नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ
सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ । म जापानको विदेश मन्त्रीको हैसियतले यस सम्झनायोग्य वर्षका लागि नेपालसँगको सम्वन्धलाई अझ प्रगाढ बनाई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको थप विकासका लागि दृढतापूर्वक सहयोग
गर्मीले ट्याक्सी चालकलाई असर
म्यानमारका धेरै भागमा अत्यधिक तापक्रमले मानिसहरूको दैनिक जीवनमा उल्लेखनीय प्रभाव पारेको छ । विशेष गरी ट्याक्सी चालकहरूको जीविकोपार्जनमा समस्या आएको बताइएको छ ।
अमेरिकामा बेरोजगारको दर बढ्यो
अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिर थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ ।
बैंगलोरको एचसीजी अस्पताल क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै
एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्सन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (युआईसीसी)सँग सहकार्य गर्ने भएको छ । यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिस्ट)को सहयोगमा सहकार्य गर्न लागिएको हो ।
भिक्टोरिया राज्य अध्यक्षमा कालिकोटका तिलक निर्वाचित
अस्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चअन्तर्गत भिक्टोरिया राज्य समितिको अध्यक्षमा कालीकोटमा तिलकप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ ।
डिभीको नतिजा आज, यसरी हेर्न सकिन्छ
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।
इपिएस रोजगारी : मागको तीन गुणा मात्र आवेदन लिइने
दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति भएको हो । पछिल्लो समयमा इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ ।
चन्द्रमाबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान
चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्न अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो । सन् २०३० सम्ममा चालक दल चन्द्र मिसनमा पठाउने लक्ष्य राखेको महत्त्वाकांक्षी कार्यक्रमका साथ अगाडि बढाइरहेको छ ।
हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो
वासिङ्टन, डिसी, वैशाख २१ गते । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्राँै, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन् ।“हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले रासससँग कुरा गर्दै भन्नुभयो । मूर्ति लिन उहाँलाई हवाइ पठाइएको थियो । पुग्नुभएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उहाँले बताउनुभयो ।नेपाल–अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । ।यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ । रासस
श्रमिकका लागि ‘श्रमाधान’ सेवा सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यका साथ ‘श्रमाधान’ सेवा सुरु गरेको छ । मे १ वा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बुधबार पत्रकार सम्मेलन आयोजना गरी श्रमाधान सेवाको शुभारम्भ गर्नुभयो ।
उपराष्ट्रपति र युरोपेली सङ्घका राजदूतबिच भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू)का राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबिच भेट
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्तीबिच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।
नेपालको घाँस चीन पठाउने सहमति
नेपाल र चीनको तिब्बत प्रान्तबिच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा भर्खरै हस्ताक्षर भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहमा उक्त सहमति भएको हो ।
गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मङ्गलबार गाजा पट्टीमा तत्काल र दिगो युद्ध विराम गर्न आग्रह गर्नुभएको छ ।
कोरियाबाट फर्केकाका लागि अभिमुखीकरण कार्यक्रम
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजना सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको सहकार्य तथा मानव संसाधन विभाग कोरिया (एचआरडी), परियोजना व्यवस्थापन परामर्श (पिएमसी) हेर्ने गरी कोरियाबाट फर्किएका नेपाली श्रमिकका लागि सो परियोजनामार्फत मङ्गलबार पुनः एकीकरणसम्बन्धी जानकारी तथा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।
प्रलोभनले उडाउँदै छ विदेश जाने सपना
रुपन्देही मुर्गियाका चित्रबहादुर सुनारको फेसबुक म्यासेन्जरमा अपरिचित व्यक्तिबाट एक भिडियो सन्देश आयो । सन्देशमा कम्बोडियामा सुरक्षा गार्डका लागि मासिक आठ सय अमेरिकी डलर (एक लाख रुपियाँभन्दा बढी) कमाइ हुने सूचना थियो । सन्देश पठाउने पोखरा कास्की घर भई कम्बोडिया बस्ने अनिल गुरुङले कागजपत्रसहित दुई लाख रुपियाँ पठाए भिसा र हवाई टिकट पठाउने बताए । चित्रले नवलपरासी बर्दघाटका दीपक सुनारको पनि पासपोर्ट र कागजपत्र गुरुङलाई पठाए । गुरुङले तोकेको व्यक्तिको बैङ्क खातामा दुई दुई लाख रुपियाँ पठाई दिए ।
बेलायतमा नेपाली कन्सर्ट हुँदै
नवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ ।
‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताउनुभएको छ ।
उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबिच भेट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनबिच भेटवार्ता भएको छ ।
नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबिच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो ।
‘कतारी फुडको व्यवस्थापनले पर्यटक भित्र्याउन सकिन्छ’
कतारका लागि नेपालका राजदूत डा. नरेशविक्रम ढकालले कतारी नागरिकको छनोटअनुसार खानपिनको व्यवस्था मिलाउन सके नेपालमा कतारी पर्यटक भित्र्याउन सकिने बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कतारी राजा अमिर शेख विन हमाद अल थानीको हालै सम्पन्न नेपाल भ्रमणको विषयमा केन्द्रित भएर कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ ।
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्रीको जोड
उपप्रधानमन्त्री एवम् स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।
‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताउनुभएको छ ।