धरान उत्सव सुरु
धरान उपमहानगरपालिकामा धरान स्थापना दिवसको अवसरमा तीनदिने धरान उत्सव सुरु भएको छ ।
लुम्बिनी चिनी उद्योगमा लागेको ताला खुल्यो
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पाँच दिनभित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भए पछि उद्योगमा लागेको ताला खुलेको छ ।
क्रसर उद्योगमा कडाइ
जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो । क्रसर उद्योगले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणीकरण गराएको पत्र र उद्योग नवीकरणसम्बन्धी कागजात १५ दिनभित्र पेस गर्न उद्योगहरूलाई पत्राचार गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।
ठगी गरेर म्यानपावर कम्पनी बेपत्ता
मलेसिया र खाडीका मुलुक पठाइदिने भनेर प्रतिव्यक्ति दुई लाख रुपियाँसम्म ठगी गरेर ग्लोबल प्राइभेट लिमिटेड नामक (म्यानपावर) कम्पनी फरार भएको छ । वनस्थलीमा रहेको उक्त म्यानपावर कम्पनीले युवालाई कुवेत, कतार, साउदी, मलेसियालगायतका मुलुकमा राम्रो कम्पनीमा पठाइदिने भनेर ठगी गरी फरार भएको भन्दै पीडित युवाले वैदेशिक रोजगार विभागमा उजुरी गरेका हुुन् । विभागका अनुसार म्यानपावरले ठगी गरेको भन्दै २३ जना युवाले सामूहिक रूपमा उजुरी गरेका छन् । उक्त म्यानपावर कम्पनीले दर्ता नम्बर पनि उल्लेख गरेको छ तर विभागमा दर्ता भएका म्यानपावरको सूचीमा यो कम्पनी छैन ।
पहुँचवाला र ठूलामा केन्द्रित निर्यातमा नगद अनुदान
स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्न सरकारले दिँदै आएको नगद अनुदान ठूला उद्योगी र पहुँचवालाले मात्र पाउने गरेको व्यवसायीले बताएका छन् । सातौँ निर्यात दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा निर्यातकर्ता व्यवसायीले साना र मझौला उद्योगीले अनुदान पाउन नसकेको बताएका हुन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले निर्यात प्रवद्र्धन गर्न सरकारले उपलब्ध गराएको नगद अनुदान साना र मझौला उद्योगले पाउन नसकेको बताउनुभयो । “नगद अनुदान पहुँचवालाले मात्र पाउने गरेका छन् । साना र मझौला उद्योगले नगद प्रोत्साहन प्राप्त गर्न नसक्दा सामान्य उद्योगीले लाभ लिन नसकेका हुन्,” उहाँले भन्नुभयो ।
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
“विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग हुनुहुन्छ ।
उत्कृष्ट उद्योग र उद्यमी पुरस्कृत
बुटवलमा सम्पन्न राष्ट्रिय औद्योगिक प्रदर्शनीमा तीन जना महिला उद्यमीले उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट महिला उद्यमीका रूपमा पाल्पाली मदनपोखरा ढाका उद्योग, पाल्पाका शितम भण्डारी, प्रेम अल्लो (पुवा) धागो तथा तयारी पोसाक उद्योग दाङका प्रेमकुमारी पुन र आईटी स्टिल स्ट्रक्चर सोलुसन प्रालि रुपन्देहीका सृष्टि गुरुङ पुरस्कृत हुनुभएको हो । यसैगरी उत्कृष्ट उद्योगतर्फ ट्रन्सवेल्ड नेपाल (ट्रान्सफर्मर) काठमाडौँले प्रथम स्थान हासिल गरेको छ भने कपिलवस्तु ग्लास फाइबर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा सिया स्टिल इन्डस्ट्रिज प्रालि नवलपरासीले तेस्रो स्थान प्राप्त गरेको छ । सान्त्वना उद्योग पुरस्कार ग्लोबल इन्टेरियर तथा काष्ठ उद्योग रुपन्देही र मन उड इन्डस्ट्रिज ओमसतिया गाउँपालिका रुपन्देहीले पाएका छन् ।
वैदेशिक रोजगार न्यायाधिकरणमा निःशुल्क कानुनी सहायता
वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगारी कसुरसम्बन्धी मुद्दा भएकाले निःशुल्क कानुनी सहायता लिन पाउने व्यवस्था गरिएको छ । न्यायाधिकरणले पैसा तिरेर कानुन व्यवसायी राख्न नसक्ने सेवाग्राहीको न्याय नमरोस् भनेर निःशुल्क कानुनी सहायता लिन पाउने व्यवस्था गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने वरिष्ठ अधिवक्ता अभिनाशकुमार प्याकुरेलसहितको ५० जना अधिवक्ताको नाम र सम्पर्क नम्बरको सूची सार्वजनिक गरेको छ ।
सिमकार्ड पुनः बेच्न नपाइने
दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सपना भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटमा न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले उक्त आदेश दिएको हो।
गोलियाबाट पाँच करोड राजस्व सङ्कलन
ताप्लेजुङमा गोलिया उत्पादन तथा निकासीबाट पाँच करोड रुपियाँ बढी राजस्व सङ्कलन भएको छ। पछिल्लो डेढ वर्षको अवधिमा गोलिया उत्पादन (कटान) र निकासीबाट मात्र जिल्लामा उक्त राजस्व रकम सङ्कलन भएको हो।
वित्त र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ठ्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।
खुलामञ्च 'बेसमेन्ट पार्किङ'को सम्भाव्यता अध्ययन
खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको निर्णयप्रति विभिन्न मत आइरहेका छन्। अकुपाई टुँडिखेल अभियानताको टोलीले उपमेयर सुनिता डंगोललाई नै भेटेर ज्ञापनपत्र हस्तान्तरण गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।
उद्योगी व्यवसायीलाई सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्छ : गृहमन्त्री लामिछाने
बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरेपनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो ।
नवीकरणीय ऊर्जा स्रोत खोजीमा बितेको सन् २०२२
इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोत खोजीमा सन् २०२२ बितेको छ । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नयाँ वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै अनिश्चयतर्फ धकेलियो ।
लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले तालाबन्दी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ ।
सुनको मूल्य एक लाख दुई हजार नौ सय
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो ।
जुस तथा जाम बनाउने तालिमले किसान उत्साही
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जामा, चक्लेट बनाउने तालिम पाएपछि भन्नुभयो, यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको छ, अब सरकारले आवश्यक सहयोग गरेमा उद्यमी भएर आयआर्जन गर्न सकिने रहेछ ।
समन्वय नहुँदा रोकिएन तस्करी
भारतबाट एउटा सेतो पिकअपमा करिब दस लाख मूल्य बराबरको कपडा भित्र्याइएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मङ्गलबार बिहान उक्त गाडीको पिछा ग-यो । भन्सारको गस्ती टोली खटिएको सूचना पाएपछि तस्करले फरक बाटोबाट गाडी मोडे ।
आर्थिक सूचकको प्रयोग विधि सार्वजनिक
आर्थिक क्षेत्रमा प्रयोग हुने तथ्य, तथ्याङ्कको प्रभावकारी प्रयोग सिकाउने सामग्री समेटिएको ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक पुस्तक सार्वजनिक गरिएको छ । मङ्गलबार उक्त पुस्तकको डिजिटल प्रति सार्वजनिक गरिएको हो । पुस्तक राष्ट्रिय योजना आयोगले तयार गरेको हो ।
विज्ञापन एजेन्सीको भूमिका महत्त्वपूर्ण
अर्थतन्त्रको विकासमा विज्ञापन एजेन्सीको महत्त्वपूर्ण भूमिका हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताउनुभएको छ । राजधानीमा मङ्गलबार आयोजित नेपाल विज्ञापन सङ्घ (आन)को २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले विज्ञापन बजारमा देखिएका नयाँ परिवर्तनलाई समेत आत्मसात् गर्दै अघि बढ्न सुझाव दिनुभयो । त्यस्तै उहाँले पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगले विज्ञापन बजारमा चुनौती थपेकाले त्यसलाई समेत करको दायरामा ल्याउने प्रक्रियामा सरकार अघि बढेको जानकारी दिनुभयो आन विज्ञापन एजेन्सीहरूको छाता सठन हो ।
सुनको मूल्य बढेको बढ्यै
पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य बढेर यस वर्षकै उच्च प्रतितोला एक लाख दुई हजार छ सय रुपियाँमा कारोबार भएको हो । सोमबार प्रतितोला एक लाख एक हजार सात सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
जिरीलाई दक्षिण कोरियाको चार वटा कोरली गाई उपहार
दक्षिण कोरियाबाट उपहार स्वरूप चार वटा कोरली गाई दोलखाको गाई आनुवंशिक श्रोत केन्द्र जिरीमा आइपुगेका छन् ।