• १२ वैशाख २०८१, बुधबार

नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा (फोटो फिचर)

blog

आयोजनाको अनुगमन गर्नुहुँदै मन्त्री प्रकाश ज्वालासहितको टोली । तस्विरः सुजन गुरुङ

भउचप्रसाद यादव

काठमाडौँ,, साउन २ गते । थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।

आज बिहान भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाइँ, सचिव केशवकुमार शर्मा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले स्थलगत अवलोकन गर्नुहुँदा उक्त जानकारी दिनुभएको हो । सो आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत पूरा भएको छ ।