अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन सम्पन्न
अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष दीपक थापाको अध्यक्षता महासचिव नारायण भुसालले सञ्चालन गर्नुभएको थियो ।
भारतका विदेशमन्त्री जयशङ्कर काठमाडौँ आइपुग्नुभयो
भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ नेपाल आउनुभएको हो ।
दश हजार मेगावाट बिजुली निर्यात गर्न भारतसँग आज सहमति हुँदै
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ ।
भाषा परीक्षा फाराम भर्ने म्याद दुई दिन थप
सरकारले पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो ।
इरान बम विस्फोटमा मर्नेको सङ्ख्या १०३ पुग्यो
हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले जनाएको छ ।
भारतीय विदेशमन्त्री नेपाल आउँदै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ ।
सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारागारमा बन्दी
पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् ।
साउदीमा नेपाली श्रमिकले रोकिएको सुविधा पाउने
साउदी अरबको रोजगारदाता कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकलाई नदिएको पारिश्रमिक र अन्य सुविधाबापतको रकम दिन बोलाएको छ । साउदीस्थित मोहमद अल मोजिल ग्रुप नामक कम्पनी अहिले पुरानै अवस्थापछि त्यो बेलामा पारिश्रमिक नपाएका ५७१ नेपाली श्रमिकलाई पारिश्रमिक लिन साउदी बोलाएको हो । पाँच वर्षपहिले उक्त कम्पनी टाट पल्टिएर बन्द हुने अवस्थामा पुगेको थियो ।वर्षौंसम्म काम गरेका नेपाली श्रमिकलाई कम्पनी नोक्सान भएर बन्द अवस्था पुगेपछि त्यत्तिकै फिर्ता पठाएको थियो ।
संजीत अमेरिकामा सम्मानित
उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित हुनुभएको छ ।