पर्यावरणीय कृषि विकासमा जोड
पर्यावरणीय एवं वातावरणीय हानिबिना नै प्रविधिको विकास गरी प्रकृतिमैत्री कृषि निर्माणमा लाग्नुपर्ने सरोकारवालाले जनाएका छन् । कृषिमा विभिन्न स्रोतबाट लगानी आइरहेको उल्लेख गर्दै उनीहरूले ती लगानी प्रकृतिमैत्री प्रविधि विकासमा लगाउनुपर्ने कुरामा जोड दिएका छन् ।
तालिमप्रदायक संस्थालाई अद्यावधिक गर्न निर्देशन
वैदेशिक रोजगार विभागले दोस्रो संशोधित मापदण्ड अनुसार विवरण पेस गर्न सबै अभिमुखीकरण तालिमप्रदायक संस्थालाई निर्देशन दिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि दोस्रो संशोधनले नयाँ मापदण्ड तयार गरेकाले सोहीबमोजिम तालिमप्रदायक संस्थालाई आउँदो पुस १९ भित्र अद्यावधिक गर्न विभागले निर्देशन दिएको हो ।
आम्दानी र खर्चमा सुधार
खुम्चँदो राजस्व र कमजोर खर्चका कारण दबाबमा परेको सरकारी कोषमा सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षकै पहिलो तीन महिना गत आवको सोही अवधिको तुलनामा कम राजस्व सङ्कलन र खर्च भएको अवस्थाबाट क्रमिक सुधार देखिन थालेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिरसम्म सरकारले लक्ष्यको २५.५५ प्रतिशत अर्थात् तीन खर्ब ६३ अर्ब ४२ करोड रुपियाँ सङ्कलन गरेको छ जुन २०७९ मङ्सिर मसान्तको तुलनामा साढे ३६ अर्ब रुपियाँले बढी हो । गत वर्ष मङ्सिर मसान्तसम्म सरकारले तीन खर्ब २६ अर्ब ८९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
श्रमिक हक अधिकार कागजमै सीमित
वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शक्रबारसम्म साताव्यापी रूपमा श्रमिकका हक अधिकारका विषयमा कार्यक्रम गरिरहेका छन् ।
शिक्षाको लगानी कसैले खोस्न सक्दैन : अर्थमन्त्री डा. महत
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘अरू क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’’
बढ्यो नेप्से परिसूचक
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो ।
पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च
चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।
म्याग्दीमा सुन्तला उत्पादन घट्यो
गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् ।
‘खस्कँदो आर्थिक क्षेत्र सकारात्मक दिशामा’
कुशल अभिभावकत्व पाउन सके खस्किँदै गएको उद्योग क्षेत्र नयाँ ढङ्गले अगाडि बढ्न सक्ने सम्भावना जीवित रहेको विराटनगरका उद्योगीले बताएका छन् । एउटा टर्निङ पोइन्टबाटै नेपाली उद्योग र अर्थतन्त्र सकारात्मक दिशामा जान सक्ने आधार विद्यमान रहेकाले सरकारले त्यस अनुसार पहल लिन ढिलाइ गर्न नहुने उनीहरूको सुझाव छ । विराटनगरमा आयोजना गरिएको ‘वर्तमान आर्थिक परिदृश्य ः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट’ विषयक सार्वजनिक अर्थसंवाद कार्यक्रममा सहभागीले नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प नरहेको बताएका हुन् ।
मर्जर तथा एफपिओबापत उठ्यो बाह्र अर्ब एकासी करोड राजस्व
कम्पनीहरू एकआपसमा गाभिँदा हुने लाभ (बार्गेन पर्चेज) र प्रिमियमसहित फर्दर पब्लिक अफरिङ (एफपिओ) को लाभबापत सरकारलाई शनिबार साँझसम्म १२ अर्ब ८१ करोड रुपियाँ राजस्व प्राप्त भएको छ । आन्तरिक राजस्व विभागका अनुसार करिब पाँच दर्जन कम्पनीले दुई दिनमा सो परिमाणको राजस्व सरकारलाई भुक्तान गरेका हुन् ।
भुक्तानीका लागि डिडिसीले माग्यो ऋण
दुग्ध विकास संस्थान (डिडिसी) ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ । दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले सो भुक्तानीका लागि ऋणको आवश्यकता रहेको भन्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार डिडिसीसँग ७२ करोड रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको जानकारी कृषि मन्त्रालयलाई जानकारी गराएको छ । मौज्दात रहेको दुग्ध पदार्थ धरौटी राखेर ऋण उपलब्ध गराइदिन आग्रह गरिएको उहाँले बताउनुभयो ।
तातोपानी नाकाबाट आयात वृद्धि
उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । चालु आवको भदौयता चीनबाट उक्त नाका हुँदै आयातमा निरन्तर वृद्धि र सहज आपूर्ति हुन थालेपछि व्यापारी उत्साही हुन थालेका छन् । चार वर्षअघि तातोपानी नाका खुलाए पनि पूर्ण रूपमा सञ्चालनमा आएको थिएन तर चालु आवबाट आयातमा भारी वृद्धि हुन थालेपछि अहिले उक्त नाकामा चहलपहलमा पनि वृद्धि भएको छ ।
पोखरामा प्याराग्लाइडिङ बन्द
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ उडान बन्द गरेको छ । नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान रोकिएको जानकारी दिनुभयो । प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई दिएको छ । त्यसै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सो संस्थाले नै निर्धारण गर्दै आएको थियो ।
सुदूरपश्चिममा लगानीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
वर्ष बित्दा पनि सुन्तला किसानले पाएनन् क्षतिपूर्ति
आफ्ना र छिमेकीको बगैँचामा फलेको सुन्तला कोल्ड स्टोरमा राखी बेसिजनमा विक्री गरी मनग्य आम्दानी गर्ने पुतली बजार नगरपालिका ७ ठुलाडीहीका डिलबहादुर रानाको सोचेँ थियो ।
आज काठमाडौँका यी स्थानहरूमा बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
स्वास्थ्य बिमाबापत तीन महिनाको औषधी एकै पटक
स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि तीन महिनाका लागि औषधी पाउने निर्णय गरेको हो ।
‘सहकारी ऐन तथा नियम पालना कडाइसाथ गराउँछौँ’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अहिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाटै सुधारको काम सुरु गर्नुपर्ने देखिएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १३ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै सचिव दुवाडीले भन्नुभयो, “सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्नुपर्ने देखियो ।
बाँकेमा सोलारबाट बिस मेगावाट विद्युत्
बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटाइएको नयाँ मूल्य शनिबार राती १ बजेदेखि लागू हुनेछ।
मर्जर र एफपीओबाट एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन
सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू गरेपछि एकै दिन ११ अर्ब ३ करोड रुपियाँ कर संलग्न भएको छ ।
सोह्रौँ योजना मस्यौदा : जिडिपी ८० खर्बभन्दा माथि पुर्याउने
सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौँ योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव संकलन गरिसकेको छ ।
एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण
कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।