• १९ असोज २०८१, शनिबार

तिहार बिदामा पेट्रोल पम्प खुला रहने

blog

काठमाडौँ, कात्तिक ६ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठमा पम्प खुला गरिने निगमले जनाएको छ । 

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपो खुला राख्न निर्देशन दिइएको निगमले जानकारी दिएको छ ।

तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्प खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो । 

निगमका अनुसार पेट्रोल पम्प २४ घण्टा खुला हुने र त्यसका लागि निगमका १३ वटा डिपो बिदाको दिनमा खुला हुनेछन् ।