सहुलियत पसलमा बढ्यो उपभोक्ताको भिड
नेपालीको महान् पर्व दसैँ नजिकिएसँगै बजारमा भिडभाड बढेको छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि पर्व भएकाले सबै जना दसैँका लागि किनमेलमा व्यस्त छन् । दसैँको दोस्रो दिन बजारमा दसैँका लागि खाद्यवस्तु, लत्ताकपडा तथा आवश्यक वस्तुको जोहो गर्नेहरूको भिड लागेको हो । योसँगै यति बेला आर्थिक कारोबार पनि बढेको छ । आमनागरिकले अन्य समयको तुलनामा बढी खर्च गर्ने हुनाले यति बेला आर्थिक गतिविधि पनि बढेको छ ।
लम्पी स्किनका कारण ७४ अर्ब क्षति
मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।
मुलुकको अर्थतन्त्र गम्भीर संकटमा : पूर्वअर्थमन्त्री पौडेल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ ।
गाईभैँसी पाल्ने किसानलाई अनुदान
गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।
पोखरा भित्रियो दसैँका लागि च्याङ्ग्रा
चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरू बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।
भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो
भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन चटारो छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन् ।
जहाजका ८० प्रतिशत हवाई टिकट बुकिङ्
दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ । दशैँका लागि आन्तरिक उडाानको ८० प्रतिशत टिकट अग्रिम बुकिङ् भएको सम्बन्धित एयरलाइन्सले जनाएका छन् ।
व्यापार कम्पनीले आजबाट खसी बाेका बेच्दै
खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँका लागि खसी बोका बेच्दै छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वास्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौँ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्दै छ ।
सप्तकोशीको पानी बोटलाई व्यवस्थित गरिने
सप्तकोसी नदीमा सञ्चालन रहेको पानी बोटलाई व्यवस्थित गर्न वराहक्षेत्र नगरपालिकाले चासो देखाएको छ । चाडबाड लागेसँगै जेट बोटमा यात्रा गर्ने युवाहरूलाई मध्यनजर गरेर नगरले सुरक्षामा समेत चासो देखाएको हो ।
च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै
नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ ।
राडी पाखी बेच्दै गुरुङ्सेनी
सङ्खुवासभाको खाँदबारी बजारमा भेडाको उन (रौँ) बाट हातले बुनिएको राडि पाखी विक्री गर्दै स्थानीय गुरुङ समुदायका महिलाहरू । अझै पनि यस जिल्लामा भेडा पालन र राडिपाखी बुन्ने चलन कायमै छ । चरण क्षेत्रको अभावले भेडा पालन लोप हुँदै गएपछि उन नपाएर राडिपाखी बनाउन छाडिँदै गएको छ ।
कर्णालीका विमानस्थलमा नेपाल एयरलाइन्सले थप्यो उडान
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान सङ्ख्या बिस्तार गरेको छ । नपालीहरुको महान् चाड वडा दसैँमा यात्रुहरू सहज रूपमा आफ्नो गन्तव्यमा पुर्याउनका लागि नेपाल एयरलाइन्सले उडान बिस्तार गरेको हो ।
स्वस्थ खसीबोका बिक्री गर्न पहल
पशु सेवा विभागले उपत्यकामा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । दसैँलाई लक्षित गरेर ल्याइने खसीबोका अस्वस्थकर हुुन सक्ने भएकाले स्वस्थ खसीबोका वितरण गर्न आइतबारदेखि स्वास्थ्य परीक्षण सुरु गरिएको हो । परीक्षणपश्चात् स्वस्थ खसीबोकाको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो स्टिकर लगाइने विभागले जानकारी दिएको छ ।
दसैँको मुखमा चिनी अभाव
दसैँको मुखमा बजारमा उपभोक्ताले चिनी किन्न पाएका छैनन् । सरकारले बेलैमा अनुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा समेत चिनी छैन । उद्घाटनको दिनमा साल्ट टे«डिङ कर्पोरेसनसँग चिनी प्रतिकेजीको ९७ रुपियाँमा किनेर ९७ रुपियाँमा प्रतिव्यक्ति दुुई केजीका दरले बिव्रmी गरेको खाद्य कम्पनीले सहुलियत पसल सुरु गरेको चौथो दिनदेखि भने सकियो भन्दै बिक्री गर्न छोडेको छ । यता साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकाका आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीसम्म चिनी उपलब्ध गराउँछन् तर त्यो चिनी किन्नका लागि उपभोक्ताले एक दिन पूरै माया मार्नु पर्छ ।
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताउनुभएको छ ।
उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।
विश्व बैङ्क र आईएमएफको बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा आयोजना भएको थियो ।
सकिएन धरहरा पुनर्निर्माणको काम
दसैँमा सर्वसाधारणका लागि खुल्ला गर्ने भने पनि निर्माण नसकिँदा रोकिएको छ । धरहरा पुनर्निर्माणको काम निर्धारित समयमा नसकिएपछि छैँठौ पल्ट म्याद थपको लागि कम्पनीले प्रस्ताव गरेको छ ।
यो वर्षमा १० वटा जहाज थप्छौँ: मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको छ ।
लेखा सुपरिवेक्षकको सात बुँदे घोषणापत्र
सहकारी संस्थाको नियमित वित्तीय स्वास्थ्य जाँच गरी सुधारात्मक रणनीतिक पद्धतिको विकास गर्न सञ्चालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउने प्रतिबद्धतासहित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैङ्कको आयोजनामा बिहीबारदेखि राजधानीमा जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी : लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रही दुई दिन चलेको गोष्ठीले स्वनियमनको अभ्यासमार्फत सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउने प्रतिबद्धता जनाइएको छ । यसका लागि लेखा सुपरिवेक्षण समितिको क्षमतामा अभिवृद्धि गर्ने उल्लेख छ ।
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ ।
टेलिकमले ल्यायो चाडपर्व अफर
नेपाल टेलिकमले दसैँतिहार तथा छठलगायतका विभिन्न पर्वको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ग्राहकले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । आइतबारदेखि सुरु हुने यो अफर कात्तिक १० गतेसम्म उपलब्ध हुने छ ।
माथिल्लो अरुणमा जुट्दै लगानी
माथिल्लो अरुण जलविद्युत् आयोजनामा एक खर्ब ३० अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैङ्क सकारात्मक देखिएको छ । नेपालका लागि रणनीतिक महत्वको मानिएको यो जलविद्युत् आयोजनामा विश्व बैङ्कको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङ्टनमा प्राविधिक तथा वित्तीय पक्षबारे छलफल पनि गर्ने भएको छ ।