• ११ मंसिर २०८१, मङ्गलबार

मतदान अधिकृत मृत भेटिए

blog

सोलुखुम्बु, मङ्सिर ३ गते । सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय गए राती सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जनाइएको छ ।

सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मधुमेह र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ । घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगिसकेको छ ।


Author

सन्तोष राउत