दसैँ मनाएपछि धान काट्न व्यस्त किसान
बडादसैँ मनाएपछि पाल्पाका किसान धान काट्न व्यस्त हुन थालेका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली स्याहार्न किसान खेतमा धाउन थालेका हुन् । दसैँ मनाएपछि पाल्पाको रामपुर, माडी, अर्गली, कचल, गेझा, झडेवा, पूर्वखोला फाँटका किसान पाकेको धान काट्न खेतमा व्यस्त बनेका छन् ।
सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै
पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ ।
तिहारलाई लक्षित गरी गोदावरी फूूलको प्रदर्शनी
तिहारलाई लक्षित गरेर आगामी मङ्गलबारदेखि ललितपुरको जावलाखेल मैदानमा १६ आैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा पुुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ मेला हुन लागेको हो । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत गरिने भएको छ । प्रतिस्पर्धा हुने गोदावरीका प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीका कट फ्लावर रहेका छन् ।
दसैँले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए
नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् ।
आयात बढ्यो निर्यात घट्यो
चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो । साउन र भदौमा कमी भएको आयात भने असोजमा आएर बजारमा माग बढेसँगै आयातमा केही सुधार देखिएको हो । यस वर्षको दसैँ ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको हो ।
नेप्से परिसूचकमा गिरावट जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ ।
सहकारीद्वारा दसैँमा ६९ लाखभन्दा बढीको खसीबोका बिक्री
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु. ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो ।
जुम्लाको स्याउ झापामा बिक्री
संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ ।
तनहुँमा धान उत्पादन क्षेत्र घट्दै
तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो ।
महिला नेतृत्वको सहकारीले बेच्यो दुई करोडको खसीबोका
महिलाले नेतृत्व गरेको सहकारीले दसैँको मुखमा दुई करोड बढीका खसीबोका बिक्री गरेका छन् । महिलाले नेतृत्व गरेको जिल्लाका चार वटा सहकारीहरूले दसैँको मुखमा दुई करोड १० लाख रुपियाँको खसिबोका र माउ बिक्री गरेका हुन् ।
बिस अर्ब खर्च हुँदा बिस हजार हेक्टरमा मात्र सिँचाइ
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य ढिलो भइरहेको छ । आयोजना निर्माणमा ढिलाइ भइरहेका कारण लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ । अठार वर्षअघि सात अर्ब रुपियाँ लागत लाग्ने भनी सुरु गरिएको सो आयोजनाको हालको लागत ५२ अर्ब ८९ करोड पुगेको छ तर काम अझै सुस्त गतिमा नै भइरहेको छ ।
दुधमा आत्मनिर्भर बन्दै दाङ
दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि सो जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो । दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ ।
विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्दै नेपाली डाइपर
काठमाडौँ नयाँ बानेश्वरका शत्रुधन ढकालले भैरहवा–परासी औद्योगिक कोरिडोरमा स्थापना गरेको डाइपर उद्योगले नेपाली र अन्तर्राष्ट्रिय बजारको माग धान्न सकेको छैन । काठमाडौँमा उद्योगलाई चाहिने पर्याप्त जग्गा एकै ठाउँमा नपाएपछि उहाँले भैरहवा–परासी औद्योगिक कोरिडोरमा पर्ने नवलपरासीपश्चिमको रामग्राममा उद्योग स्थापना गर्नुभएको थियो । दुई वर्षअघि स्थापना भएको यो उद्योगले अहिले स्वदेशी र अन्तर्राष्ट्रिय बजारको माग धान्न नसक्ने अवस्थामा आइपुगेको हो ।
किसानलाई मार्सी धान भित्र्याउने चटारो
हुम्ला जिल्लामै सबैभन्दा बढी मार्सी धान उत्पादन हुने चङ्खेली गाउँपालिका–२ र ३ को दार्म र मिमी गाउँमा पाकेको धान भित्र्याउन सुरु भएको छ । जिल्लामै सबैभन्दा पछि धान उत्पादन हुने भएका कारण किसानलाई यति बेला धान भित्र्याउने कार्यले भ्याइनभ्याइ भएको हो । दार्म गर्खा गाउँकी सुहान हमाल
पोखरा र हिमाली पर्यटनमा आशाको सञ्चार
पोखरेलीको सपना छ, गृह नगरकै विमानस्थलबाट विदेश उड्न पाइयोस् । उताबाट पनि पोखरा विमानस्थलमै ओर्लन मिलोस् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि नियमित उडान नहुँदा यो सम्भव भएको छैन । त्यसमाथि पृथ्वी राजमार्ग स्तरोन्नतिको कामले पोखरा भित्रिने सडकसमेत सहज छैन । यसबाट प्रभावित पोखरेलीमाझ अहिले नयाँ आशा सञ्चार भएको छ ।
दसैँमा बिक्री नभएको कुखुरा बेच्न मूल्य घटाउँदै
दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताउनुभयो ।
सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ
दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।
नेपालको बिजुली भारतमा स्वच्छ ऊर्जा
नेपालको स्वच्छ ऊर्जालाई भारत सरकारले स्वच्छ ऊर्जा गणनामा समावेश गर्ने नीतिगत व्यवस्था गरेको छ । छिमेकी मुलुकको विद्युत् खरिदमा थप लचक बन्दै भारत सरकारको विद्युत् मन्त्रालयले त्यहाँको सरकारी राजपत्र ‘भारतका राजपत्र’ मा सूचना प्रकाशित गर्दै भारतमा विद्युत् बिक्री अनुमति प्राप्त छिमेकी मुलुकमा उत्पादित स्वच्छ ऊर्जालाई भारतका सार्वजनिक तथा निजी विद्युत् वितरक कम्पनीको स्वच्छ ऊर्जा गणनामा समावेश गर्न सकिने व्यवस्था गरेको हो ।
महासचिव गुटेरेसको आज उच्चस्तरीय भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा आज राति काठमाडौँ आउँदै हुनुहुन्छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुने छ ।
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य ९बाबुराम०ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो ।
म्याग्दीमा पालेका कालिजले पाएन बजार
कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरू विस्थापित हुन थालेका छन् ।
सुर्खेत विमानस्थलमा आठ करोडकाे बत्ती जडान हुने
सुर्खेत विमानस्थलमा आठ करोडका बत्ती जडान हुने भएका छन् । अबको तीन महिना भित्र राति पनि उडान सुरु हुने भएसँगै बत्ती जडान गरिने भएको हो ।
दुग्ध किसानले पाए ३६ लाख अनुदान
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दुध सङ्कलन विवरणको आधारमा दुध उत्पादन अनुदान वितरण गरेको हो । यही हिसाबका आधारमा ३६ लाख १२ हजार ४०३ रुपियाँ अनुदान वितरण गरिएको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडि बढाएको हो । नगरपालिकाले नियमित रूपमा पशु बिमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।