• २२ असार २०८१, शनिबार

नर्सरी खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी

blog

प्युठान समाचारदाता

प्युठान, पुस ९ गते । गौमुखी गाउँपालिका–६, लिवाङका २८ वर्षीय पदमबहादुर केसीले आफ्नै गाउँमा बिरुवा उत्पादन गर्नुहुन्छ । उहाँले २०७५ सालदेखि गाउँको जग्गामा विभिन्न जातका बिरुवाको नर्सरी राखेर बिरुवा उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ ।

“आफ्नै आठ रोपनी जग्गामा नर्सरी गर्दै आएको छु,” केसीले भन्नुभयो, “यही नै मेरो आम्दानीको राम्रो स्रोत बनेको छ ।” नर्सरीमा विभिन्न जातका घाँसका बिरुवा र टिमुर, कफी, अम्बालगायत जातका बिरुवा उत्पादन गर्ने गरेको केसी बताउनुहुन्छ । सुरुमा थोरै लगानी गरेर नर्सरी सुरु गरेको तर उहाँले अहिले राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “सो व्यवसायबाट वार्षिक १२ लाख रुपियाँसम्म आम्दानी गरिरहेको छु ।”

रोजगारीका लागि विदेश जाने तयारी अवस्थामा हुनुहुन्थ्यो तर संयोगले नर्सरीमा लगानी गर्नुभयो र आज सफल व्यवसायी बन्नुभएको छ । 

केसीको छ जनाको परिवार छ । घरदेखि नजिकै रहेको नर्सरीमा सिजनका बेला केसीको श्रीमती मिठाले पनि सघाउनुहुन्छ ।