‘आर्थिक वृद्धिदर ४.२ प्रतिशत’
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने आकलन गरेको छ। आईएमएफले भर्खरै सार्वजनिक गरेको एसिया प्रसान्त क्षेत्रको यो प्रतिवेदन ‘क्षेत्रीय आर्थिक परिदृष्य’ले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने आकलन गरेको छ।
डेढ लाखलाई सहुलियतपूर्ण कर्जा
आव २०७९/८० को भदौ मसान्तसम्ममा एक लाख ४७ हजार ९२६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार भदौ मसान्तसम्ममा ती ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १३ अर्ब २३ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा ६० हजार ३०२ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६७ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७९० महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब १० करोड रुपियाँ कर्जा बक्यौता रहेको छ।
खाद्य कम्पनीले तीन लाख क्विन्टल धान खरिद गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष किसानबाट तीन लाख क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनीले सरकारले तोक्ने न्यूूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागेको हो। कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गरी आफ्नै मिलमा कुटाएर चामल बिक्री गर्दै आएको छ।
चाडपर्वले फलफूल महँगियो
तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ। तिहारको तुलनामा छठमा केरा महँगो भएको छ। छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शनिबार केरा प्रतिदर्जन १२० देखि १३५ रुपियाँमा कारोबार भएको छ। जब कि तिहारमा प्रतिदर्जन ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो।
रुपन्देहीका स्टिल उद्योग बन्द
रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग बन्द भएका छन्। स्टिलको कच्चापदार्थ एमएस ब्लेड र स्पन्ज आइरन आयातमा भन्सार महसुल र अन्तःशुल्क वृद्धिले उत्पादन लागत बढाएकाले उद्योग बन्द गर्नुपरेको उद्योगीहरूले बताएका छन्।
सहकारीका पाठ्यक्रम प्रमाणीकरण अनिवार्य
अब सहकारी सङ्घ/संस्था तथा निजी क्षेत्रबाट सञ्चालित विभिन्न निकायले आफूखुसी सहकारीका तालिम तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न नपाउने भएका छन् । नियामक निकाय सहकारी विभागले सहकारीको शैक्षिक क्रियाकलापको प्रमाणीकरण कार्यविधि, २०७९ जारी गर्दै दुई दिनको प्रारम्भिक सहकारी शिक्षाबाहेकका तालिम तथा शैक्षिक क्रियाकलापका लागि पाठ्यक्रम अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।
पोखरामा साढे दुई करोडको फूल बिक्री हुने
तिहारका अवसरमा पोखरामा मात्रै दुई करोड ५० लाख रुपियाँको फूल तथा माला बिक्री हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसियसन, कास्कीका अनुसार यो पटक तिहारलाई लक्षित गरेर दुई लाख फूलका बेर्ना रोपिएको छ ।
सजिलो र बढी आम्दानी दिने फूल खेती
फूल खेती र व्यवसायप्रति आकर्षण बढ्दो छ । अरू खेतीभन्दा सजिलो र आम्दानी पनि बढी हुने भएकाले किसान फूल खेतीप्रति आकर्षित भएका छन् । घोडाघोडी नगरपालिका–३, जुरपानीका निर्मला भण्डारी चौधरीले पुष्प व्यवसाय सुरु गरेको दुई वर्ष मात्र भयो ।
सुनचाँदी पसलमा भीड
चाडपर्वमा सुनचाँदीको माग निकै धेरै हुन्छ, त्यसमा पनि तिहारमा बढी हुने गर्छ । तिहारमा लक्ष्मी पूजाअघिका तीन/चार दिनमा सुनचाँदीका गरगहना र सामानको माग उच्च हुने व्यवसायीले बताएका छन् । यस वर्ष सोमबार लक्ष्मीपूजा गरिँदै छ । सुनचाँदी र तामा समान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलनअनुसार अहिले यी समानका पसलमा भीड लाग्ने गरेको छ ।
क्षतिपूर्ति कोष स्थापना गर्न आह्वान
एम्नेस्टी इन्टरनेसनलले दुव्र्यवहारमा परेका आप्रवासी श्रमिकको क्षतिपूर्तिका लागि कोष स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको छ । विश्वकप प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहे पनि कतारमा रङ्गशाला बनाउने काममा खटिएका आप्रवासी श्रमिकमाथि भएको शोषण र दुव्र्यवहार कायमै रहेको भन्दै एम्नेस्टीले दुव्र्यवहारमा परेका श्रमिकको क्षतिपूर्तिका लागि कोषको स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको हो ।
टेलिकमको अफर
तिहार, म्हपूजा तथा छठका अवसरमा नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आरोहीको पहिलो रोजाइ मनासलु
डोरी टाँग्ने काम सकेसँगै आरोहण सुरु भएको मनासलुमा यस वर्ष सबैभन्दा बढी आकर्षण देखिएको छ । मनासलुमा गत भदौ ३० गते डोरी टाँगिएको थियो । पर्यटन विभागका अनुसार यो सिजनमा मनासलु आरोेहणका लागि ३८ समूहका ४०४ जनाले आरोहण अनुमति लिएका थिए । मनासलु आरोहणका लागि अनुमति लिनेमा ९७ महिला र ३०७ जना पुरुष छन् ।
विद्युतीय भुक्तानीको विस्तार तीव्र
नेपालमा नगदरहित कारोबार तीव्र रूपले विस्तार भइरहेको छ । सजिलो इन्टरनेट पहुँच र बढ्दो विद्युतीय साक्षरता तथा नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वित्तीय संस्थाकै प्रवद्र्धनात्मक कार्यक्रमका कारण पछिल्लो समय भुक्तानीमा मोबाइल बैङ्किङ, कनेक्ट आईपीएस, वालेट तथा क्यूआर कोडजस्ता विभिन्न विधि प्रयोग बढेको छ ।
तिहार बिदामा पेट्रोल पम्प खुला रहने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठमा पम्प खुला गरिने निगमले जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपो खुला राख्न निर्देशन दिइएको निगमले जानकारी दिएको छ । तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्प खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो ।
अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज
करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
उत्पादन घट्ने अनुमान
चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ ।
त्रासमा धान भित्र्याउँदै किसान
गत वर्ष दाङको लमही नगरपालिका–६, देउपुरका विष्णु पौडेलको काटेर खेतमा सुकाएको धान वर्षाले भिजेपछि खेतमै उम्रने अवस्थामा पुगेको थियो । गत साल जस्तै नहोस् भनेर उहाँले यसपालि हरियोमै धान काट्नुभयो र राम्रोसँग सुक्न नपाउँदै उठाएर जम्मा गरिसक्नुभयो ।
तिहारको किनमेल बढ्यो, मूल्य वृद्धिले उपभोक्ता मर्कामा
तिहारको महत्त्वपूर्ण दिन भाइटीका आउन छ दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल ह्वात्तै बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, मङ्गलबजार, जावलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको हो ।
नेपाली परिकार विश्वभर पु-याउन सकिने
‘बीबीसी मास्टर सेफ दी प्रोफेसनल्स’का विजेता सन्तोष साहले नेपाली परिकारलाई विश्वभर चिनाउन सम्भव रहेको बताउनुभएको छ । साहले भन्नुभयो, “नेपाली खानाको ब्रान्डिङ गर्न सक्ने सम्भावना धेरै ठूलो छ । खाडी देशदेखि बेलायत, अस्ट्रेलिया र अमेरिकासम्म नै नेपाली खाना पु¥याउन सकिन्छ । यस विषयमा म अध्ययन र सम्भावनाको खोजीमा लागेको छु ।” मास्टर सेफ साह विश्वभरिका खानाका पारखीमाझ परिचित हुनुहुन्छ । आफूले स्थापित गरेको पहिचान सदुपयोग गर्दै नेपाली मौलिक खानाको प्रवद्र्धनमा जुट्ने उहाँले बताउनुभयो ।
प्लास्टिकका फूलमाला प्रतिबन्ध
सरकारले प्लास्टिकजन्य फूलमाला प्रयोग र खरिद बिक्री नगर्न सचेत गरएको छ । वातावरण विभागले बिहीबार सूचना सार्वजनिक गर्दै प्लास्टिकजन्य फूलमालाको प्रयोग वा बिक्री वितरण गरेमा एक लाख रुपियाँसम्म जरिवाना हुने जनाएको हो । प्लास्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न विभागले सचेत गराएको हो ।
रकम फिर्ता गर्न निर्देशन
वैदेशिक रोजगार विभागले द रिभर ओभरसिज कम्पनीलाई मलेसिया जाने युवाबाट उठाइएको बढी रकम फिर्ता गर्न निर्देशन दिएको छ । मौखिक उजुरीका आधारमा वैदेशिक रोजगार विभागले मङ्गलबार अनुुगमन गर्दा रोजगारीका लागि मलेसिया जाने १९ युवाबाट प्रतिव्यक्ति दुुई लाख ३० हजार रुपियाँका दरले पैसा लिएको पाइएको जनाइएको छ । ती युवा बुधबार मलेसिया प्रस्थान गरेका छन् ।
ब्याजदर एकल अङ्कमा झार्न माग
कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएर व्यवसायलाई धरापमा पारेको आरोप पोखराका पर्यटन व्यवसायीले लगाएका छन् । होटल सङ्घ पोखराले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदर एक अङ्कमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
साढे दुई अर्बको भाइमसला आयात
तिहारमा आवश्यक पर्ने भाइमसलाको आयात साढे दुई अर्ब रुपियाँको हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/८९ मा दुई अर्ब ५५ करोड ८३ लाख ३९ हजार रुपियाँको तिहारलाई लक्षित सामान आयात भएको हो । तिहारमा बढी खपत हुने नरिवल, काजु, सुकमेल, ल्वाङ, छोकडा, पेस्ता, किसमिस, बदाम, ओखर, मिस्रीलगायतका अन्य सामान आयात हुने गरेको छ ।
सयपत्री मालाको आयातमा रोक
सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको छ ।