मलेसियामा नीतिगत व्याजदर तीन प्रतिशत कायम
मलेसियाको केन्द्रीय बैङ्कले बिहीबार नीतिगत व्याजदर (ओपिआर) लाई प्रतिशतमा कायम गरेको छ ।
अनेसासको अध्यक्षमा वाग्ले
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा सर्वज्ञ वाग्ले (क्यालिफोर्निया) निर्वाचित हुनुभएको छ ।
पुस्तक समीक्षा : अमेरिका जान चाहनेलाई उपयोगी पुस्तक ‘सपना र यथार्थमा अमेरिका’
विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ ।
‘नेपाल फेस्टिभल २०२४’ मा पाँच हजार नेपाली सहभागी
लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलो पटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ।
विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशद्वारा पत्राचार
बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।
चीन भ्रमण उपलब्धिमूलक : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । मित्रराष्ट्र चीनको सात दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
भारतमा ३३ औँ वार्षिक आँप महोत्सव सम्पन्न
भारतको ३३ औँ वार्षिक आँप महोत्सव दिल्ली हाटमा सम्पन्न भएको छ । भारतको समृद्ध आँप उत्पादन गर्ने सम्पदालाई पूर्ण प्रदर्शनमा राख्न देशभरका किसान दिल्ली पुगेका थिए ।
उपसभामुख राना र चीनका विदेशमन्त्री वाङ यी बिच भेटवार्ता
उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यी बिच तिब्बतमा भेटवार्ता भएको छ । चीनका विदेशमन्त्री वाङ यी र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नु भएकी उपसभामुख राना बिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो ।
अजिङ्गरको पेटभित्र महिला मृत फेला
मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ । आफ्नो बिरामी बच्चाका लागि औषधी किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता हुनुभएको थियो । खोजी गर्ने क्रममा उहाँलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।
विदेशस्थित नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
मलेसियाको जेलमा नेपाली, एकसट्ठी प्रतिशत श्रमिकको मिलेन कागजात
वैदेशिक रोजगारीका क्रममा मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेका ६१ प्रतिशत श्रमिकको कागजात नमिलेका कारण रहेको तथ्य सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम) ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकको अवस्था अध्ययन गर्दा यस्तो पाइएको तथ्य सार्वजनिक गरेको हो ।
धार्मिक सभामा भागदौड हुँदा करिब सयको मृत्यु
उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।
बेलायतमा मनाइयो धुमधाम साकेला
किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४) यले सम्बत ५०८४ भव्य रूपमा किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी मनाएको छ।
इजिप्टमा नेपाल फेसन एण्ड इन्टरटेन्ट अवार्ड सम्पन्न
इजिप्टको राजधानी कायरोमा नेपाल फेसन एण्ड इन्टरटेन्ट अर्वाड–२०२४ सम्पन्न भएको छ ।कायरोस्थित होटल ग्राण्ड पिरामिडमा हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौँको आयोजनामा नेपाली मनोरञ्जन क्षेत्रका करिब १८ जना व्यक्तित्वलाई अवार्ड प्रधान गरी सो कार्यक्रम सम्पन्न भएको हो ।
भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाका अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रमण भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
अमेरिकामा बस्दै आउनुभएका सुवास घिमिरेले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ ।
नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु
इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ ।
निबन्ध लेखन तथा वक्तृत्वकलामा विद्यार्थी पुरस्कृत
नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।
विआरआई कार्यान्वयन योजनामा हस्ताक्षर हुने
नेपाल र चीनबिच बिआरआई कार्यान्वयन योजनामा छिट्टै हस्ताक्षर हुने भएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङ र उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठबिच परराष्ट्र मन्त्रालयमा बुधबार बिहान भएको भेटघाटका क्रममा बिआरआईको योजनालाई जतिसक्दो चाँडो अन्तिम रूप दिई हस्ताक्षर गर्ने सहमति जुटेको हो ।
नेपालमा नमुना संयुक्त राष्ट्रसङ्घको सुरक्षा बहस
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा नव प्रविधिले विश्वमा ल्याएको चुनौतीका बारेमा मङ्गलबार बिहानैदेखि गम्भीर बहस चल्यो ।
परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबिच भेटवार्ता
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबिच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबिच शिष्टाचार भएको हो ।
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधवार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।
रुसी सेनामा कार्यरत तनहुँका गुरुङको मृत्यु
रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परि मृत्यु भएको हो ।