नेपाल फर्काउने व्यवस्थाका लागि ३५ विद्यार्थीको आग्रह
नेपाल फर्काउने व्यवस्थाका लागि ३५ विद्यार्थीको आग्रह
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ ।
बङ्गलादेशबाट आठसय विद्यार्थी फर्के, अनलाइन निवेदन दिन आग्रह
बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका आठ सय विद्यार्थी नेपाल फर्केका छन् ।
‘सीप सिकेर अमेरिका जानेले चाँडै काम पाउँछ’
अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासले त्यहाँ रहेका नेपालीलाई एकापसमा जोड्ने, नेपाली भाषा, संस्कृतिको संरक्षण एवम् अमेरिका आउने युवालाई ‘जब सेटलमेन्ट’को भूमिका खेल्दै आएको छ ।
बङ्गलादेशमा समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
‘नेपालसँगको सहयात्रा सफल र फलदायी’
नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धको साझेदारीको ७७ वर्ष पुगेको अवसरमा नियोगले नेपालको सङ्घीय संरचना अनुसार आफ्ना कार्यक्रमलाई थप फलदायी बनाउन लागि परेको नेपालस्थित अमेरिकी दूतवासकी प्रवक्ता जेहरा नक्वीले बताउनुभएको छ ।
नेपाल विशेष प्राथमिकताको साझेदार : प्रधानमन्त्री मोदी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । द्विपक्षीय साझेदारी अझ उचाइमा पुर्याउन र दुवै देशका जनताका आकाङ्क्षाहरू पूरा गर्नका लागि आफू प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको शुभकामना सन्देशमा जनाउनु भएको छ ।
उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सङबिच भेट
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सङबिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदूतसँगबिच भेटवार्ता भएको हो ।
चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न इच्छुक
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।
एक वर्षमा रोजगारीका लागि विदेसिनेको सङ्ख्या सात लाखभन्दा बढी
गत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०-८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर बिदेसिएका हुुन् ।
किरिबाटीसँग कूटनीतिक सम्बन्ध स्थापना
प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरिबाटीसँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ ।
बङ्गलादेशमा रहेका विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह
बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली विद्याथीहरुलाई अनुरोध गरेको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान
प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गर्नुभएको छ ।
उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री डा.सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।
विद्यार्थी समूहबीचको झडपमा बङ्गलादेशमा एक सयजना घाइते
बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले बताएको छ । प्रतिष्ठित सरकारी नोकरीका लागि कोटाको विरोध गरिरहेका प्रदर्शनकारीहरू र सत्तारूढ पार्टीप्रति बफादार विरोधी प्रदर्शनकारीबीच झडप भएको हो ।
राष्ट्रसङ्घ मुख्यालयमा मिथिला कला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा नेपाली मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । असार २४ गते सोमबारदेखि सुरु भएको सो प्रदर्शनी साउन २ गते बुधबारसम्म सञ्चालन हुने जनाइएको छ ।
कोरियाबाट फर्केकाका लागि पुुनः आवेदन खुला
रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो ।
बैंककमा भानुजयन्तीका
भानुजयन्तीका अवसरमा थाइल्यान्डमा रहेका नेपाली र नेपाली भाषीका सङ्घसंस्थाहरूको सहभागितामा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा राजदूत धनबहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र संवर्द्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
अर्बपतिको विवाह समारोहमा कार्दासियन दिदीबहिनी भारतमा
एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले आयोजना गर्नुभएको भव्य तीन दिने विवाह समारोहमा सहभागी हुन शुक्रबार देखिनुभएका विश्वव्यापी सेलिब्रेटीहरूमध्ये सोसलाइट दिदीबहिनी किम र ख्लो कार्दासियन पनि हुनुहुन्थ्यो ।
जर्मनीमा नेपाली भाषा, साहित्य समारोह
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीसँग आबद्ध साहित्यकारहरूले नेपाली भाषा साहित्य समारोह आयोजना गरेका छन् । ओझेलमा परेका भाषा र संस्कृतिको विकास, प्रवर्धन गर्न कार्यक्रमको आयोजना गरिएको गैर आवासीय नेपाली सङ्घ जर्मनका अध्यक्ष निम्मा राईले जानकारी दिनुभयो ।
भारतमा डेंगुका बिरामी बढे
भारतका विभिन्न भागमा डेंगुका बिरामी बढ्दै गएपछि स्वास्थ्य मन्त्री जगतप्रकाश नड्डाले डेंगुको अवस्था र समग्र तयारीको समीक्षा गर्न उच्चस्तरीय बैठक बोलाउनुभएको छ ।