छाएन लिमीमा चुनावी रौनक
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि हुन सकेका छैनन्। बाक्लो हिमपातले गर्दा लिमी जाने दुईवटा नाका बन्द भएकाले प्रत्यासी उम्मेदवार र राजनीतिक दलका नेताहरू लिमी पुग्न नपाएपछि यस्तो अवस्था भएको हो।
पुरानै प्रतिस्पर्धीबीच रस्साकस्सी
पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं. ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको विकास चमत्कारपूर्ण हुनेछ।
चुनाव जित्नैपर्ने दबाबमा पौडेल
“देशले मलाई प्रधानमन्त्रीका रूपमा खोजेको छ। एक पटक मुलुकमा सुशासनको जग मात्रै बसाल्न भए पनि कार्यकारी अधिकार मेरो हातमा आउनुपर्छ,” निर्वाचनको मौसम सुरु भएदेखि नैै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यो भनाइ चर्चामा आइरहेको छ। २०४८ सालदेखि निरन्तर निर्वाचनमा होमिएर पाँच पटक जिते पनि पौडेलले मुलुकको कार्यकारी अधिकारको बागडोर सम्हाल्न गरेको प्रयास भने सफल भएको छैन।
तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी
कार्यक्षेत्रमा खटिनुअघि वीरेन्द्रनगरस्थित खुलामञ्चमा बिहानको तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी
एकपक्षीय समाचार सम्प्रेषण नगर्न काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
महिलालाई मतदाता शिक्षा
मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज रुपन्देही योगीकुटीमा महिलालाई मतदान शिक्षा दिइएको छ । मतदाताहरूलाई मतदान गर्न सहज होस् भन्ने उद्देश्यले मतदातालाई मतदान सहजीकरणको लागि मतदान शिक्षा दिइएको हो ।
सञ्चारकर्मीलाई निर्वाचन अभिमुखीकरण
जिल्ला निर्वाचन कार्यालय धनकुटाले सञ्चारकर्मीका लागि निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र आचारसंहिता कार्यान्वयनमा सहयोग पुगोस् भनी सो कार्यक्रम आयोजना गरेको हो ।
जुम्लाका अध्यक्षसहित एमालेमा समाहित
नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहितका बहुमत कार्यसमिति सदस्य नेकपा (एमाले) मा समाहित भएका छन् ।
देवदहलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न पहल गर्छु : नेता भुसाल
स्वतन्त्र बाम उम्मेदवार घनश्याम भुसालले रुपन्देहीलाई पर्यटकीय र आर्थिक विकासको केन्द्रबिन्दु बनाउने योजनासहित आफूले रुपन्देही १ मा उम्मेदवारी दिएको बताउनुभएको छ ।
मुलुकको रुपान्तरणका लागि मेरो उम्मेदवारी : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य तनहुँ –१ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूत गर्ने र मुलुकको रूपान्तरणको लागि केन्द्रित भएको बताउनुभएको छ ।
अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ ।
एमाले नेतृत्वको सरकारले मात्र समृद्धि कायम गर्न सक्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि बन्ने एमाले नेतृत्वको सरकारले मात्र देशको आर्थिक समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ ।
मतदाता प्रभावित हुनुहुँदैन : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावका बेला अनेक उम्मेदवारको चुनावी नारामा मतदाता नपरेर विकासप्रेमी उम्मेदवारको पहिचान गरेर मतदान गर्नुपर्ने बताउनुभएको छ ।
उम्मेदवारका आ–आफ्नै दाबी
प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवारले आगामी निर्वाचनमा जित्ने आ–आफ्ना दावी पेश गर्नुभएको छ । युवादेखि पाका उम्मेदवार रहनुभएको यस क्षेत्रमा सबैले जित निकाल्ने बताउनुभएको छ ।
काठमाडौं–४ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
विसं. २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका नेता डा. राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ ।
स्थायित्व, शान्ति र विकासका लागि जीत आवश्यक : अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि चुनावमा एमालेको जीत आवश्यक रहेको बताउनुभएको छ । उहाँले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ ।
मतदाता बागमती धेरै कर्णालीमा कम
निर्वाचन आयोगले सातै प्रदेशका मतदाताको सङ्ख्या सार्जजनिक गरेको छ । सोमबार आयोगले उमेर समूह अनुसार प्रदेशगत मतदाताको सङ्ख्या सार्वजनिक गरेको हो ।
अध्यक्ष प्रचण्डले कर्णालीका तीन जिल्लामा सम्बोधन गर्ने
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले साबिक माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष प्रचण्डले एकै दिन तीन जिल्लामा गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने माओवादी पार्टीले जानकारी दिएको हो ।
सदर मत बढाउन सञ्चारको भूमिका महत्त्वपूर्ण
गोरखापत्र संस्थानले सुदूरपश्चिम र कर्णाली प्रदेशमा कार्यरत आफ्ना जिल्ला समाचारदातालाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । निर्वाचनसम्बन्धी सत्यतथ्य समाचार लेखन र सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यले संस्थानले गोरखापत्रमा कार्यरत समाचारदाताहरूलाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको हो ।
विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताउनुभएको छ ।
पूर्वमन्त्री ढकाललाई डा. शर्माको चुनौती, रेखा थापा मत माग्दै
जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको मोरङको निर्वाचन क्षेत्र नं. ३ मा यो पटक पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसका उम्मेद्वारबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । अभिनेत्री रेखा थापा राप्रपाबाट उम्मेदवार बनेपछि दुवै उम्मेदवारलाई चुनौती थपिएको छ ।
लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
जनताको सेवक बन्न तयार छु : ऊर्जा मन्त्री भुसाल
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताउनुभएको छ ।