प्लास्टिकजन्य फूल बिक्रीवितरणमा कडाइ
प्लास्टिकजन्य फूल गुच्छा बिक्रीवितरणमा सरकारले कडाइ गर्ने भएको छ । सरकारी स्तरमा अनुगमन गर्ने र त्यसरी बिक्रीवितरण गरिरहेकालाई कानुन अनुसार कारबाही गर्ने सरोकारवालाबिच सहमति भएको छ । वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिव्रmीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको थियो तर त्यो प्रभावकारी नभएको गुनासो आएपछि गृह मन्त्रालयले कात्तिक २ गते सरोकारवालासँग छलफल गरेको छ ।
बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री
दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौँ पुर्याएका छन् ।
बजार अनुगमनमा भेटियो मनग्गे कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा ९८ प्रतिशतमा केही न केही कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ गतेदेखि असोज ३० गतेसम्म सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ गतेदेखि २२ गतेसम्म ७५७ वटा व्यवसायी फर्मको अनुगमन भएकोमा ११ वटाबाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ ।
दसैँ बिदामा पनि इन्धन वितरण
नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि इन्धन वितरण नियमित गर्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको सहज रूपमा बिक्रीवितरण व्यवस्था मिलाउन निगमले विभिन्न स्थानमा रहेका डिपो खुुला राखेको हो । ४ गतेदेखि ९ गतेसम्म बिदाको दिनमा तोकिएका डिपोबाट पेट्रोलियम पदार्थ बिक्रि खुला गरिने निगमले जनाएको छ ।
बजार अनुगमनमा भेटियो मनग्गे कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा ९८ प्रतिशतमा केही न केही कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ गतेदेखि असोज ३० गतेसम्म सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ गतेदेखि २२ गतेसम्म ७५७ वटा व्यवसायी फर्मको अनुगमन भएकोमा ११ वटाबाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ ।
प्रति १० ग्राम दुई हजारले बढ्यो सुनको मूल्य
इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ ।
प्रहरीद्वारा ९२ बोरा चिनी बरामद
इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गृह श्रमिकको पहिचान स्थापित गर्न जोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले देशको आर्थिक समृद्धिमा योगदान पु¥याइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । गृह श्रमिक दिवसका अवसरमा होमनेट साउथ एसियाद्वारा बिहीबार राजधानीमा आयोजित तीनदिने सम्मेलनमा मन्त्री भण्डारीले आर्थिक सशक्तीकरणमा योगदान दिने गृह श्रमिकलाई औपचारिक पहिचान प्रदान गर्न पहल गरिने बताउनुभएको हो ।
चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गरेपछि हालसम्म लगभग चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएको तर यसको निरन्तरतामा चुनौती देखिएको बताइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ सम्मेलनमा ‘वैदेशिक रोजगारी र सामाजिक सुरक्षा’ विषयक छलफलमा सो कुरा बताइएको हो ।
गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण
पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो ।
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गतवर्षको भन्दा यस वर्ष धान दसैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् ।
मकैको पिठो र च्याँख्ला बेचेर मनग्गे आम्दानी
सिन्धुपाल्चोकका महिलाहरू मकैको च्याँख्ला बेचेर मनग्गे आम्दानी लिन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–१२ का महिलाहरूलाई अहिले माग बढेपछि मकैको च्याँख्ला बढाउने र बजारमा पुर्याउन भ्याई नभ्याई छ ।
अर्थतन्त्रलाई त्राण
रोपेको मानो मुरीका रूपमा भित्र्याएर उपभोगको औपचारिक सुरुवात गर्ने एउटा पौराणिक पर्व दसैँले परिवार जुटाउँछ । नयाँ नाना र मिठो खानाको मान्यता परिष्कृत हुँदै घुमफिर, आवास, उपकरण तथा सवारीसाधन जस्ता जीविकादेखि सोख पूरा गर्ने साइत पनि दसैँ बन्छ । उपभोगको सघनताले उत्पादनको शृङ्खलामा आबद्ध उत्पादक श्रमिकलगायत समग्र संरचनालाई त्राण दिने र पुनः उत्पादनमा लाग्ने गरी पुनर्ताजगी गर्नु दसैँको अदृश्य तर अहम् विशेषता बनेको छ ।
महँगीको मार
कलङ्कीस्थित एक फर्निचरमा कार्यरत रामप्यारी गुरुङलाई दसैँ आएपछि अर्को तनाव थपिन्छ। फर्निचर उद्योगमा काम गरेर गुरुङले कमाएको मासिक १७ हजार रुपियाँले आफू र तीन साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायतको खर्च पु¥याउनै सकस छ । नजिकिँदो दसैँले उहाँलाई झनै सकस बनाएको छ । त्यसो त गएको साउनदेखि गुुरुङले यसअघि पाउँदै आएको १५ हजार तलबमा दुुई हजार बढेर मासिक १७ हजार रुपियाँ पुुगेको छ । “तलब दुुई हजार बढेर के गर्नुु ?” उहाँ भन्नुहुन्छ, “महँगी तीन वर्षको बिचमा तीन गुुना बढेको छ । थोरै कमाइले कसरी छोराछोरीको माग पूरा गर्नुु र खै !”
‘अफर’ को लहर
नेपाली हिन्दुहरूको सबैभन्दा ठुलो चाड मानिने दसैँतिहारमा वर्षकै सबैभन्दा धेरै किनमेल हुने गर्छ। दसैँमा नयाँ लुगासँगै घरका लागि आवश्यक सामान जोड्ने, मोबाइल अन्य सवारी खरिद गर्ने प्रचलन छ । चाडपर्वमा बजारमा सामानको खपत बढी हुने हुँदा व्यापारिक कम्पनीले दसैँलाई लक्षित गरेर विभिन्न अफरसँगै छुट योजना ल्याउने गर्छन् । लत्ताकपडा र जुत्ता जस्ता पहिरन पनि सेलमा पाइने र अन्य सा
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न छलफल
दसैँतिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वमा उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण उच्च व्यवस्थापनसँग छलफल गरेको छ । मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभयो ।
भारतद्वारा चामल निर्यात प्रतिबन्ध खुला
भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो । यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।
तीन महिनामा सोह्र अर्बभन्दा बढी विदेशी लगानी
चालु आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब रुपियाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्म १५१ परियोजनामार्फत १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको हो । असोज महिनामा मात्र ४० परियोजनामार्फत एक अर्ब ९८ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै
नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।
एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ ।
राजविराजको बजेट नीति तथा कार्यक्रम सार्वजनिक
राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।
पहिलो त्रैमासमा राजस्व सङ्कलन १५ र बजेट खर्च १६ प्रतिशत
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ ।
खनिज उत्खनन र खोजतलासका अनुमति पत्र नवीकरण गरिँदै
खानी तथा भूगर्भ विभागले खनिज उत्खनन र खोजतलासका यस अघि वितरण गरिएका अनुमतिपत्रहरु नवीकरण गर्ने भएको छ । विभागले सूचना जारी गर्दै तीन महिना भित्र नवीकरणका लागि आर्थिक वर्ष २०७९।८० मा म्याद सकिएको तीन महिना भित्र नवीकरणका प्रक्रिया अघि बढाउन जनाएको छ ।