जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानको मध्यभागमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ ।
सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग
उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुला गरेको हो ।
सन् २०२३ : विश्व परिदृश्यमा कठिन वर्ष
अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ ।
२०२३ लाई फर्केर हेर्दा (फोटो फिचर)
आजदेखि सन् २०२३ बिदा भएको छ । एक वर्षमा विश्वभर राजनीतिक परिवर्तनका साथै विभिन्न हिंसात्मक द्वन्द्व भए । जसका कारण धेरै मानवीय तथा भौतिक संरचनाको क्षति हुन पुग्यो ।
युक्रेनको आक्रमणमा २१ जनाको मृत्यु
युक्रेनले रुसको सीमावर्ती सहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ ।
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले अन्य क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ ।
घटनाप्रति दुःख व्यक्त
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका विषयमा भएको आन्दोलन क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाले अत्यन्तै मर्माहित बनाएको भन्दै दुःख प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, पानीजहाज निर्माण क्षेत्र (सिप विल्डिङ) तर्फ आवेदन दिएकालाई मागबमोजिम उत्पादनमूलक क्षेत्रतर्फका आवेदन दिन सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ताको तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन धर्नाजस्ता क्रियाकलाप नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।