मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गर्नुभएको छ ।
विद्यार्थी सङ्ख्या नियन्त्रण अर्थतन्त्रका लागि हानिकारक हुने : अस्ट्रेलिया
अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ ।
विश्वकप क्रिकेटः भारतले आयरल्याण्डलाई हरायो
भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।
अमेरिकामा ‘कन्सर्ट’ गरी ललितपुरको अनाथ आश्रमलाई सहयोग
अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ ।
अमेरिकामा नेपाल म्युजियम खोल्न कस्सिए जोशी
अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजियम’ स्थापना गर्ने इच्छा बोकेका नेपालीमूलका बाल जोशीले स्रोत जुटाउन एभरेष्ट म्याराथन दौडमा लाग्नुभएको छ ।
लण्डनमा मनाइयो २५६८ औँ बुद्धजयन्ती
संयुक्त अधिराज्य (बेलायत) को लण्डनमा २५६८ औँ बुद्धजयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा वुल्लीचको जनरल गोर्डन स्क्वायरमा सम्पन्न कार्यक्रममा गौतम बुद्धको सन्देश तथा पर्यटन प्रवर्द्धर्नात्मक सामग्रीहरु प्रदर्शनी गरिएको थियो ।
बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम
चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।
अस्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने
अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै मङ्गलबार गैरनागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ ।
अन्नपूर्ण फेदीमा राजदूतको पदयात्रा (फोटो फिचर)
अन्नपूर्ण प्रथम हिमालमा फ्रान्सेली आरोही मौरिस हर्जाेगले पाइला राखेको दिन नेपालको पर्वतारोहण र पर्यटनका लागि विशेष पर्व हो ।
मतदानको दिन हृदयाघातले ३३ कर्मचारीको मृत्यु
देशभर बढिरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको हृदयाघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो ।
साकेलामा कम्मर मर्काइ नाँचे सांसद र मेयर
किरात राई समुदायको महान चाड साकेला उभौली काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपले सम्पन्न भएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को अबसरमा किरात पितृपूजासहित सामुहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो ।
सगरमाथा दिवस: बङ्गलादेशमा तस्बिर प्रदर्शनी
सगरमाथा दिवसका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीनदिने प्रदर्शनी आयोजना गरेको हो ।
शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गर्नुभएको छ ।
ग्रिनबिचको मेयरमा रानाभाट निर्वाचित
संयुक्त अधिराज्य (बेलायत) को लन्डन रोयल बरो अफ ग्रिनबिचको मेयरमा नेपाली मूलका जित रानाभाट निर्वाचित हुनु भएको छ ।
गान्धारा सभ्यता संरक्षण प्रयासको प्रशंसा
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गान्धरा गान्धारा सभ्यताको संरक्षण र प्रवर्द्धन गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो।
दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुने
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीले नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपाली दाजुभाइ दिदीबहिनीको अवस्था लगायतका विविध विषयमा छलफल हुने बताउनुभयो ।
नेपाली डायोस्परालाई विकासमा सहकार्य गर्न उपप्रमुख डंगोलको अनुरोध
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाले नेपाली डायोस्परासँग विविध क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुहुँदै विकासका क्षेत्रमा सबैले हातेमालो गर्नुपर्ने औँल्याउनुभयो ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु
वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ ।
सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड
नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गर्नुभएको छ ।
बङ्गलादेशमा विद्युत निर्यात गर्ने सरकारको योजना
सरकारले आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
मेला पालिकास्तरमै लैजाने योजना छ : श्रममन्त्री
श्रमाधान तथा रोजगार मेला सातै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म कार्यक्रम आयोजना गर्दै छौँ । यस पटक मेलालाई ‘ट्रायल भर्जन’ का रूपमा सातै प्रदेशमा गर्दै छौँ । यसको फिडब्याक हेरेर त्यसका आधारमा अर्को वर्ष कार्यक्रम गर्ने गरी बजेट व्यवस्था पनि गरेका छौँ । प्रदेश सरकार र स्थानीय सरकारलाई बजेट राख्न आग्रह गरिसकेका छौँ ।
बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आवश्यक सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एक ठाउँमा मिलन गराउने गरी यही १७ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको आयोजना गर्न लागेको हो ।