निर्वाचनपछि गठबन्धनकै सरकार : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
प्रदेश १ का वनमन्त्री एवम् कांग्रेसका मोरङ ३(क)का उम्मेद्वारको निधन
प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं मोरङ ३ (क) मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार शेखरचन्द्र थापाको बुधबार नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको छ । बुधबार बिहान १०ः४० बजेतिर थापाको निधन भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा वनमन्त्री तथा प्रदेशसभा उम्मेदवार थापाको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको खबरले स्तव्ध भएको बताउनुभएको छ ।
जनताकाे अनुमतिमा अगाडि बढ्नेछु: मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विगतमा ललितपुरसहित देशको विकास र जनजीविका विषयमा पु¥याएको योगदानका आधारमा आफूलाई जनताले मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त
तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ ।
ताप्लेजुङमा सबै मतपत्र आइपुग्यो
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङलाई आवश्यक सबै मतपत्र आइपुगेको छ । उक्त निर्वाचनमा प्रयोग हुने प्रत्यक्ष तथा समानुपातिकतर्फको सबै मतपत्र ताप्लेजुङ आइपुगेको हो ।
किसान श्रेष्ठको चुनावी एजेन्डा बाराको पूर्वाधार विकास
नेकपा (एकीकृत समाजवाद) का नेता तथा प्रतिनिधिसभाका लागि बारा ४ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनावी एजेन्डामा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुभएको छ ।
अन्योलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सहभागी हुन सबै समुदाय उत्साहित रहेका बेला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भने निराश छ । दलहरूले समुदायका समस्याका बारेमा चासो नदेखाएका कारण समुदायमा निराशा छाएको हो । प्रदेशमा हुने निर्वाचनमा दुई प्रतिशतसम्म उमेदवारका रूपमा समेत सहभागिता गराउने प्रतिबद्वता जनाएका दलहरूले आसन्न निर्वाचनमा पहिचानसहित मत जाहेर गर्ने वातावरण पनि नबनाएकोमा यस समुदायका मानिसहरूमा आक्रोश बढेको हो ।
‘निर्वाचनपछि अर्थतन्त्र सकारात्मक दिशातर्फ’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मङ्गलबार आयोगको कार्यालयमा आयोजित निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुुभएको हो ।
कार्यान्वयन भइसकेका स्वास्थ्यका विषय घोषणापत्रमा
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा स्वास्थ्यको विषयलाई प्राथमिकतासाथ राखेका छन् । तर, कतिपय राजनीतिक दलले कार्यान्वयन भइसकेको विषयलाई प्राथमिकता दिँदै आफ्नो दल विजयी भएको अवस्थामा उक्त घोषणापत्र कार्यान्वयन गर्ने भनेका छन् ।
नागरिकता समस्या समाधान हुनुपर्छ : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मधेश आन्दोलनसँग जोडिएकै मुद्दालाई लोसपाले आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको छ । लोसपाले नागरिकता समस्याको समाधान, मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई घोषणापत्रमा प्रमुखताका साथमा समावेश गरेको छ ।
कोटेश्वरमा अन्डरपास, पेप्सीदेखि सिनामङ्गलसम्म सुरुङमार्ग
पूर्वसभामुख एवं लोकतान्त्रिक वाम गठबन्धनको काठमाडौँ–२ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । निर्वाचत क्षेत्र केन्द्रित रहेर उम्मेदवार घर्तीले मङ्गलबार घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायतका विषय समावेश छन् ।
चुनावी मैदानमा मन्त्रीदेखि पूर्वमुख्यमन्त्रीसम्म
आसन्न निर्वाचनमा राजनीतिक रूपमा प्रभावशाली र मन्त्रीको अनुभवसमेत लिइसकेका उम्मेदवारका कारण सुनसरीका चारवटै निर्वाचन क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ।
जो भावी मुख्यमन्त्रीको दौडमा छन्...
लुम्बिनी प्रदेशमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूले प्रतिनिधि सभामा उम्मेदवारी दिएसँगै अब प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ । करिब साढे तीन वर्ष नेकपा (एमाले)का महासचिव तथा नेता शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा काम गर्नुभयो । पोखरेल कार्यकालको सबैभन्दा ठूलो उपलब्धि प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने र प्रदेशको नामकरण गर्ने रह्यो । पाँच वर्ष मुख्यमन्त्री रहिरहने पोखरेलको सपना पार्टी विभाजनसँगै सकियो ।
प्रधानमन्त्री देउवाकै जनाधारको भर
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराका प्रत्येक चुनावी सभामा डडेल्धुरा प्रदेश (क)का उम्मेदवार खगराज भट्टलाई जिताउन अपिल गर्नुभयो । सबै चुनावी सभामा उहाँले दोहो-याइरहनुभयो, “खगराज भट्टजीलाई जिताउनुस्, मलाई प्रतिनिधि सभा सदस्यका लागि रुखमा मतदान गर्नुहोस् ।”
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेसबाट निष्काशन
काठमाडौं, कात्तिक २२ गते। नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारी उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ मा पार्टीका आधिकारिक र पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई विधान अनुसार पाँच वर्ष पार्टी सदस्य नरहने गरी कारबाहीको सिफारिस भएको उहाँको भनाइ छ। कांग्रेसको विधान को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश दिएको उहाँको भनाइ छ। कांग्रेसले पार्टीका बागी निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाउन भनेको छ। अभिलेखबाट हटाउनु पर्ने व्यक्तिको नामावली१. मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग२. सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर३. वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ्ग६. जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग९. जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग१०. रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति, सुनसरी१३. प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी१६. रामलगन साह, सप्तरी१७. विजेता झा, धनुषा१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा१९. सन्तोष यादव, धनुषा२०. अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा२४. अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा२७. लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा२९. टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ३१. दिपेन्द्र लामा, काठमाण्डौ ३ (क)३२. मोहन खड्का, काठमाण्डौ ५ (क)३३. भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाण्डौ३४. वलाराम थापा, क्रियाशील सदस्य, काठमाण्डौ३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाण्डौ३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर३७. दिपेश के.सी., क्रियाशील सदस्य, ललितपुर३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक४०. भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक १ ख)४१. वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन४४. महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की४५. चित्रध्वज जि.सी., क्रियाशील सदस्य, नवलपुर४६. नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग४७. ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु४८. ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ बर्दिया५०. कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान५२. देवेन्द्र शाही, जुम्ला५३. धनबहादुर वस्नेत, जुम्ला५४. तारक के.सी., नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम५५. हर्कजंग वहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग५६. गणेश भण्डारी, बझाङ्ग५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी५८. राजन कुँवर, अछाम५९. चन्द्रप्रसाद ढुंगाना, अछाम६०. नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम६१. केशववहादुर चन्द, वैतडी६२. हरिमोहन भण्डारी, वैतडी६३. गिरीराज पाण्डे, कंचनपुर६४. दिपकवहादुर सिंह, कंचनपुर६५. गोपालसिंह वुढा, कंचनपुर६६. पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर६८. दुर्गादत्त पाण्डे, कंचनपुर६९. मदन नेपाल, कंचनपुर७०. भरतकुमार शाही, कैलाली७१. गोविन्दराज जोशी : पूर्व जिल्ला सभापति, कैलाली७२. लक्ष्मण शाही : महाधिवेशन प्रतिनिधि, कैलाली७३. क्षितिज भण्डारी: महासमिति सदस्य, कैलाली७४. विजयकुमार वस्नेत, पूर्व जिल्ला सदस्य, काठमाण्डौ।
आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ : आयुक्त भण्डारी
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताउनुभएको छ ।
निर्वाध प्रचारप्रसारको वातावरणका लागि आयोगको निर्देशन
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ।
‘निर्वाचनको बेला सञ्चार माध्यम झनै अन्तरक्रियात्मक हुनुपर्छ’
प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूले निर्वाचनका समयमा सञ्चार माध्यम उम्मेदवार र दलका विषयमा अन्तरक्रियात्मक हुनुपर्ने सुझाव दिएका छन् ।
प्रतिबद्धतामा कुनै बेइमानी हुँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणापत्र जनतालाई झुक्क्याउने उद्देश्यले नल्याएको बताउनुभएको छ । देशको विकास एमालेले कसरी गर्छ भन्ने विषय घोषणापत्रमा प्रष्ट लेखिएको उहाँले प्रष्ट पार्नुभएको छ ।
कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, २१ उम्मेदवार चुनावी मैदानमा
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का नवराज सिलवाल र नेपाली कांग्रेसका उदय शमशेर जबराबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा मधुसुदन पौडेल र (ख)मा चेतनाथ सञ्जेल एमालेको उम्मेदवार हुनुहुन्छ । यसैगरी, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहाल प्रदेशसभा सदस्यतर्फ (क)मा र ललितपुर (ख) मा कांग्रेसका मीनकृष्ण महर्जन उम्मेदवार हुनुहुन्छ ।
दलका झण्डा बनाउन भ्याई नभ्याई (फोटो फिचर)
निर्वाचन प्रचारप्रसारमा दलका झण्डाको प्रयोग धेरै हुने हुनाले झण्डा र प्रचारसामग्री बनाउनेहरु पनि अहिले व्यस्त छन् । अचेल काठमाडौंका आर्टस् पसलहरुमा झण्डा, गम्छा, ब्याजलगायतका सामग्री बनाउनेको भीड छ ।
प्रधानमन्त्री देउवा धनगढीमा भेटघाटमा व्यस्त
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीमा नेता, कार्यकर्तासँग भेटघाटमा व्यस्त रहनु भएको छ।
चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ : सिटौला
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताउनु भएको छ।