• १६ भदौ २०८१, आइतबार

प्रतिबद्धतामा कुनै बेइमानी हुँदैन : अध्यक्ष ओली

blog

झापामा आयोजित चुनावी कार्यक्रममा सहभागी नेकपा (एमाले) अध्यक्ष केपी ओलीलगायत । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक २२ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणापत्र जनतालाई झुक्क्याउने उद्देश्यले नल्याएको बताउनुभएको छ । देशको विकास एमालेले कसरी गर्छ भन्ने विषय घोषणापत्रमा प्रष्ट लेखिएको उहाँले प्रष्ट पार्नुभएको छ । 

झापामा मङ्गलबार भएको कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो, ‘‘हामीले घोषणापत्रमा गरेका प्रतिबद्धता पूरा गर्छौँ । एमालेले २० वटा विषयमा २० सुनिश्चितता गरेको छ । एमाले जे बोल्छ त्यो गर्छ र प्रतिबद्धतामा कुनै पनि बेइमानी गर्दैन ।’’ 

उहाँले घोषणापत्र लिएर जनताको माझमा जान र त्यसबारे बुझाउन स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । 

यसैबीच झापाको अर्जुनधारास्थित सुखानी पार्कमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले झापा क्षेत्र नम्बर २ मा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेको प्रतिस्पर्धी नै नरहेको दाबी गर्नुभयो ।