मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा
च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो रु दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिनकिलो रु ६० पुगेको छ ।
गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन
गण्डकी प्रदेशमा विद्युुत् आपूर्तिको गुुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ ।
बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ ।
आजबाट २५ हजार टन चिनीको खरिद प्रक्रिया सुरु, तिहारअघि नै बिक्री गरिने
सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ ।
संसद्को वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियो: महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताउनुभएको छ ।
‘अर्थतन्त्र सकारात्मक छ अब आत्मविश्वास बढाऊँ’
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र अधिकांश समस्या समाधानतर्पm लागेको बताउनुभयो । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कंदै गरेको उल्लेख गर्नुभयो ।
बोयर बाख्रापालनमा रमाएका धन श्रीस
बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीसले १२ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा बिताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ ।
मूल्य बढेपछि प्याजको तस्करी
दसैँ सकिएलगत्तै प्याजको मूल्य आकासिएपछि सीमानाकामा प्याजको अवैध व्यापार बढ्न थालेका छन् । दसैँअघि प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री हुने प्याज अहिले १२० देखि १३० रुपियाँ पुगेको छ । सीमापारिको भारतीय बजार रक्सौलमा बढीमा ८० देखि ९० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको प्याज स्थानीय तस्करले वीरगन्जसम्म ल्याएर महँगोमा बेचिरहेका छन् ।
एक अर्ब बिस करोड रुपियाँ पुनर्कर्जा लगानी
चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तमा एक अर्ब २० करोड रुपियाँ पुनर्कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० भदौ मसान्तमा एक लाख ४४ हजार ७५८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९५ अर्ब ६२ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।
तिहारमा पैँतिस लाख सयपत्री माला खपत हुने
यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुमान गरेका छन । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् । गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुलनामा बढी माला खपत हुने व्यवसायीले अनुमान गरेका छन् । सरकारले पुष्पजन्य उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण यसपालि मालाको मूल्यसमेत बढ्ने भएको छ ।
सकारात्मक कुराको सम्प्रेषणका लागि सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण : मन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै सकारात्मक बाटोमा अगाडि बढेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सवमा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘अहिले आत्मविश्वास र सकारात्मक कुराको सम्प्रेषण आवश्यक छ ।
अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री डा.महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव समारोहमा उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
मसलाको आयात घट्यो, मूल्य बढ्यो
यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको आयात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपियाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपियाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छ ।
सुन्तला उत्पादन बढ्यो
नवलपुर जिल्लाको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरथोर सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौबारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारी बताउँछन् ।
समस्या बन्दै औद्योगिक ग्राम
स्थानीय घरेलु उद्योगलाई एकत्रित गरी सञ्चालन गर्ने उद्देश्यले धनकुटामा आवश्यक संरचना निर्माण गरेको तीन/चार वर्ष बितेको छ । औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर २०७५ सालमा औद्योगिक ग्रामको पहिलो चरणको काम सम्पन्न गरी सञ्चालनको तयारी गरियो । अहिले यहाँ दुई चरणमा गरी १४ करोड बढी रकम खर्च गरी २७ ब्लक निर्माण भएका छन् ।
तिहारमा चिनी सहज हुने
नजिकिँदै गरेको तिहारमा चिनी सहज हुने भएको छ । शुक्रबारबाट नेपालकै चिनी उद्योगबाट उपत्यकामा चिनी भित्रिन थालिसकेकाले नै उपत्यकाको बजारमा सहज चिनी पाइने भएको हो । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयका अनुसार तिहारको समयमा चिनी अभाव हुन नदिन एभरेस्ट सुगर मिलमा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी शुक्रबारदेखि उपत्यकाको बजारमा आउन थालिसकेको छ । मन्त्रालयको पहलमा विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिमाणको चिनी आपूर्ति मन्त्रालयको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घमा आबद्ध व्यापारीमार्फत बजारमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
भन्सार राजस्व असुलीमा कमी
कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
प्राधिकरणले ६५ लाख बक्यौता रकम उठायो
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्ममा ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ ।
सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्य आम्दानी
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित ।
सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती
सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती
हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।
चाडपर्वको समयमा रगत पाउन मुस्किल
चाडपर्वकै समय काठमाडौं उपत्यकालगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुँनु र नेपाल रेडक्रस सोसाइटीले व्यवस्थापन प्रभावकारी नवनाउदाँ रगतको अभाव भएको पाइएको हो ।
अन्नखेती छाडेर किवीतिर लागे लालबहादुर
बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिला देखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबै भन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ ।