बिसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ यस वर्ष २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं प्रविधिको प्रचारप्रसार गर्ने गरी धूमधामका साथ दिवस मनाउने तयारी भइरहेको बताउनुभयो । जलवायु परिवर्तनप्रति कृषक र अन्य सम्बद्ध पक्षलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश यस वर्षको नाराले दिएको उहाँले बताउनुभयो ।
माथिल्लो अरुणमा लगानी जुटाउन दातृ निकायसँग छलफल
माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ।
अर्थमन्त्री डा. महतसँग विश्व बैङ्कका उपाध्यक्ष रेजरको भेट
अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो
यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिनुभयो ।
शेयर लगानीकर्ताको सुरक्षाका लागि मन्त्रालयको पूर्ण सहयोग रहन्छ : अर्थमन्त्री डा महत
अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भन्नुभयो, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठुलो आकर्षण छ ।
विद्युतीय चुरोटको युवापुस्तामा बढ्दो लत, चुरोटको ल्याब परीक्षण गर्नुपर्ने विज्ञको सुझाव
पछिल्लो समय विलासिताका सामानको रूपमा मानिने विद्युतीय चुरोटको प्रयोग युवापुस्तामा बढ्दै गएको छ । स्वास्थ्यलाई ख्याल नै नगरी प्रयोग गर्न थालेसँगै नेपालमा विद्युतीय चुरोटको आयात ह्वात्तै बढ्दै गएको छ ।
असार १ देखि सडक खन्न रोक
सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।
गोलभेँडा बारीमै
उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहाँले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् ।
दस औद्योगिक क्षेत्रमा छ सय अठार उद्योग सञ्चालन
मुलुकभर रहेका १० औद्योगिक क्षेत्रभित्र कायम रहेका ६८५ उद्योगमध्ये ६१८ उद्योग सञ्चालनमा छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ती उद्योगमा ४० निर्माणाधीन र २७ बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा रहेका उद्योगबाट २० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । ग्रामीण क्षेत्रमा उद्यम सिर्जनामा टेवा पु-याउन औद्योगिक ग्रामलाई रूपान्तरणकारी आयोजनाका रूपमा मुख्य १० स्थानमा औद्योगिक क्षेत्र घोषणा गरिएको छ तर ती औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैन । सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकामा २०७९ फागुनसम्म ११३ ग्राम घोषणा भएका छन् ।
नेपालगन्जमा सुक्खा बन्दरगाह सञ्चालनपछि व्यवसायी उत्साहित
बाँकेलगायत पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगन्ज सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् । लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई यहाँस्थित सीमानाकाको रुपैडिहा र नेपालगन्जमा संयुक्त रूपमा सञ्चालनमा आएको सुक्खा बन्दरगाहले आर्थिक विकासमा ठुलो सहयोग पुग्ने उद्योगी व्यवसायीको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी अब्दुल वाहिद मन्सुरीले सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपालका उद्योगी व्यवसायीको वर्षौंदेखिको सपना पूरा भएको बताउनुभयो ।
होमस्टेले फेरियो माडीवासीको जीवनस्तर
जङ्गली जनावरले सताएको माडीका बासिन्दाको आर्थिक अवस्था होमस्टेले फेरेको छ। लगाएको बाली चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएका जनावरले खाइदिने र बचेको बाली बाढीले बगाइदिने जस्ता समस्या वर्षौँदेखि भोग्दै आएका माडीवासी होमस्टे सञ्चालन हुन थालेपछि खुसी छन्। माडीवासीका होमस्टेमा पर्यटक आउन थालेका छन् भने निकुञ्जबाट आउने जनावर रोक्न तारबार र छेकबार लगाइएको छ, बाढी नियन्त्रणका लागि तटबन्धका काम भएका छन्।
वैदेशिक रोजगारीका डेढ लाख आबद्ध
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ५१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा गएका श्रमिक आबद्ध भएका छन् । दुई महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । जसमा एक लाख ५० हजार जनाले वैदेशिक रोजगारमा जाने बेलामा कोषमा रकम जम्मा गरेका छन् भने वैदेशिक रोजगार वा स्वरोजगार रहेकामध्ये एक हजार २४० जनाले कोषमा रकम जम्मा थालेको कोषले जनाएको छ ।
स्वच्छ खाद्यवस्तुमा सचेतना अभियान जरुरी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भएपश्चात् हरेक वर्ष जुन ७ मा ‘विश्व खाद्य स्वच्छता दिवस’ मनाउँदै आएको छ । नेपालमा पनि विगत १५ वर्षदेखि कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो दिवस मनाउँदै आएको हो ।
आन्तरिक सुशासन अभावले सहकारीमा समस्या
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आन्तरिक सुशासन अभावका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन समग्र सहकारीका सरोकारवालालाई आग्रह गर्नुभएको छ । सहकारीमा देखिएको आन्तरिक सुशासन अभावलाई हटाउन सहकारीमा लागेका अभियन्ता स्वयम् तयार हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “बाहिरबाट समस्या समाधान गर्न खोजियो भने निष्कर्षमा पुगिँदैन । समस्या समाधानका लागि भित्रैबाट पहल सुरु गरौँ ।” केही सहकारीमा आएको अनुशासनहीनताले आमसहकारीलाई शङ्काको दृष्टिकोणले हेरिएको भन्दै उहाँले थोरै सहकारी संस्थाले गरेको बदमासीका कारण सदस्यले सबै सहकारीमाथि अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको बताउनुभयो । गलत काम गर्ने सहकारीलाई सङ्घ, महासङ्घले संरक्षण दिने भन्दा पनि कारबाहीका लागि प्रव्रिmया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गनुभयो ।
आर्थिक वृद्धि ४.१ प्रतिशत रहने
चालु आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनमा उक्त प्रक्षेपण गरिएको हो । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्ने छ । दक्षिण एसियाली मुलुकमध्ये चालु आवमा सबैभन्दा धेरै भारतले ७.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ । त्यसपछि माल्दिभ्सले ६.६ प्रतिशत, बङ्गलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण छ ।
व्यापार घाटा कम गर्न निर्यात प्रवर्धनमा जोड
सरकारले स्वदेशी वस्तुको निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्ने गरी नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) कार्यान्वयनमा ल्याएको छ । नेपालको वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ उत्पादनको अनुपात ६.३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पु-याउने लक्ष्यसहित सो रणनीति कार्यान्वयनमा ल्याएको हो ।
६ प्रतिशत आर्थिक वृद्धि सम्भव छैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेटले लक्ष्य अनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि टिप्पणी गर्दै यस्तो बताउनुभएको हो ।
कोहलपुरका सडक विस्तार कार्य सुरु
बाँके जिल्लाको दोस्रो ठुलो सहर कोहलपुर नगर योजना भित्रका सडकहरू स्तरोन्नति गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका अधिकांश स्थानमा नाला निर्माण गर्ने कार्य सम्पन्न भइसकेकोले सडक निर्माणलाई अगाडी बढाइएको हो ।
मुद्दती निक्षेपमा लगानी थप्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
‘रुकुमको’ प्रशोधित पानी बजारमा
रुकुमपश्चिमको कर्णाली बेभरेज इन्डस्ट्रिज प्रालिले ‘रुकुमको’ नामक प्रशोधित शुद्ध पिउने पानी बजारमा ल्याएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१२, झिनचौरमा रहेको कर्णाली बेभरेजले प्रशोधित शुद्ध पानी बजारमा पठाउन थालेको हो । बेभरेज प्रालिका अध्यक्ष दलबहादुर शाहका अनुसार वडा नम्बर १० झारमारे लेकको मुहानबाट ल्याएको पानी प्रशोधन गरेर शुद्ध पिउने पानी ‘रुकुमको’ नामबाट बजारमा पठाउन थालिएको हो । उहाँका अनुसार स्थानीय बजारका साथै जिल्लाबाहिर समेत पानी बिक्री हुन थालेको छ ।
मर्जर तथा प्राप्तिमा सहभागी बैङ्क तथा वित्तीय संस्थालाई सहुलियत
नेपाल राष्ट्र बैङ्कले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी वाणिज्य बैङ्कहरूलाई २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न छ वटा सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गरी सुविधा थप गरेको हो ।
थप एघार कम्पनीलाई ब्रोकर लाइसेन्स
नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई दोस्रो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । यसअघि बोर्डले पहिलो चरणमा सात वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । दुई चरणमा रिब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीको सङ्ख्या १९ पुगेको छ ।
भ्याट लागु भएसँगै तरकारी आयात न्यून
सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गर्नुभएको हो ।
भिरमहको आम्दानीबाट शिक्षकलाई तलब
शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ ।