राष्ट्रपति पौडेल वर्लिनबाट कतार प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने क्रममा मङगलबार जर्मनीको वर्लिनबाट कतारको दोहातर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
राष्ट्रपति पौडेलद्वारा पूर्वी बर्लिन क्षेत्रको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा मङ्गबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ। आज उहाँले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
मन्त्री गिरीसँग चिनियाँ न्यायाधीश गुइसियाङको शिष्टाचार भेट
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ सर्वोच्च जनता अदालतका कमिटी सदस्य तथा न्यायाधीश लिउ गुइसियाङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
वैदेशिक रोजगारीको एघार महिना, विदेश जाने झण्डै सात लाख
वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा गएको जेठमा ७१ प्रतिशत पुगेको छ । गएको जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५१ हजार ६२० जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत २०८० जेठमा ५९ हजार ४९९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा ३७ हजार ८९८ जना दक्ष भएर गएको विभागले जनाएको छ ।
नेपाल र जर्मनीविचको सम्बन्ध अझ घनिष्ट हुने विश्वास व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ । सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु
इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको छ । धेरै बेपत्ता भएको आशङ्का गरिएको आप्रवासी उद्धार संस्था तथा तटरक्षक बलले सोमबार बताएका छन् ।
राष्ट्रपति पौडेलद्वारा बर्लिन पर्खालको अवलोकन
मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबिचको भत्किएको बर्लिनको पर्खाल अवलोकन गर्नुभएको छ ।
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गर्नुभएको छ ।
दक्ष जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाइने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम बढाउने तयारी भएको जानकारी दिनुभएको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम सात लाखबाट बढाएर १० लाख पु¥याउने तयारी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “वैदेशिक रोजागारीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाई क्षतिपूर्तिबापतको रकम १० लाखसम्म पु¥याउने प्रस्ताव अघि बढाएका छौँ ।” श्रममन्त्री अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनको उपलब्धिबारे जानकारी दिने उद्देश्यले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
मातृभूमि नबिर्सन राष्ट्रपति पौडेलको आग्रह
मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार यँहा एक विशेष स्वागत समारोह आयोजना गर्यो । राष्ट्रपति पौडेलको सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र यँहास्थित नेपालीहरूको सहभागिता थियो । सो अवसरमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहा रहेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गर्नुभयो । जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आव्हान गर्दछु, राष्ट्रपति पौडेलले भन्नुभयो ।
गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता
भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा ६ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल रहेको बताइएको छ ।
युवा व्यवसायी पोखरेललाई मानार्थ विद्यावारिधि
युवा व्यवसायी जगत् पोखरेललाई जर्मनीको विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । जर्मनीको कस्सेलमा रहेको हिस्सेन इन्टरनेश्नल युनिभर्सिटीले उहाँलाई व्यावसायिक र सामाजिक क्षेत्रमा सफल र अनुभवी व्यक्तिको रूपमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।
जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन
थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ ।
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।
राष्ट्रपति पौडेल जर्मनीमा
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति राजधानी बर्लिन आइपुग्नुभएको छ । उहाँ जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी आउनुभएको हो । उहाँलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
विदेशमा स्वदेशको सम्झना
स्वदेशको महत्व मुलुक छोडेपछि थाहा हुन्छ भन्ने कुरा मलाई पछि मात्र थाहा भयो । स्कुल तथा कलेज अध्ययन गर्दा कोरा अध्ययन त गरियो तर व्यावहारिक रूपमा भने जागिरे जीवन सुरु भएबाट भनौँ जीवनले अर्कै मोड लिएको हुनु पर्छ । जागिरको प्रकृति नै स्वदेश र विदेशको मिश्रित अनुभव लिने किसिमको भएपछि आफैँ बोइलर कुखुरा जस्तै त कतै भएको छैन जस्तो पनि लाग्दछ । गत जनवरी २१ देखि २७ सम्म मध्य अफ्रिकी मुलुक मध्य अफ्रिकी गणतन्त्रको भ्रमण गर्ने अवसर प्राप्त भयो । भलै यो अफिसियल भ्रमण भए पनि मलाई आफ्नो बेफ्रिकी व्यक्तिगत अनुभव लेख्न मन लाग्यो, मनमा एकदमै खुलदुली लाग्यो । हिरा, सुन तथा अमूल्य धातूले भरिपूर्ण भए पनि मुलुक सम्पन्न हुन सक्दो रहेनछ । औपनिवेशले कतिसम्म निचो
राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक
राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे ।
पाँच प्रदेशका बिस जिल्लामा सिपमूलक तालिम
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पाँच प्रदेशका २० जिल्लामा छोटो समयका सिपमूलक तालिम सञ्चालन गरिरहेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीबाट फर्किएका करिब छ हजारलाई छोटो अवधिको (एकमहिने) तालिम सञ्चालन गरेको हो । बोर्डका अनुसार चालु आर्थिक वर्षभित्र सक्ने गरी धेरै ठाउँमा तालिम सुरु भइसकेको छ । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले विदेशमा काम गरेर फर्किएका र उनीहरूका परिवारका सदस्यलाई लक्ष्य गरेर छोटो समयको तालिम सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएकालाई देशमै पुनः एकीकरण गर्न चालु आवमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।
सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्त्वपूर्ण हुने : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उहाँहरुबिच भेटवार्ता भएको हो ।
राष्ट्रपति पौडेलले शनिबारदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै
११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले असार १ गते शनिबारदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा, सन्दीपसहितको अभ्यास
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
श्रमका लागि विदेश जाने महिलाको सङ्ख्या बढ्दो
पछिल्लो समयमा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या पनि बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो । सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने बढेको छ । विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । वैधानिकीकरण र पुनः विदेश जानेको सङ्ख्या त्योभन्दा बढी रहेको छ ।
राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबिच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गर्नुभएको छ ।
सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने विचार व्यक्त गर्नुभएको छ ।