नागरिकता विधेयक नटुङ्गिँदा पाँच लाखभन्दा बढी नागरिक मताधिकारबाट वञ्चित
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झण्डै पाँच लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।
१० वर्षमा मुलुकको राजनीतिलाई सुधार गर्ने गगन थापाको प्रतिबद्धता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मतदानमा सहभागी गराउन सरकार–चन्द समूहबीच निरन्तर वार्ता
गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भइरहेको बताउनुभएको छ । उहाँले राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको पनि जानकारी दिनुभयो ।
बैतडीको चुनावी सभालाई देउवा र दाहालले सम्बोधन गर्नुहुने
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार बैतडी आउने कार्यक्रम तय भएको छ।
निजी व्यवसायीसँग निर्वाचन आयोगको अन्तरक्रिया
राजेश चाम्लिङ राई कठमाडौं, कात्तिक २२ गते। निर्वाचन आयोगले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ। मङ्गलबार आयोगको कार्यालयमा ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्दै आयोगले यस्तो आग्रह गरेको हो। विभिन्न नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन’ आग्रह गर्नुभयो। उहाँले आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रवाह गरेर सहयोग गर्न आग्रह गर्नुभयो। व्यवसायीको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्त्वपूर्ण हुने विश्लेषण गर्नुहुँदै उहाँले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिन आग्रह गर्नुभयो। उहाँले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्य विश्लेषण गर्दै निर्वाचनपछि यो माहोलमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संसारको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्नुहुँदै आयोगले निर्वाचन मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकोमा खुसी व्यक्त गर्नुभयो। यसअघि स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिह्न हुँदा मतदाताहरू सही ढङ्गले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उहाँले यसपटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेर बदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष रमेश थापाले निर्वाचन आयोगको आग्रह कार्यान्वयनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनको दिन यातायातको सहज सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्नुभयो। यसअघि पर्यटकका लागि निश्चित प्रावधानसहित बसको व्यवस्था गरिदिने अभ्यास रहेको स्मरण गराउँदै उहाँले यो मुख्य पर्यटकीय सिजन भएकोले यातायातको सहज आवागमन आवश्यक भएको बताउनुभयो। कार्यक्रममा सहभागी अन्य विभिन्न व्यवसायीले आयोगको आग्रह बमोजिम आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्ने क्रममा स्थानीय तहसम्म निजी क्षेत्रको संयन्त्रलाई सहभागी गराउन आग्रह गर्नुभयो।
अदातलको निर्णयलाई अपहेलना ओलीले गरे: मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको निर्णयलाई अपहेलना गरेको आरोप लगाउनुभएको छ।
कपिलवस्तुको ऐतिहासिक रामघाट मेलामा घुइँचो
कपिलवस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन मंगलबार वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न सोमबार रातिदेखि नै हजारौँ भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले टाढा टाढाबाट तीर्थालु एक दिनअघि नै आएर बस्ने गरेका हुन् ।
किन आकर्षित भयो नयाँ पुस्ता
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू चुनावी एजेण्डा मतदाताका घर-घर पुर्याउन दिनरात खटिएका छन् ।
निर्वाचन सफल हुनु विकासको आधार हो : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गते हुने निर्वाचन अग्रगमन र प्रतिगमनबीचको महासमर भएको बताउनुभएको छ ।
सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ: ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर समृद्ध नेपाल बनाउन सकिने बताउनुभएको छ ।
मतदाताको मन जित्न सफल भएको छु: उम्मेदवार सिंह
काठमाडाैँ क्षेत्र नम्बर – १ का प्रतिनिधि सभा उम्मेद्वार रहनुभएका प्रकाशमान सिंहले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकाश मतदाताको मन जित्न सफल भएको बताउनुभएकाे छ। आज घरदैलाे कार्यक्रमका क्रममा उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।
देशभित्र आम्दानी र रोजगारी सृजना गर्छौः नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यको तनहुँ–१ का उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रमनतिर लैजान गरिएको बताउनुभएको छ ।
निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
लोसपा अध्यक्ष ठाकुर कडा प्रतिस्पर्धामा
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा दोस्रो पटक निर्वाचन लड्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई यो वर्ष अन्य वर्ष जस्तो सहज नहुने देखिएको छ । ठाकुरलाई एमाले,जसपा गठबन्धन र स्वतन्त्र उम्मेदवारसँग कडा रूपमा चुनौती सामना गर्नु पर्ने भएको छ ।
कारागारबाटै निर्वाचन लड्दै शर्मा
बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।
कम्युनिस्टको गढ प्युठानमा थापा र पौडेलबिच प्रतिस्पर्धा
कम्युनिस्टका गुरु मानिने मोहनविक्रम सिंह सहितका नेताहरूको गृह जिल्ला प्युठानमा यस पटक सूर्य थापा र दुर्गा पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ ।
भुसाल र विश्वकर्माबीच रस्साकस्सी
एक महिनाअघिसम्म घनश्याम भुसाल र छविलाल विश्वकर्मा नेकपा (एमाले)का खम्बा हुनुहुन्थ्यो। फुटबल मैदानमा एउटै टोलीबाट गोल हान्न तयार दुई ‘स्ट्राइकर’ जस्तै। एमालेको १०औँ महाधिवेशनमा छविलाल सचिवमा निर्विरोध निर्वाचित हुनुभयो, भुसाल उपाध्यक्षमा पराजित हुनुभयो। पराजित भए पनि भुसाल स्थायी कमिटीमा पुग्नुभयो। २०६५ मा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट भुसाल र छविलाल केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै दुवै जना पोलिटब्युरो सदस्य बन्नु अर्को संयोग थियो।
गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्
दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले) का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुग्नुभएको थियो ।
भोट माग्न उम्मेदवार नपुग्ने बागलुङको निसेलढोर
आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन ।
एमालेलाई भोट माग्ने अनुसन्धान विभागका कर्मचारीलाई कारबाही माग
निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ ।
गणतन्त्रवादी र राजतन्त्रवादीबीच प्रतिस्पर्धा
गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद सिटौला र राजतन्त्रका पक्षधर राजेन्द्र लिङ्देनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। गत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा लिङ्देन विजयी हुनुभएको थियो भने सिटौलाको पराजय भएको थियो। चुनावी मैदानमा दुवै उम्मेदवार पुनः आमनेसामने भएकाले उहाँहरूबीचको प्रतिस्पर्धालाई लिएर झापा निर्वाचन क्षेत्र नं. ३ मा चर्चा र चासो बढेको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री सिटौला गठबन्धनका तर्फबाट र राप्रपाका अध्यक्ष लिङ्देन
प्रचण्ड सहित सात उम्मेदवारलाई निर्वाचन आयोगकाे स्पष्टीकरण
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सात उम्मेदवारलाई स्पष्टीकरण माग गरेको छ ।
कोइराला र पौडेलबीच प्रतिस्पर्धा
संविधान सभा र संसदीय निर्वाचनमा गरी तीन पटक प्रतिनिधित्व गरिसक्नुभएका नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ मा चौथो पटक चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका कोइरालासँगै नेकपा (एमाले)का तर्फबाट तत्कालीन संविधान सभा सदस्य कृष्णप्रसाद पौडेल, नेपाल स्वतन्त्र पार्टीबाट राजन गौतम र राप्रपा नेपालबाट मोहनीलाल भुसाललगायत पाँच स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
सुरक्षा प्रबन्ध गर्न आयोगद्वारा पत्राचार
निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएको छ।