चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न छलफल
दसैँतिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वमा उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण उच्च व्यवस्थापनसँग छलफल गरेको छ । मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभयो ।
भारतद्वारा चामल निर्यात प्रतिबन्ध खुला
भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो । यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।
तीन महिनामा सोह्र अर्बभन्दा बढी विदेशी लगानी
चालु आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब रुपियाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्म १५१ परियोजनामार्फत १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको हो । असोज महिनामा मात्र ४० परियोजनामार्फत एक अर्ब ९८ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै
नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।
एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ ।
राजविराजको बजेट नीति तथा कार्यक्रम सार्वजनिक
राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।
पहिलो त्रैमासमा राजस्व सङ्कलन १५ र बजेट खर्च १६ प्रतिशत
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ ।
खनिज उत्खनन र खोजतलासका अनुमति पत्र नवीकरण गरिँदै
खानी तथा भूगर्भ विभागले खनिज उत्खनन र खोजतलासका यस अघि वितरण गरिएका अनुमतिपत्रहरु नवीकरण गर्ने भएको छ । विभागले सूचना जारी गर्दै तीन महिना भित्र नवीकरणका लागि आर्थिक वर्ष २०७९।८० मा म्याद सकिएको तीन महिना भित्र नवीकरणका प्रक्रिया अघि बढाउन जनाएको छ ।
सुनको तस्करी नियन्त्रणका सूचना र सुझाव माग
सुनको अवैध रूपमा तस्करी हुने क्रम दैनिकजसो बढ्दै गएपछि यसको नियन्त्रणका लागि सुझाव र गोप्य सूचनाहरू माग गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बुधवार गोरखापत्रमा सूचना प्रकाशन गरी सुझाव र सूचनाको आव्हान गरेको हो ।
इनरुवामा चार सय केभी सबस्टेसन तयार
देशकै दोस्रो ठुलो सबस्टेसन इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन तयार भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठुलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ ।
भेरी किनारमा पाक्यो धानबाली
जाजरकोटको भेरी नगरपालिका–१ पिपे स्थित खेतमा पाक्न लागेको धानबाली ।
विमानस्थलका पसल कारबाहीमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार विमानस्थलका आठ वटा पसल र होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको हो ।
अरुण तेस्रो आयोजनाको समस्या मन्त्री परिषदमा लगिने
लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्गका समस्या समाधान गर्न मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसको बोर्डको ५६ औँ बैठकले सङ्खुवासभा जिल्लामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्ग छ्याङकुटी–दिदिङ (२४ किमी) सडकखण्डको समस्या समाधान गर्न उक्त निर्णय गरेको हो । सो सडकखण्डको मुआब्जा विवादका कारण लामो समयदेखि काम ठप्प छ ।
आर्थिक सूचकाङ्क सन्तोषजनक
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिनामा पनि शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।
दसैँमा कपडाको खपत धेरै
दसैँका बेला बजारमा लत्ताकपडा, खसीबोका, सुन, जुत्ताचप्पल, मरमसला र खाद्यान्नको कारोबार बढी हुने गर्छ । नेपालीको महान् पर्व दसैँमा निम्न वर्गदेखि उच्च वर्गका व्यक्तिले नयाँ कपडा लगाउने भएकाले पनि खपत धेरै हुने गर्छ । अन्य समयको तुलनामा लत्ताकपडाको कारोबार दोब्बर तेब्बर बढी हुने गरेको व्यवसायीको भनाइ छ ।
एनआरएनएको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
मासुको उचित भण्डारण गर्दैनन् व्यवसायी
मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ ।
सहुलियत पसलमै छैन चिनी
पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको सहुलियत पसलको बिक्री केन्द्र पुग्नुभयो । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्यो ।
दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
खाद्य कम्पनीद्वारा खसीबोका बिक्री खुला
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको हो । आइतबार उपत्यकामा हेटौँडाबाट तीन सयको सङ्ख्यामा खसीबोका र रसुवाबाट ३७० वटा च्याङ्ग्रा भित्रिइसकेका कम्पनीले जनाएको छ । बाँकी भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
नेपालमा मल कारखाना खोल्ने विषयमा छलफल
नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा भारतले नेपाल सरकारसँग छलफल अगाडि बढाएको छ । भारतका रसायन एवं उर्वरक (मल) मन्त्रालयका प्रतिनिधि आएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत अन्य सरोकारवालासँग छलफल गरी फर्किसकेका छन् । नेपालमा मलको खपत, निर्यातको अवस्था, कारखाना लगाउने स्थानलगायतका बारेमा प्रारम्भिक अध्ययन गर्नका भारतबाट प्रतिनिधि आएका थिए । उनीहरूले रासायनिक मलको कारखाना स्थापनाका बारेमा कृषिमन्त्री डा. वेदुराम भुसाल, कृषिसचिव डा. गोविन्द शर्मालगायत अन्य सरोकारवालासँग छलफल गरेका छन् ।