• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय वाणिज्य बैङ्कको एकैसाथ एघार शाखा

blog

काठमाडौँ, साउन २ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशका विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ ।

बैङ्कले सिराहा, बैतडी, दार्चुला, मोरङ, मकवानपुर, ललितपुर, सुर्खेत, कालीकोट, दैलेख र स्याङ्जाका विभिन्न ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को र मङ्गलबजार, सुर्खेतको छिन्चु, कालीकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैङ्कले जनाएको छ । नयाँ शाखा सञ्चालनसँगै रावा बैङ्कको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैङ्कले कर्णाली प्रदेशमा मात्र तीन वटा शाखा कार्यालयसहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आमनागरिकमा आधुनिक बैङ्किङ सेवा प्रवाह गरिरहेको बताउनुभयो ।