राष्ट्रपति पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
अर्पण मगरको अध्यक्षतमा फोनिज मलेसियामा नयाँ समिति
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशनले अर्पण मगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबिच संवादमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनु भयो ।
अनुगमन प्रभावकारी नभएसम्म भिन्नता आउँदैन
सरकारको भ्रमण भिसामा विदेश प्रस्थानसम्बन्धी नयाँ कार्यविधि तुलनात्मक रूपमा केही राम्रो भए पनि उल्लेख्य भिन्नता भने नपर्ने प्रतिक्रिया सरोकारवालाले दिएका छन् । बुधबारदेखि लागु हुने गरी गृह मन्त्रालय अन्र्तगतको अध्यागमन विभागले जारी गरेको नयाँ कार्यविधि पहिलेको तुलनामा केही सर्तमा लचिलो व्यवस्था गरिए पनि यसको अनुगमन प्रभावकारी नभएसम्म भिन्नता नआउने प्रतिक्रिया सरोकारवालाबाट आएको हो ।
भ्रूण स्थानान्तरणबाट सेतो गैँडा गर्भवती
एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् ।
राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।
साउदीको कम्पनीले श्रमिकको पारिश्रमिक लिन बोलायो
विश्वव्यापी कोभिड–१९ का कारण बन्द भएका साउदी अरबको रोजगारदाता कम्पनीले नेपाली श्रमिकको बाँकी पारिश्रमिकबापतको रकम लिन बोलाएका छन् । साउदी अरबस्थित साउदी कन्सिच्युसन कम्पनी (एससिडिसी) नामक रोजगारदाता कम्पनीमा कार्यरत नेपाली श्रमिक कोभिड–१९ मा घर फर्किएका आठ जना नेपाली श्रमिक पुनः काममा नफर्किएको भन्दै अहिले बाँकी पारिश्रमिकबापतको रकम दिन बोलाएको हो ।
रुसी सेनाको विरोध गर्नेको सम्पत्ति जफत हुने
रुसी सेनाको आलोचना फैलाएको अभियोगमा दोषी ठहरिएका कुनै पनि व्यक्तिको धन, सम्पत्ति र मूल्यवान सामान जफत गर्न अधिकारीहरूलाई अनुमति दिने एक विधेयकलाई बुधबार रुसी सांसदहरूले अनुमोदन गरेका छन् ।
यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दै छ ।