• २० असार २०८१, बिहिबार

इजिप्टमा नेपाल फेसन एण्ड इन्टरटेन्ट अवार्ड सम्पन्न

blog

काठमाडौँ, असार १८ गते । इजिप्टको राजधानी कायरोमा नेपाल फेसन एण्ड इन्टरटेन्ट अर्वाड–२०२४ सम्पन्न भएको छ ।कायरोस्थित होटल ग्राण्ड पिरामिडमा हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौँको आयोजनामा नेपाली मनोरञ्जन क्षेत्रका करिब १८ जना व्यक्तित्वलाई अवार्ड प्रधान गरी सो कार्यक्रम सम्पन्न भएको हो ।

चलचित्र, भिडियो, फेशन, सौन्दर्य तथा ब्युटी पेजेन्ट एवम् मोडलिङ विद्यालाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रम कार्यक्रम शृङ्खलाको तेस्रो संस्करण हो ।

अफ्रिका महादेशको इजिप्ट देशको राजधानी एवम् पर्यटकीय सहर कायरोस्थित चारतारे होटल ग्राण्ड पिरामिडको प्रेक्षालयमा भव्य रूपमा सम्पन्न सो अवार्ड कार्यक्रममा विविध विधागत अर्वाडहरु वितरण गरिएको थियो ।

जसमा वरिष्ठ पप गायक धिरज राईलाई किङ अफ् पपको उपाधिले सम्मान गरिएको थियो । यसैगरी प्रोमिनेन्ट ब्युटी एक्स्पर्ट सजना खतिवडा, एस्पायरिङ, ड्रेस डिजाइनर गीता विके, वेस्ट हेन्डीक्राफ्ट डिजाइनर मानबहादुर विके, पपुलर इन्डिजिनियस सोसियल एक्टीभिस्ट रुपा खवास, इन्फ्लुएनसिएल टाइटल विनर (मिसेस) सन्तु लामा, वेस्ट डेब्यु मोडल (फिमेल) आदत बन्यौवाट रश्नी तामाङ, वेस्ट भिभियो एडिटर टेकेन्द्र शाह, वेस्ट फोटोग्राफर अफ द इयर दीपक मैनाली, वेस्ट टाइटल विनर (मिसेस) निशु काफ्ले, एडमाइरेवल हेयर स्टाइलिस्ट लक्ष्मी भुसाल, वेस्ट सेट डिजाइनर रमेश श्रेष्ठ, पपुलर ब्युटिसियन सम्झना तामाङ र इन्स्पायरिङ टाइटल विनर (मिसेस) सोनिका राईले प्राप्त गर्न सफल हुनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पप गायक धिरज राईले आफ्ना चर्चित गितहरु प्रस्तुत गर्नुभएको थियो भने हिमालयन मुविजकी सिइओ तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले झण्डै दर्जन हाराहारी मोडललाई र्‍याम्पमा उतार्नुभएको थियो । इजिप्टका पर्यटन व्यवसायी समीर अहमद, चारतारे होटल ग्राण्ड पिरामिड का जीएम एवम् व्यवसायी अहमद अब्दुल हमीद तथा ओवराय ग्रुप लक्जरका जिएम एवम् व्यवसायी साम्देन तामाङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन इभेन्ट म्यानेजर कोमल नाथ खतिवडाले गर्नुभएको थियो । नेपाली कला, संस्कृतिको उत्थान एवम् प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा सो अवार्ड कार्यक्रमको आयोजना गत वर्षको बैङ्कका संस्करणकै निरन्तरता रहेको आयोजक पक्षले जानकारी गराएको छ ।