक्त गरेको छ ।
धान ठटाउँदै मतदाता शिक्षा दिँदै
पाल्पाको रैनादेवी छहरामा युवाहरुले किसानलाई खेतमै गएर मतदाता शिक्षा दिने र धान काट्न सहयोग गर्ने गरेका छन् । कतिपयलाई चुनावको प्रचारप्रसारमा भ्याइनभ्याइ भए पनि किसानहरु अनाज स्याहार्न व्यस्त छन् ।
निर्वाचन व्यवस्थित बनाउन आयुक्त तुलाधरको निर्देशन
निर्वाचन आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
मोरङमा उम्मेदवारको मृत्यु : मङ्सिर ४ मै मतदान
मोरङ ३ (क) का नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा नयाँ निर्वाचनको कार्यक्रम तय हुने भएको छ ।