१४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ ।
वैदेशिक रोजगारीको अँध्यारो पाटो, ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढ्दो
वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।
बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला
आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो ।
अमेरिकामा कहिलेदेखि दुई दलको वर्चस्व
संयुक्त राज्य अमेरिकामा लामो समयदेखि दुई मुख्य राजनीतिक दलको वर्चस्व रहिआएको छ । इस्वी संवत्को १९ औँ शताब्दीको मध्यदेखि राजनीतिक दल डेमोक्रेट्स र रिपब्लिकन अमेरिकाको राजनीतिमा अग्रपङ्तिमा देखिन्छन् । मतदानका लागि अमेरिकीहरूका अगाडि किन यति थोरै विकल्प छन् ? यथार्थमा यो राष्ट्रमा स्थापनाको लगत्तै दुई दलीय प्रणाली दीर्घस्थायी हुन पुग्यो ।
आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताउनु भयो । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
वैदेशिक रोजगारीमा गएका एउटै पालिकाका सातको मृत्यु
तनहुँबाट विदेश गएका १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये एउटै पालिकाको मात्रै सात जना छन् । चालु आर्थिक वर्षको फागुन सम्ममा सो सङ्ख्यामा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय
जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेसनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ ।
सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ ।
चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताउनुभएको छ ।
दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु
यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।
नेपाल–दक्षिण कोरियाबिच सिधा उडानमा जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान थप प्रभावकारी हुने बताउनुभएको छ । कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) स्थापनाको सातौँ वर्षिकोत्सव तथा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
रसियाका लागि श्रम स्वीकृति खुला
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको छ ।
इजरायली कारबाहीमा अस्पताल क्षेत्रमा दुई सयजनाको मृत्यु
हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सु गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएको इजरायली रक्षा बल ९आइडिएफ० ले बिहीबार जनाएको छ ।
भूतपूर्व गोरखा सैनिकको माग सम्बोधनबारे मन्त्रीस्तरीय वार्ता
भूतपूर्व गोरखा सैनिकको माग सम्बोधनका विषयमा नेपाल तथा संयुक्त अधिराज्य (बेलायत) सरकारबीच लण्डनमा बुधबार मन्त्रीस्तरीय वार्ता सम्पन्न भएको छ ।
दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल
दक्षिण कोरियाली पक्षबाट ई–७ भिसामा नेपाली श्रमिक दक्षिण कोरिया पठाउने सम्बन्धमा श्रम, रोजगार मन्त्रालय भएका निर्णय र सञ्चारमाध्यममा आएका विषयप्रति चासो व्यक्त भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँगको भेटमा दक्षिण कोरिया राजदूत पार्क टाई योङ्गले यस्तो चासो व्यक्त भएको हो ।
विदेशमा समस्यामा परेका श्रमिकको तथ्याङ्क खोजिँदै
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकको यथार्थ तथ्याङ्क उपलब्ध गराउन राजदूतावासलाई पत्राचार गरेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशमा समस्यामा परेका नेपाली श्रमिकको यथार्थ तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएसँगै बोर्डले ३१ देशमा रहेका दूतावासलाई पत्राचार गरेको हो ।
साकुरामय बन्यो जापान
गर्मी लाग्नुपर्ने भए पनि अझै हिउँ पर्दैछ । जाडोको कारणले हुनसक्छ यो वर्ष साकुरा फुल्न केही ढिला भएको छ ।
हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने
हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्द्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।
राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबिच आज भेटवार्ता भएको छ ।
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।
गाजा युद्धविरामका लागि वार्ता जारी
युद्धरत पक्षहरूले प्रगतिको अभावमा दोषारोपण गरे पनि हमास र इजराइलबीच गाजा युद्धविराम र बन्धकहरूको आदान प्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ भेट
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबिच सोमबार बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ताका क्रममा ।