• १३ असोज २०८१, आइतबार

धान ठटाउँदै मतदाता शिक्षा दिँदै

blog

बिन्दु थापा 

तानसेन, कात्तिक २३ गते । पाल्पाको रैनादेवी छहरामा युवाहरुले किसानलाई खेतमै गएर मतदाता शिक्षा दिने र धान काट्न सहयोग गर्ने गरेका छन् । कतिपयलाई चुनावको प्रचारप्रसारमा भ्याइनभ्याइ भए पनि किसानहरु अनाज स्याहार्न व्यस्त छन् । 

चुनाव प्रचारप्रसारको व्यस्ततासँगै कृषकहरु व्यस्त भएका कारण खेतमै गएर मतदाता शिक्षा पनि दिने र सहयोग पनि हुने भएकाले खेतमै गएको युवा नेता तथा कृषक अमर कार्कीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “अहिले गाउँमा धान काट्न र स्याहार्न समस्या भएको छ, केही राहत मिलोस् भनेर सहयोग गरेका हौं ।” किसानहरुले धान काट्न समस्या भएको सुनाएपछि खेतमा गएर धान काट्न, ठटाउन र स्याहार गर्ने काममा सहयोग गरेको युवाहरुको भनाइ छ ।

स्थानीय नेता रामबहादुर कार्कीका अनुसार घरका पुरुष चुनावी प्रचारप्रसारमा  लागेपछि धान काट्न समस्या भएको महिलाले बताएका छन् । त्यस्तो अवस्थामा युवाहरुले काममा सहयोग गर्दै मतदाता शिक्षाबारे जानकारी गराएको कार्कीले बताउनुभयो ।