• १२ असोज २०८१, शनिबार

प्लास्टिकका फूलमाला प्रतिबन्ध

blog

काठमाडौँ, कात्तिक ५ गते । सरकारले प्लास्टिकजन्य फूलमाला प्रयोग र खरिद बिक्री नगर्न सचेत गरएको छ । वातावरण विभागले बिहीबार सूचना सार्वजनिक गर्दै प्लास्टिकजन्य फूलमालाको प्रयोग वा बिक्री वितरण गरेमा एक लाख रुपियाँसम्म जरिवाना हुने जनाएको हो । प्लास्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न विभागले सचेत गराएको हो ।