• १२ साउन २०८१, शनिबार

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंक सञ्चालन समितिको बैठक

blog

काठमाडौं, साउन ७ गते । नेपाल राष्ट्र बैंकले आज मैद्रिक नीति सार्वजनिक गर्दैछ । सरकाले जेठ १५ मा वित्त नीति (बजेट) सार्वजनिक गरेसँगै मौद्रिक नीतिमा केन्द्रित रहेको राष्ट्र बैंकले आज मौद्रिक नीति सर्वजनिक गर्न लागेको हो ।

राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति पारित गर्नका लागि अहिले सञ्चालन समितिको बैठक बसिरहेको छ । बिहान ८ बजेदेखि बसेको बैठक अहिले पनि जारी रहेको उहाँले बताउनुभयो । बैठक समापन भएर सबैले हस्ताक्षर गरे पनि राष्ट्र बैंकको वेभसाइटमार्फत सार्वजनिक गर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मौद्रिक नीति पारित गर्नका लागि सञ्चालक समितिको बैठक बिहान ८ बजेदेखि जारी छ, टुङ्गिएको छैन । मौद्रिक नीति पारित भएलगत्तै वेभसाइटमार्फत सार्वजनिक गर्नेछौं।” 

तर, राष्ट्र बैंकले आधिकारिक विज्ञप्तl भने बेलुका ३ बजेमात्र जारी गर्ने उहाँले बताउनुभयो । दिउँसो ३ बजे गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिनुहुनेछ ।