‘राजस्वका दर स्वार्थप्रेरित छैन’
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत गरिएको करको दरको परिवर्तन कसैको स्वार्थ पूरा गर्नका लागि नभएको प्रस्ट पार्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको आगामी बजेट घोषणापछिको छलफल कार्यक्रममा उहाँले कर निर्धारणमा आफूले अर्थतन्त्रको विस्तार तथा निजी लगानी प्रवर्धनलाई केन्द्रमा राखेको बताउनुभयो । “राजस्वका कुनै पनि दरको हेरफेर स्वार्थप्रेरित छैन,” उहाँले भन्नुभयो ।
भन्सार महसुल दर बढेसँगै सुनको मूल्य उच्च
स्थानीय बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख १२ हजार रुपियाँ नाघेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुनको भन्सार महसुल बढाइएसँगै सुनको मूल्य बढेको हो । बजेटमा १५ प्रतिशत सुनको भन्सार बढेको छ । बुधबार सुन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख १२ हजार रुपियाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज विश्व दूध दिवस मनाइँदै
आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
रोकिएन वैदेशिक रोजगारीको ठगी
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाट ठगिने गरेका छन् । अझ पछिल्लो पटक त शैक्षिक परामर्श दिने नाममा खोलिएका कन्सल्टेन्सीले ठूलो परिणाममा रकम ठगी गर्न थालेका छन् ।
विश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ।
सरकारको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ ।
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिनुभएको छ ।
तरकारी खेतीमा रमाउँदै युवा कृषक
वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ। दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको घिमिरेले बताउनुभयो।
‘बजेट राम्रो तर कार्यान्वयनमा चुनौती’
आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेटप्रति बाँकेका उद्योगी व्यवसायीले सकारात्मक प्रतिक्रिया दिँदै कार्यान्वयनमा चुनौती र शङ्का व्यक्त गरेका छन् । जिल्लाका अधिकांश उद्योगी व्यवसायीले आर्थिक सङ्कटको समयमा आएको यो बजेटले कागजमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको देखिए पनि कार्यान्वयन निकै चुनौतीपूर्ण रहेकाले कार्यान्वयनमा शङ्का व्यक्त गरेका हुन् ।
आर्थिक वृद्धिको लक्ष्य महत्त्वाकाङ्क्षी : चेम्बर
नेपाल चम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतीपूर्ण रहेको जनाएको छ । आव २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्ब ५१ अर्व ३१ करोड रुपियाँको बजेटको स्रोत सुनिश्चितता र आर्थिक वृद्धिको लक्ष्य प्राप्ति चुनौतीपूर्ण र महत्त्वाकाङ्क्षी रहेको जनाएको छ ।
नेपालमा उत्पादित तेल महँगो हुने
नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत पु-याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले सरकारको बजेटबाट स्वदेशमा सञ्चालित
सेयर बजारमा उच्च गिरावट
सरकारले बजेट सार्वजनिक गरेपछिको सेयर बजारमा उच्च गिरावट आएको छ । धितोपत्र बजारमा आयकर र पुँजीगत लाभ करको विषयमा अन्योल देखिएका कारण सेयर बजारमा पहिरो गएको हो । साताको तेस्रो दिन मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ५३.१६ अङ्कले ओरालो लागेर एक हजार ८८८.६१ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.७२ अङ्कले ओरालो लागेर ३६०.७१ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.७४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३६ प्रतिशतले ओरालो लागेको छ । आइतबार १७.३८ अङ्कको गिरावट आएको सेयर बजारमा सोमबार सार्वजनिक बजेटपछि मङ्गलबार उच्च गिरावट आएको हो ।
इन्धन भण्डारण गृहको क्षमता बढाइँदै
सरकारले न्यूनतम तीन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले तीन महिनालाई थान्न सक्ने क्षमताको इन्धन भण्डारण गृह निर्माण गर्न लागेको हो । नेपाल आयल निगमसँग हाल इन्धनको भण्डारण क्षमता न्यून रहेकाले बजारमा आपूर्ति व्यवस्था सहज पार्न भण्डारण क्षमता वृद्धि गरिने बजेटमा उल्लेख गरेको छ । हाल निगमसँग ७१ हजार किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ । जसमा १० देखि १५ प्रतिशत प्रतिशत इन्धन प्राविधिक रूपमा राख्न नमिल्ने निगमले जनाएको छ ।
बजेट प्रणालीमै सुधारको प्रयास
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत बजेट प्रणालीमा सुधारको प्रयास गरिएको बताउनुभएको छ। मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उहाँले बजेटमार्फत खासगरी पुँजीगत खर्चमा देखिएको समस्या समाधान गर्न प्रणालीमै सुधार खोजिएको स्पष्ट पार्नुभयो।
‘बजेटको सिद्धान्त र प्राथमिकता उपयुक्त छन्’
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरेको छ।
सांसद कोषलाई व्यक्तिगत पैसा दिए जस्तो विश्लेषण नगरौँ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ।
दश महिनामा दुई करोड बढी राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गामा राजश्व सङ्कलन वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा दुई करोड ४४ लाख ५९ हजार पाँच सय २० रुपियाँ राजश्व सङ्कलन गरेको हो ।
कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर
सरकारले सोमबार सङ्घीय संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो ।
नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् ।
परियोजना व्यवस्थापनमा पुनर्संरचना खोजिँदै
सरकारले ठुला पूर्वाधार आयोजनाले भोग्दै आएका परियोजना व्यवस्थापन तथा कार्यान्वयनका विभिन्न उल्झनलाई निवारण गर्ने स्पष्ट नीतिगत व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्पmत सरकारले आयोजना व्यवस्थापन, स्रोत परिचालन तथा सरोकारवाला निकायको भूमिकालगायतलाई चुस्त र प्रभावकारी बनाउन खोजेको हो ।
मर्यादित रोजगारीका अवसर सिर्जनामा जोड
सरकारले ‘श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने नाराका साथ मर्यादित रोजगारीका अवसर सिर्जना गर्र्ने नीति लिए पनि यस क्षेत्रको बजेट भने कटौती गरेको छ । सरकारले आन्तरिक रोजगारको क्षेत्रमा चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट भने कटौती गरिएको छ ।
पुँजीमा पहुँच सहज बनाइँदै
वित्तीय क्षेत्रलाई स्वस्थ एवं सबल बनाई मुलुकमा उपलब्ध वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गरिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत वित्तीय मध्यस्थता लागत कम गरी लगानीका लागि पुँजीमा पहुँच सहज बनाइने विषय उल्लेख गरिएको छ ।
कम्पनी दर्ता निःशुुल्क, अनलाइनबाटै दर्ता खारेज
सरकारले कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्दा लाग्दै आएको शुल्क निःशुल्क गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा सोमबार संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सो व्यवस्था गरिएको हो । यसअघि कम्पनी दर्ता गर्दा शुल्क लाग्नुका साथै झन्झटिलो प्रव्रिmया रहेकामा त्यसलाई निःशुुल्क गरिएको हो ।