किसानलाई धान काट्न भ्याइनभ्याइ
दसैँ सकिना लाग्दै गर्दा किसान यति बेला धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । किसानको व्यस्ततासँगै पूर्वी नवलपरासीमा यो वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । जिल्लाका किसानलाई अहिले धान काट्न र थन्क्याउनमा भ्याइनभ्याइ छ । पूर्वी नवलपरासीमा यो वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको प्रमुख तिवारीको भनाइ छ । यो वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेकाले धान उत्पादन राम्रो हुने र अहिलेसम्म ४५ प्रतिशत धान कृषकले थन्काइसकेका र अब १५ दिनभित्र सबै धान थन्क्याइसक्ने प्रमुख तिवारीले बताउनुभयो ।
प्रसारण लाइन निर्माणमा सहयोग गर्न आग्रह
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन सहयोग गर्न नेपाल विद्युत् प्राधिकरणले सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको प्रसारण लाइनको लम्बाइ २८८ किलोमिटर छ । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हेटौँडा–ढल्केबर खण्डतर्फ चार किलोमिटर र ढल्केबर–इनरुवा खण्डतर्फ ४० गरी ४४ किलोमिटर तार तानिएको छ । तार तान्न हाल ढल्केबर–इनरुवा खण्डतर्फ केन्द्रित गरिएको छ ।
टीकाको कोसेली केरा र स्याउ
दसैँमा टीका लगाउन आउने वा जाने पाहुनाका लागि कोसेलीका विभिन्न परिकार बनाउनुपर्ने झन्झट हिजोआज पूर्णतया हट्दै गएको छ । बजारमा पाइने स्याउ, केरालगायतका फलफूल तथा मिठाईको बढ्दो प्रयोगले घर घरमा कोसेली बनाउनुपर्ने झन्झट हट्दै गएको हो । मान्यजन र आफन्तको घरमा टीका लगाउन जाने टिकारीले विगतमा घरमै बनाइएका सेलरोटी, अर्सा, अनर्सा, कुराउनीलगायतका कोसेली लैजाने गरिन्थ्यो तर हिजोआज बजारका मिठाई पसलमा बनाइएका जेरी, लड्डु, पेडा, पत्रे, खजुरलगायतका मिठाई तथा स्याउ र केरा किनेर लैजाने गरिएको त्रियुगा नगरपालिका वडा नं ११ गाईघाटकी शर्मिला कार्कीले बताउनुभयो । उहाँ मात्र हैन चौदण्डीगढी नगरपालिका–१०, हडियाकी कमला अधिकारीले पनि टीकाको कोसेलीमा स्याउ र केरा नै लिएर जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,
सौराहाका होटल भरिभराउ
पर्यटन नभएर सुनसान भएको चितवनको सौराहामा अहिले सबै होटल भरिभराउ भएका छन् । साना ठुला गरी १५० भन्दा धेरै होटल रहेको यहाँ अहिले सबै भरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । “दसैँअगाडिसम्म हामी पलायन हुने अवस्थामा पुगेका थियौँ अहिले राहत मिलेको छ”, उहाँले भन्नुभयो “डिसेम्बरसम्मलाई सौराहामा ५० हजार पर्यटक आउने गरी सबै होटल बुक भइसकेका छन् । यो सङ्ख्या हाम्रा लागि ज्यादै सुखद हो ।”
ढुसीको प्रकोपले कागतीका बोट सखाप, किसान चिन्तित
फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् ।
सात वर्षमा ८४९ सहकारी बेपत्ता
काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् । जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।
फलफूल र आलुबाली विकास आयोजना
गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफूल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु चार करोड बजेट पठाएको छ । कृषि ज्ञानकेन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जिव बाँस्तोलाले आलु र सुन्तलाजात फलफूल खेतीलाई जोड गरेर आयोजना लागू गरिएको जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठुलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् ।
एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’
जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ ।
गण्डकी प्रदेशको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ
गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कुल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो ।
दूध र चीजका लागि सानन बाख्रा
सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिक रुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।
बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।
अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ
नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति
दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घटेको छ ।
पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि
तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो ।
नेपालगन्जमा कोक्रोमाको उत्पादन विक्री सुरु
नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरू विक्री वितरण सुरु गरिएको छ । नेपालगन्ज १० भृकुटी नगर निवासी महिला उद्यमी निता जिसीले दसैँको अवसर पारेर अनलाइनमार्फत कोक्रोमाको विक्री वितरण सुरु गर्नुभएको हो ।
तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न
तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ ।
विदेशबाट फर्की स्वरोजगार बन्नुभएका सुमन
सीप मानिसको बाँच्न सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ ।
टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह
रसुवाको टिमुरेस्थित भोटेकोसी खोला किनारमा निर्माणाधीन सुख्खा बन्दरगाह स्थल । वर्षायामको बाढी नियन्त्रणका लागि सिमेन्टको पर्खाल लगाइएपछि चीनबाट आयातित सामग्री बोकेका ट्रक तथा कन्टेनर राख्न सुरक्षित हुँदै गएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँमा पनि निरन्तर
ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँको बिदामा पनि निरन्तर रहने भएको छ ।
एनएसीले गर्यो विमान खरिदका लागि प्रस्ताव आव्हान
नेपाल वायु सेवा निगमले विमान खरिदका लागि प्रस्ताव आव्हान गरेको छ । निगमले द राइजिङ नेपाल दैनिकमा आइतबार सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आव्हान गरेको हो ।
सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी
दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात बढ्दै जाँदा त्यसलाई बिक्रीका लागि विभिन्न बजारको खोजीमा लागेको डिडिसीले आफ्नो वस्तु मलेसिया निर्यात गर्नका लागि त्यहाँस्थित कम्पनीसँग छलफल गरेको छ ।
हुप्सेकोटका महिला पिँडालु खेतीमा
पूर्वी नवलपरासीको हुप्से कोटका महिला अर्गानिक खेतीसँगै पिँडालु खेतीमा नै आत्मनिर्भर बनेका छन् । जुकेपानीमा पानीको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो हुँदैन । जसका कारण यहाँका अधिकांशले पिँडालु खेती गर्दै आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् । जुकेपानीका २५ घरधुरीले पिँडालु खेतीबाट आफ्नो घरखर्च चलाउँदै आएका छन् ।
सल्लाघारीमा च्याङ्ग्रादेखि खसी लिनेसमम्मको भीड
भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा, बोका, खसी लिनेको भीड लागेको छ । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँ, काभ्रपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ ।